निर्णय नं. ६२७९ - अंश दपोट ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२७९ - अंश दपोट । भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/08/05 २६६२ निर्णय नं. ६२७९ ने.का.प.२०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत २०५१ सालको दे.वि.नं. ......... १५६,१५७ फैसला मितिः २०५३।८।५।४ मुद्दाः अंश दपोट । विन्तिपत्रवाला प्रतिवादीः नारायणी अंचल मकवानपुर जिल्ला हे.न.पा. वा.नं.४ वस्ने शेर वहादुर श्रेष्ठ समेत जम्मा २ । विरुद्ध विपक्षी वादीः ऐ.ऐ.वस्ने गोपाल बहादुर श्रेष्ठ समेत जम्मा २ । § विर्ता उन्मूलन ऐन, २०१६ ले विर्ता उन्मुलन गरी (क) विर्ताको जग्गा मोहीको नाममा दर्ता हुने व्यवस्था गरे अनुरुप प्र.मिथिला देवीका नाउंमा उक्त जग्गा दर्ता भएको देखिन आउंछ । विर्ता उन्मुलन ऐन, २०१६ लागु भएको वखत प्रतिवादी मिथिला देवी श्रेष्ठ ६ वर्ष की नावालिका रहेको कुरा निजको प्रतिउत्रर पत्रमा उल्लेखित उमेरवाट देखिन आएकोले निज प्र.मिथिला देवीले आफ्नो ज्ञान, शीप वा प्रयासवाट विवादको जग्गा आर्जन गरेको भन्ने देखिन नआउने । (प्र.नं.१५) § प्रतिवादी मिथिला देवीको स्व. आर्जनको नदेखिएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६ वमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने हुन आउंछ । (प्र.नं.१५) विन्तिपत्रवाला तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री वासुदेव शर्मा र श्री गणेश प्रसाद खरेल । विपक्षी तर्फवाटःविद्धान अधिवक्ता श्री श्याम प्रसाद खरेल अबलम्वित नजीरः फैसला न्या.कृष्णजंग रायमाझीः तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर इन्साफ मिलेको देखिन नआए इन्साफ जांच गरि दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारवाट हुकुम प्रमाङी भै म.क्षे.अ.वाट भएको फैसला उपर इन्साफ जांचका लागि निस्सा भएको उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. विपक्षी शेर वहादुरसंग अंश मुद्दा परी चार भागको १ भाग अंश पाउने ठहरी मकवानपुर जिल्ला अदालतवाट मिति ०३८।२।१३ मा नारायणी अंचल अदालतवाट मिति ०३९।१।२२ मा अन्तिम फैसला भएको छ । उक्त मुद्दामा विपक्षीले तायदाती दिंदा शेर वहादुरको छोरी मिथिला देवीको नाउंमा रहेको साविक कि.नं. २५ हाल कि.नं. ८५, ८८, ८९८७, १०८१, १०८६, १०८७ का कित्ता जग्गाहरु दपोट गरेकोले अंशवण्डाको २७ नं. वमोजिम दपोट कायम गरि एकलौटी मलाई दिलाई पाउं भन्ने समेत व्यहोराको गोपाल वहादुर श्रेष्ठको फिराद दावी । ३. फिराद दावी झुठृा हो । फिराद दावीका जग्गा कित्ताहरु साविक कि.नं. २५ को मेरो एकलौटी हक भोगको हो । उक्त जग्गाको प्रमाण पुर्जा मैले अदालतको फैसला वमोजिम प्राप्त गरेकी छु । पिताले मेरो नाउंमा खरिद गरी दिनु भएको पनि होइन । मेरा आफुखुस गर्न पाउने सम्पत्ति हुंदा फिराद दावा खारेवज गरिपाउं भन्ने समेत व्यहोराको प्र.मिथिला देवीको प्रतिउत्तर पत्र। ४. दावी बमोजिम दपोट गरेको छैन, स्त्री अंश धनको १ नं. अन्तर्गत पर्ने कन्याको आर्जनको जग्गा म शेर वहादुरले तायदातीमा दिन नमिल्ने भएवाट तायदातीमा उल्लेख नगरेको हुं, फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको शेर वहादुरको प्रतिउत्तर पत्र । ५. दावीको जग्गा प्रतिवादी मिथिला देवीको एकलौटी सम्पत्ति देखिएबाट वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको मकवानपुर जिल्ला अदालतको फैसला । ६. शुरु जिल्ला अदालतवाट वादी दावी नपुग्ने ठहर गरी भएको फैसलामा चित्त वुझेन, वादी दावी वमोजिम गरि पाउ