निर्णय नं. ६२८० - लिखत बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२८० - लिखत बदर । भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/10/23 ३२३२ निर्णय नं. ६२८० ने.का.प २०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत २०५१ सालको दे.पु.नं. ......... २१७८ फैसला मितिः २०५३।१०।२३।४ मुद्दाः लिखत बदर । पुनरावेदक प्रतिवादीः लमजुङ जिल्ला सिमपानी गा.वि.स. वडा नं. २ वस्ने पदमध्वज गुरुङ । विरुद्ध विपक्षी वादीः लमजुङ जिल्ला चण्डीस्थान गा.वि.स. वडा नं. १ सेरा गाउं वस्ने हस्त बहादुर सुयल समेत २ जना § प्रतिवादी जिकिर अनुसारको निजको हक भोगको आवादी दर्ताको जग्गा भएको भए साधारणतः त्यसरी जग्गा विभाजन हुने गरी विचमा बाटो रहने अवस्था पनि देखिन नआउने। (प्र.नं.१७) पुनरावेदक तर्फवाटः विद्धान अधिवक्ता श्री राम प्रसाद गौडेल । विपक्षी तर्फवाटः विद्धान अधिवक्ता श्री रमेश वडाल । अबलम्वित नजीरः फैसला न्या.अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत पोखराको मिति २०४८।११।४ को फैसला उपर दोहोर्‍याउने निस्सा प्रदान भै पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. परावुर्व काल देखि नै हामी लमजुङ चण्डी पंचायत वाड नं. १ सेराका गाउलेहरुका गाइभैसी चराउने वस्तू खर्काउने पानी घट्टा सार्वजनिक जग्गा हो । विचबाट खूलो समेत भएको सार्वजानिक वुट्यान गौचरण जग्गा हामीहरुका जिजु वाजेकै पाला देखि भोगचलन गरी वस्तू भाउ चराई आई रहेका थियौ । पहिले यस्मा खर खिचोला थिएन । जुन जग्गा वाग्लुंङ पानी गा.पं. वडा नं. २ स्थित पुर्व तेर्सो बाटो सिंह बहादुरका विराजको सांघ पश्चिम ठाडो खोला उत्तर हर्कताल हरी प्रसादको खेत सांघ दक्षिण तेर्सो मुलाबाटो यति ४ किल्ला भित्रको दगैलेके पाखो भन्ने जग्गामा गाई भैसी चराउन लैजांदा विपक्ष रेवतीरमण ढुंगानाले यो जग्गा मेरो भएको छ गाई भैसी चराउन पाउंदैनौं । भनी गाई भैसी लखटेको र त्यहां भएको रुखहरु काटी जग्गा आवाद गर्न खोजेकोले किन यसो गर्नु भयो भन्दा यो जग्गा मैले पदमध्वज गुरुङसंग राजीनामा लिएको छु भनि भनेकोले २०४१।७।७ मा लमजुङ मालबाट राजीनामाको नक्कल लिई हेर्दा पदमध्वज गुरुङ आसामी रेवती रमण ढुंगाना साहु भै रु.८,०००। मा माथि उल्लेखित ४ किल्ला भित्रको ढुंगैले भन्ने सार्वजनिक जग्गा लाई सिरुवारी भन्ने नामकरण गरी आशी प्रसाद गुरुका नाउंमा दर्ता भएको निज मरी मेरो हक हुन आएको भनि विजमान ।।३ मध्ये।।१ माना जग्गा विक्री गरेको देखिन आएको र निजको दर्तामा शिरुवारी स्वारो ३ ठाउमा बिज ।.।३ भन्ने देखिन आएको । उक्त साहु आसामी भै लमजुंङ मालबाट र.नं. ४२६ मिति ०४०।११।३ मा पारित गरी लिनु दिनु गरेको राजिनामा लिखतमा लेखिएको ४ किल्ला भित्रको जग्गा विपक्ष पदमध्वजको जेठा वावु आशी प्रसादका नाउंमा १९९१ सालमा दर्ता भएको बिज ।.।३ मध्ये बिजद ।।१ को जग्गा होइन । अतः हाम्रो सन्धीसर्पनको ढंगैले भन्ने बुटयान जग्गालाई हाल बिपक्ष पदमध्वजको शिरुवारी भन्ने नामकरण गरी ४ किल्ला हाम्रो सन्धिको जग्गामा राखी राजिनामा दिनु लिनु गरेको देखिंदा अन्यायमा परि फिराद गर्न आएका छौं । बिपक्षहरुले हाम्रो हक जाने कुनै लिखत पेश गरेको खण्डमा अ.वं. ७८ नं. बमोजिम छुट्टै प्रकृया अपनाउने हुंदा उक्त राजिनामा लिखत बदर गरी पाउं भन्ने समेत व्यहोराको ०४१।८।११ को हस्त बहादुर सुयल १ र नारायण बहादुर सुयल समेत जना २ को फिराद पत्र । ३. साविक खड्गजंग गुरुङ जिम्मा झूक्ताको ९१ सालमा मेरा जेठा वावु आशी प्रसाद गुरुङका नाउंमा बिज मान