निर्णय नं. १७४० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७४० - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/०५ २०७४ निर्णय नं. १७४० ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३९ सालको फौ.सा.नं. ९५ फैसला भएको मिति : २०४०।९।५।३ मा वादी : जितबहादुर थारुको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रतिवादी : जि.दाङ घर्ना गा.पं.वा.नं. ७ नैनवार बस्ने ठाकूरप्रसाद डाँगी क्षेत्री मुद्दा : कर्तव्य ज्यान (१) मृतकसँग प्रतिवादीको कुनै किसिमको रिसइवी भएको मिसिल प्रमाणबाट देखिँदैन । शंकाको भरमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार ठहराउन नमिल्ने । (प्रकरण नं. १७) फैसला प्र.न्या.नयनबहादुर खत्री १. साधक निकाशाको निम्ति तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट जाहेर भई आएको मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. दाङ नैनवार बस्ने नाम नजानेको डाँगी क्षेत्रीले नमालुम के को इवीले हो ०३४।५।१३ गते राति मेरो बाबु मनपति थारु आफ्नो घरमा सुतिरहेको अवस्था रातको अं.२ बजेतिर सुतेको ठाउँमा गई खुकुरीले काटेछन् बिहान ४।३० बजे बाबु मनपतिको मृत्यु भयो कर्तव्य गरी मेरो बाबुलाई मारेमा कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत जितबहादुर थारुको ०३४।५।१५ को जाहेरी दरखास्त । ३. सिताराम समेतले गरी दिएको ०३४।५।१७ गते सरजमीन मुचुल्का । ४. डाँगीले मार्यो भनी ०३४।५।१३ गतेको राति अं.१।२ बजे तिर चिच्याउँदै आई बाहिर मेरो आँगनमा पछारिएको सुनी बाहिर आई हेर्दा मनमति रहेछ घाउ चोट लागेको थियो भन्ने राधिका भण्डारी र १।२ बजे राति स्वास्नी राधिका कराएको सुनी आउँदा आँगनमा अँ अँ गरी बस्ने पछारिने गरेको मनपतिलाई देखी सोधपुछ गर्दा राम्रोसँग बोली बुझिएन स्वास्नीसँग सोद्धा डाँगीले मार्यो भनी आई पछारिएको हो भन्थी भन्नेसमेत बुबर्सिङ भण्डारीको कागज । ५. ठाकुरप्रसाद डाँगीले नै मनपतिलाई खुकुरीले काटी मारेको हुनुपर्छ भन्ने समेत पं.स. चित्रबहादुर समेतले गरी दिएको ०३४।५।१९ को सरजमीन मुचुल्का । ६. ०३३ साल कार्तिक देखि नमालुम के भई ठाकुरप्रसादको मगज विग्रेको हो भन्ने समेत निजको एकाघरकी आमा र श्रीमतीले गरी दिएको संयुक्त दर्खास्त । ७. मैले मनपतिलाई चिनेको छैन र मैले मारेको पनि होइन भन्ने समेत ठाकुरप्रसादको प्रहरीमा भएको इन्कारी बयान । ८. मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजायको माग दावी भएको प्रहरी प्रतिवेदन । ९. मैले मर्ने मनपतिलाई कर्तव्य गरी खुकुरीले हानी काटी मारेको छैन म माथिको अभियोग झुठ्ठा हो । राधिका र सरजमीनका मानिसले म माथि किन शंका गरी पोल गरेको हो मलाई थाहा छैन ०३४।५।१३ गते दिन रात आफ्नै घर गाउँमा छु भन्ने समेत व्यहोराको ठाकुरप्रसाद डाँगीको अदालतमा भएको बयान । १०. ठाकुरप्रसादलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वस्वसहित जन्मकैद गर्ने भन्ने समेत शुरू दाङ देउखुरी जिल्ला अदालतको फैसला । ११. उक्त निर्णयमा चित्त बुझेन भन्ने समेत ठाकुरप्रसाद डाँगीको तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन । १२. शुरू फैसला मिलेको देखिएन अतः अ.बं.२०२ नं.बमोजिम विपक्षी झिकाउने भन्ने तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको आदेश । १३. शंका लाग्छ विश्वास लाग्छ भन्ने जस्तो शंकास्पद कुराहरूको आधारमा कसैलाई कसूरदार ठहराउन मिल्दैन कसूर गरेमा प्रतिवादी प्रहरी तथा अदालतमा इन्कार छन् । वादी पक्षबाट कसूर प्रमाणित छैन तसर्थ ज्यानसम्बन्धीको १३(१