निर्णय नं. १७४४ - फैसला लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७४४ - फैसला लिखत बदर भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२० २०२६ निर्णय नं. १७४४ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.पु.नं. २२२ फैसला भएको मिति : २०४०।९।२०।४ मा पुनरावेदक/प्रतिवादी : जि.सप्तरी न.पं.राजविराज वडा नं.४ बस्ने गोवर्धन मुन्धडा समेत विरूद्ध विपक्षी/वादी : जि.काठमाडौं न.पं.काठमाडौं वडा नं.२६ बस्ने मे.ज. मिनारजङ थापासमेत मुद्दा : फैसला लिखत बदर (१) कानुनको म्याद भित्र कुनै उजूर बाजुर गरेको देखिँदैन, साथै धेरै अघि देखि भोगचलन भइरहेको देखिन आएको बुँदा प्रमाणहरूको आधारमा समेत फैसला बदर हुने । (प्रकरण नं. ११) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री रमानन्दप्रसाद सिंह र श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव फैसला न्या.बासुदेव शर्मा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३७।१२।२४ को इन्साफमा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको यस अदालतमा निवेदन मिति २०३८।५।१७ मा पुनरावेदनको अनुमति प्राप्त गरी दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ । २. जि.सप्तरी रा.वि.न.पं.वडा नं.७ को सा.कि.नं.९४ को ०–१६–११ जग्गा मौजे राजपुरको सा.कि.नं.४४ निज र खर्साली सीमा सो पूर्व पाठशाला सो दक्षिण निजको उत्तर पश्चिम ०–९–१७ र कि.नं.४५ निज सो दक्षिण खर्साली सीमा सो पूर्व विष्णुबहादुर सो पश्चिम शिवनन्दन, सो उत्तर ०–१२–६ जग्गामा अघिदेखि भोग गरी ०१४ सालमा पक्की घर बनाई हामी फिरादी बसी आएका थियौं । ३. उक्त जग्गा लगायतको जग्गाका म फिरादी शोभाजंगले भू.प्र.का.मा ७ नं.फाराम दाखिल गरेको थिएँ । साथै उक्त जग्गामा घर भई बाँकी खोली जग्गाको पर्खाल लगाई घेरा गर्नु पर्दा हामी फिरादीले रा.वि.न.पं.समक्ष पर्खाल लगाउन स्वीकृति पाउँ भनी निवेदन गरेका थियौं । जस उपर न.पं.ले सरजमीन समेत गरी पर्खाल लगाउने स्वीकृति प्रदान गरेको थिष्यो । सो घर कमपाउण्ड अञ्चलाधिशज्यूलाई मासिक रु.८००। बहालमा ०२६।९।१ देखि ०२८ साल आषाढसम्म शोभाजंग मिनारजंगले दिएको र बाहालबाट कट्टा गर्ने शर्तमा ग्यारेज समेत तयार गर्नुभएको थियो । उक्त जग्गा सर्वेमा कि.नं.९४ मा ०–१६–११ जग्गा मेनारजंगको नाउँमा फिल्डबूक श्रेस्तामा समेत जनिएको सो उपर गोवर्धन मुन्धडाको विरोध नजनिएको र ०२९ सालदेखि मालपोत जम्मा गर्दैआएको घर कर न.पं.लाई तिर्दै आएको त्यस्तो हामी फिरादीहरूको निर्विवाद हकभोग दर्ता तिरोको जग्गालाई गोवर्धन मुन्धडाले आफ्नो भनी जसकरण शारदासँग मौजे राजपुरको सा.कि.नं.४४ को सबै र कि.नं.४५ को उत्तरतर्फबाट रहेको घर र सो घरले चर्चेको निकास पैठार बाहेक दक्षिण तर्फबाट ०–८–८ जग्गा समेत ०–१८–५ जग्गाको रु.४५,०००। मा ०२८।६।८।६ मा घरायसी लिखत गरी सो लिखत पास गराई पाउ भनी स.जि.अ.मा नालेश गरी लिखत ०३०।३।२१ मा पास हुने ठहर फैसला बमोजिम ०३०।११।११।६ मा दरखास्त दिएको आधारमा लिखत पास गराएको विपक्षी जसकरण शारदाले पुनः ०३२।६।१९ मा जि.सरकारी संघ लि.सप्तरीलाई बिक्री गरेको ०३२।९।३ गते नक्कल लिँदा थाहा हुनआएकोले ३५ दिन भित्रै नालेस गर्न आएकोछु । फैसला बदर गरी हक प्रचलन गरिपाउँ भन्ने वादीहरूको संयुक्त फिरादपत्र रहेछ । ४. कि.नं.४४।५५ को जग्गामा विपक्षीहरूको हकदैया नै छैन म प्र.गोवर्धन मुन्धडाको हक दर्ताको जग्गा बिक्री गर्ने अधिकार कानुनले वञ्चित ग