निर्णय नं. १७४६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७४६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१५ १९६४ निर्णय नं. १७४६ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. १८१९ आदेश भएको मिति : २०४०।९।१५।६ मा निवेदक : जि.बारा प्रगन्ना टोकनी गा.पं.पेसौनी वडा नं.१ बस्ने संपत्त सहनी विरूद्ध विपक्षी : श्री सञ्चालक समिति वीरगञ्ज चिनी कारखाना लिमिटेड वीरगञ्ज नेपालसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) निवेदकलाई दिइएको नोकरीबाट हटाइएको पत्रमा चित्त नबुझे ३५ दिन भित्र संस्थान प्रमुख मार्फत सञ्चालक समितिमा पुनरावेदन दिन सक्नु हुने भन्ने लेखिएको पाइन्छ । यसबाट महाप्रवन्धकको निर्णय अनुसार रिट निवेदकलाई हटाएको भन्ने देखिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. मलाई नोकरीबाट हटाउने निर्णय गरी मिति ०३८।९।२६ मा विपक्षी प्रशासन शाखा अधिकृतबाट भएको निर्णय बदर गरी मेरो हक प्रचलन गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ : २. म निवेदक २०२० साल मार्ग २७ गते देखि वीरगञ्ज चिनी कारखानाको अमिन पदमा नियुक्त भई २०२९ सालमा जे.टि.ए. पदमा का.मु. र २०३४ कार्तिकमा स्थायी प्रमोशन भई काम गर्दैआएकोमा ०३४।११।२० का दिन विशेष प्रहरीले कमल राउतसँग रु.१००। लिएको अभियोगमा पक्राउ गरी कारवाही चलाएको हो र सो अभियोगमा मैले इन्कारी बयान गरेको छु । यस्तो अवस्थामा विभागीय कारवाही किन नगर्ने हो ? स्पष्टीकरणद्वारा सफाई पेश गर्ने निर्देशानुसार सूचित गर्न दिएको भन्ने २०३७।५।११ को विपक्षी प्रशासन शाखा अधिकृतबाट मलाई पत्र बुझाइयो र त्यसको स्पष्टीकरण समयमा नै दिएपछि पुनः ०३७।६।१४ मा थप सबूत प्रमाण पेश गर्न अर्को सूचना दिएको र त्यसको पनि जवाफ समयमा नै दिएपछि विपक्षी शाखा अधिकृत स्वयम्ले सजाय प्रस्तावित गरी मिति २०३८।९।१७ मा मलाई पत्र दिनुभयो सो पत्रमा स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले वीरगञ्ज चिनी कारखाना लिमिटेड आन्तरिक नियमावली, २०३९ को परिच्छेद ७ दफा ६(६) सामान्य सिद्धान्त लोकसेवा आयोग २०३५ परिच्छेद १० दफा ६ र सोही सिद्धान्तको परिच्छेद १० को दफा १(ङ) बमोजिम किन नहटाउने ७ सात दिन भित्र स्पष्टीकरण पेश गर्नुहोला भन्ने उल्लेख भएको र सो को स्पष्टीकरण पेश गरी सकेपछि विपक्षी शाखा अधिकृतबाट स्पष्टीकरण सन्तोषजनक नभएकोले कारखानाको नोकरीबाट हटाइएको छ भन्ने पत्र मलाई मिति ०३८।९।२६ मा दिइयो सो उपर सञ्चालक समितिमा मैले पुनरावेदन गरेकोमा पूर्व निर्णय नै ०३९।१।५ मा बसेको बैठकबाट सदर गरिएको भनी मलाई जानकारी गराइयो । ३. म निवेदकलाई महाप्रबन्धकले मात्र सजाय गर्नसक्नेमा सजाय परैजावस स्पष्टीकरणसम्म पनि महाप्रबन्धकबाट मागिएको नहुँदा विपक्षी प्रशासन शाखा अधिकृतबाट गरिएको उल्लेखित काम गैरकानुनी र अनधिकृत छन् यस्तै सञ्चालक समितिले पनि सोही निर्णय सदर गरेकोले वीरगञ्ज चिनी कारखानाको आन्तरिक नियमावली, २०२९ को परिच्छेद ७ को दफा १४ को त्रुटि गरेको छ । रिसवत लिएको भन्ने सम्बन्धमा विश्वसनीय सबूत प्रमाण आएको छैन उक्त रिसवतबाट बरामद भएको नभई कमल राउतबाट भएको हो । ४. निवेदकलाई पो