निर्णय नं. १७४२ - लिखत पारित
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७४२ - लिखत पारित भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१२ २१०५ निर्णय नं. १७४२ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.पु.नं. ४२० फैसला भएको मिति : २०४०।९।१२।३ मा पुनरावेदक/वादी : जिल्ला सर्लाही छताना गा.पं.वा.नं. २ बस्ने असर्फी सिंह राजपूत विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ गंगापुर सीतापुर गा.पं.वार्ड नं.१ बस्ने विश्वनाथ उपाध्याय मुद्दा : लिखत पारित (१) सक्कल लिखत हेर्दा पुराना कागज देखिनाको साथै ठाउँ–ठाउँमा प्वाल समेत परेको र लिखत व्यहोरा लेखिएको मसी कतै अक्षर गाढा र कतै फिक्का अक्षर भई एकैप्रकारको मसीले लेखेको नदेखिएकोले प्रतिवादी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपस्थित देखिन आएकोले सोही मितिमा प्रतिवादी सर्लाहीमा उपस्थित भई कागज गरेको भन्ने प्रतीतलायक नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री राजन ढुंगाना फैसला न्या.बासुदेव शर्मा १. मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चले २०३८।१०।७।४ मा गरेको फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने २०३८।११।१२।३ मा परेको निवेदनपत्रमा २०३९।५।२९।३ मा पुनरावेदन गर्ने अनुमति भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार रहेछ । २. विपक्षीले मसँग घरसारमा रु.३५,०००। पैंतीसहजार लिई सो रूपैयाँ निजका नाउँको नम्बरी गा.पं.गंगापुर वार्ड नं.१(ख) कि.नं.७ को १–२–१७ भिट अवल जग्गा ०३४ सालको रविबाली देखि आफ्नो हक छाडी मेरो हक हुने गरी मेरो घरमा बसी प्रमाणको मानिसहरूको रोहवरमा ०३४।९।१५ गते राजीनामा गरी दिनुभएकोमा सो राजीनामा पारित गरिदिनुहोस भन्दा पारित गरी नदिएकोले पारित गराई पाउँ भन्ने समेतको २०३५।४।१० को फिरादपत्र रहेछ । ३. म राजकीय प्रज्ञा प्रतिष्ठानको पियनको जागीरदार व्यक्ति हुँ ०३४।९।१५ गतेमा रु.३५,०००। लिई जग्गा बिगहा १–२–१७ विपक्षीलाई मैले निजको दरबाजामा बसी राजीनामा गरी दिएको भन्ने कुरा झुठ्ठा हो राजीनामा गरी दिएको छैन सो दिन म आफ्नो घर काठमाडौंमै आफ्नो जागिरे भएको कार्यालयमा छु वादीले छ भनेको लिखत अ.बं.७८ नं.बमोजिम हेर्नपाएका बखत प्रतिक्रिया जनाउने छु भन्ने समेत व्यहोराको विश्वनाथको प्रतिउत्तरपत्र रहेछ । ४. लिखतमा लागेको ल्याप्चे र हस्ताक्षर सही विश्वनाथकै हो तर सो राजीनामा लिफा कागजमा धनी र लेखक साक्षी र अन्तर साक्षी तथा बालकिशोर सिंह राजपूत समेत भई खडा गरेका हुन गंगापुरको जग्गाको रेखदेख काम कारोवार गर्नको लागि प्रतिवादी विश्वनाथको लिफा दिइराखेको थियो बालकिशोरको बाबु तेज सिंहलाई दिइराखेको हो सोही लिफामा यो वादीले रु.३५,०००। को राजीनामा खडा गरेको हो लिफा राजीनामा लिखत खडा गरे गराएमा निजहरूलाई सजाय गरिपाउँ भन्ने समेतका प्रतिवादीको वारेस खिलकुमारी पौडेलको बयान रहेछ । ५. खिलकुमारीका बयान बमोजिम लिफा कागजमा कीर्ते लिखत खडा गरेको होइन छैन निजको बयान झुठ्ठा हो भन्नेसमेत वादी असर्फी सिंहका वारेस रामकेशव महतो कोइरीको बयान रहेछ । ६. रु. ३५,०००। को लेनदेन भएको सद्दे साँचो व्यवहारको भन्ने समेतको लेखक र अन्तर्गत साक्षी इनर मण्डल र मिजा मण्डल समेतको बयान रहेछ । ७. फिरादीले पारित गरिपाउँ भनी दावी लिएको मिति २०३४।९।१५।६ को लिखत कीर्ते गरी खडा गरेको देखिँदा त्यस्तो पारित हुन नसक्ने ठहर्छ भन्ने स