निर्णय नं. १७३८ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७३८ - ज्यान भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१५ १९६७ निर्णय नं. १७३८ ने.का.प. २०४० अङ्क ९ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको फौ.फु.नं. १२ फैसला भएको मिति : २०४०।९।१५।६ मा निवेदक/प्रतिवादी : धनुषा घर भई केन्द्रीय कारागारमा थुनामा रहेको रामनारायण मण्डल केवट विरूद्ध विपक्षी/वादी : देवनारायण मण्डलको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) आफ्नो स्वेच्छाले जाहेरीमा लेखिदिएको र अदालतमा गरेको बकपत्रको सामान्य अनुसन्धानको सिलसिलामा प्रहरीमा गरी दिएको कागज भनाईलाई आधार बनाउन सकिने नदेखिने । (प्रकरण नं. २०) (२) घरबाट बरामद भएको रगत लागेको भनेको भालाको रगत जाँचको अभावमा त्यस्तो रगत मृतकको हो भन्न नमिल्ने । (प्रकरण नं. २२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।११।१ को निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम यस वेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. प्रतिवादी गुरुदयाल समेतका चिनेका २२ जना र अरू नाम नजानेका १००।१५० मानिसहरू २०३२।४।३१ गते बेलुका अन्दाजी चार बजेको समयमा आई म र पिता जिवलु आलीधूर बनाइराखेको अवस्थामा विपक्षीहरूले बाबुलाई भालाले रोपी मरणासन्न बनाएपछि जनता नवयुवक पुस्तकालयको चौरमा ल्याउनासाथ बाबु जिवलु मण्डल त्यहीँ स्वर्गीय हुनुभयो । अपराधीहरू खोजतलास गर्दा रामचन्द्र मण्डल केवट, पुराना मण्डल केवट, श्रीया मण्डल केवट, रामलखन मण्डल केवट समेतलाई गाउँलेहरूले समाती राखेका छन् अन्य विपक्षीहरू गाउँघर छाडी भागी सकेका रहेछन् निजहरूलाई ज्यानसम्बन्धी महल बमोजिम सजाय गरिपाउँ भन्ने ०३२।५।३ को देवनारायण मण्डलको जाहेरी दरखास्त । ३. मृतक जिवलुलाई मारेमा इन्कारी रही कारी मण्डल केवट, रामचन्द्र मण्डल, राम परिक्षण मण्डल, पूर्णा मण्डल केवट, ढोडाई मियाँ धोवी, रामलखन केवट, सिरिया मण्डलको प्रहरीमा भएको छुट्टाछुट्टै बयान । ४. मेघविक्रमको जग्गा मोही विषयमा झगडा हुँदा गुरु दयाल तर्फका हसेरीहरूले कुटपिट गरे। कहाँ कहाँ चोट छाडे म अलिक टाढा भएकोले भन्न सक्दिन । घाइते जिवलुलाई म समेत भई मेरो घरमा लग्यौ । पानी खान दियौं अलिकति निल्यो । अब यो बाच्दैन मारी दिन पर्छ भनी मैले भाला लिई हान्न खोज्दा जिवलुको कान्छो छोरा सत्यनारायणले मेरो बाबुलाई नमार बाच्छ भन्दा अब बाच्ने होइन । यसलाई मारी दुश्मन साध्नु पर्छ भनी मैले गर्माले एकचोट राम औतारले एकचोट जिवलुको टाउकोमा भालाले हाने पछि सोही चोटबाट जिवलुको मृत्यु भएको हो। सो भाला मैले मेरो उत्तरमुखको घरमा राखकोछु । भालामा लागेको रगत जिवलूको टाउकोमा हान्दा लागेको रगत हो भनी सनाखत गरी प्र.रामनारायण मण्डलकेवटले प्रहरीमा गरेको बयान । ५. मेरो भाइ सत्यनारायण स्कूलबाट घर आउँदा बाटोमा गुरु दयालको हसेरीहरूले घेरी कुटपिट गर्दैछन् भन्ने कुरा मेरो बाबु जिवलुले सुनेपछि बाबु जिवलु दौडदै हसेरीहरू भएतर्फ जानु भयो । म पनि बाबु फर्काउन गए पहिले आलमले बाबुको कुममा हिर्काए रामजतनले भालाले टाउकोमा हिर्काए म