निर्णय नं. १७४३ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७४३ - जालसाजी भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२० १८९९ निर्णय नं. १७४३ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३८ फौ.पु.नं. २७० फैसला भएको मिति : २०४०।९।२० मा पुनरावेदक/प्रतिवादी : जि.सप्तरी न.पं.राजविराज, वार्ड नं.४ बस्ने गोवर्धन मुन्धडा समेत विरूद्ध विपक्षी/वादी : जि.काठमाडौं न.पं.काठमाडौं, वडा नं.२६ बस्ने बृ.ज. मेनारजङ थापासमेत मुद्दा : जालसाजी (१) हकभोग नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी आफ्नो हकभोग दर्ताको भनी बिक्री गरेको कृयाकलापबाट हक मेटिन जाने हुनाले कीर्ते कागजको ३ नं.अन्तर्गतको अपराध भए गरेको देखिएको भन्ने आधारमा जालसाजी गरेको ठहराएको इन्साफ मनासिवै देखिने । (प्रकरण नं. ९) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान व.अधिवक्ताहरु श्री रमानन्दप्रसाद सिंह र श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव फैसला न्या.बासुदेव शर्मा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।१२।२४ को इन्साफमा चित्त नबुझेकाले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको यस अदालतमा निवेदन परी मिति ०३८।५।१७ मा पुनरावेदनको अनुमति प्राप्त गरी दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ। २. रा.वि.न.पं.वडा नं.७ हाल कि.नं.९४ को बिगहा ०–१६–११ जग्गा मौजे राजपुरको स.सा.कि.नं.४४ र खरसाल सीमा सो पूर्व पाठशाला सो दक्षिण निज सो उत्तर पश्चिम ०–९–१७ र कि.नं.४५ निज सो दक्षिण खरसाल सीमा सो पूर्व विष्णुबहादुर सो पश्चिम शिवनन्दन उत्तर ०–१२–६ जग्गा अघिदेखि भोग गरी ०१४ सालमा पक्की घर बनाई बसी आएको उक्त जग्गा लगायतका जग्गाको फिरादी सोमजङले भू.सु.का.मा ७ नं.फाराम दाखिल गरेको साथै उक्त जग्गामा घर भई बाँकी जग्गामा पर्खाल लगाई पाउनलाई रा.वि.न.पं.मा पर्खाल बनाउने स्वीकृति पाउँ भनी निवेदन दिई स्वीकृतिको प्रमाणपत्र २०२५।१।१६ गते पाएको पर्खाल लगाउँदा कुनै बाधा विरोध नपरेको उक्त घर कम्पाउण्ड सगरमाथा अञ्चलाधिशज्यूले बहालमा माग्दा रु.८००। प्रति महीनाको दरले बहाल लिने दिने शर्त राखी ०२६।९।१ देखि ०२७।३।२ मसान्त सम्म र पुनः रिन्यूयल भई ०२७।३।१ देखि ०२८ साल सम्म बहालमा दिएको थियो । सो कम्पाउन्डमा मोटर राख्ने ग्यारेज अञ्चलाधिशज्यूले तत्काल आफ्नो तर्फबाट बनाउन लगाई पछि बहालबाट कट्टा गर्ने गरी ग्यारेज बनाएको थियो । उक्त जग्गा सर्भे नापी हुँदा कि.नं.९४ को जग्गा ०–१६–११ कायम भई फिरादी मेनारजङको नाउँमा फिल्डबुक श्रेस्तामा जनिएको थियो । सो उपर म्यादभित्र कुनै बाधा विरोध थिएन २०२९ सालदेखि घर कर समेत न. पं.मा बुझाउँदै आएको छु । यस्तो निर्विवाद हकभोगको जग्गालाई विपक्षी मध्येका गोवर्धनले हकभोग समेत नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी गैरकानुनी तवरबाट जमिदारी हकको भनी विपक्षी मध्ये जसकरण शारदालाई सा.कि.नं.४४ को सबै र कि.नं.४५ को उत्तरतर्फबाट रहेको पक्की घर र घरले चर्चेको निकासा पैठान बाहेक दक्षिणतर्फबाट ०–८–८ समेत जम्मा ०–१८–५ जग्गा रु.४५,०००। मा बिक्री गरी घरायसी राजीनामा लिखत ०२८।६।८।६ मा गरिदिएको लिखत पासको नालेस परी ०३२।५।२७ गतेमा रजिष्ट्रेशन पारित गरी भू.प्र.का.बाट ०३२।६।१७ गते गैरकानुनी तवरबाट दाखिल खारेज गराई हक नपुगेको व्यक्ति जसकरणले पुनः रु.५०,७१५। मा उक्त जग्गा जिल्ला सहकारी संघ राजविराजलाई मिति ०३२।६।१९ गते बिक्री गरेको कुरा जि.स.सं. लिमिटेडले आफ्नो वोर्ड राखेक