निर्णय नं. १७४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०८/२२ २३१६ निर्णय नं. १७४५ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं. १०३९ आदेश भएको मिति : २०४०।८।२२।५ मा निवेदक : जिल्ला ललितपुर ल.पु.न.पं.वडा नं.४ वागडोल बस्ने प्रा.म.से. हेमबहादुर कार्की विरूद्ध विपक्षी : श्री ५ को सरकार रक्षा मन्त्रालय विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) सेवाबाट हटाउन वा बरखास्त गर्नसक्ने गरी श्री ५ को सरकारलाई ऐनले नै सक्षम बनाएको अवस्थामा नियमको निर्माण नगरी सेवाबाट अवकास दिन मिल्दैन भन्न नमिल्ने । (प्रकरण नं. ८) (२) कुनै आरोप नलगाई निवृतिभरणमा (“निवृतिभरण दिने गरी”–सम्बन्धित प्रकरणको भावना अनुसार बुझ्न सजिलोका लागि “दिने गरी” भन्ने पदावली राखिएको–संयोजक) सेवाबाट अवकास दिएको अवस्थामा सफाईको मौका नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यसप्रकार छ : निवेदक शाही नेपाली सेनाको प्रा.सेनानी लगायत विभिन्न पदमा रही विगत २० वर्षदेखि अविरल रूपमा इमान्दारीपूर्वक आफ्नो पद अनुरूपको सेवा गर्दैआएकोमा मिति ०३९।६।२४ को श्री ५ को सरकारको निर्णय अनुसार म निवेदकलाई निवृतिभरणमा अवकास दिने गरी गरेको निर्णयमा निम्न लिखित त्रुटि छ । ३. सैनिक ऐन, २०१६ लागू हुने व्यक्ति उक्त ऐनमा दफा ३ मा गरेको व्यवस्था अनुसार श्री ५ को इच्छा अनुसारको अवधिसम्म बहाल रहने भए तापनि यो व्यवस्था श्री ५ को सरकारले सैनिक ऐन लागू हुने व्यक्तिलाई सेवाबाट हटाउने वा बरखास्त गर्ने सम्बन्धमा लागू हुँदैन सैनिक सेवामा रहेको व्यक्ति निसन्देह श्री ५ को इच्छा नभएको खण्डमा निजलाई हटाउन सकिबक्सने व्यवस्था सैनिक ऐनले गरेको छ र यसका लागि पूर्वावस्था विद्यमान छैन । तर श्री ५ को सरकारले सैनिक ऐन, २०१६ को दफा १४ को अधिकार प्रयोग गर्दाका अवस्थामा लागू हुँदैन । उक्त दफा अनुसार श्री ५ को सरकारले कुनै व्यक्तिलाई स्वेच्छाचारी ढंगबाट सैनिक सेवाबाट हटाउन बरखास्त गर्न वा अवकास दिन सक्तैन । सैनिक ऐन र सो ऐन अन्तर्गत बनेका नियमहरूको अधिनमा रही उक्त ऐन तथा नियमहरूमा परिकल्पना गरिएको पूर्वावस्था विद्यमान भएको खण्डमा मात्र श्री ५ को सरकारले सैनिक ऐनमा व्यवस्था गरिएको अधिकार प्रयोग गर्नसक्छ तर मलाई अवकास दिँदा सबूत पूर्वावस्थाहरू विद्यमान भएको कुराको उल्लेख छैन । उक्त दफा १४ बमोजिम अन्य प्रकारबाट अवकास दिने सम्बन्धमा श्री ५ को सरकारलाई कुनै अधिकार प्रदान गरिएको छैन । तसर्थ सैनिक प्राविधिक नियमावली, २०१९ को नियम १४ मा उल्लेखित उमेर ननाघेसम्म निवृतिभरणमा अवकास दिन मिल्दैन । तसर्थ सैनिक ऐन, २०१६ को दफा २६ र दफा ६५ र दफा ३२(१) क. ख. ग. र घ. को समेत त्रुटि हुनगएको छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीबाट लिखितजवाफ मगाई आए पछि पेश गर्नुभन्ने मिति ०३९।८।७ को सिङलबेञ्चको आदेश रहेछ । ५. सैनिक ऐनको दफा ६२(१) को खण्ड (ङ) मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी वा नगरी नोकरीबाट बरखास्त गर्नसकिने व्यवस्