निर्णय नं. ८७२६ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७२६ - कर्तव्यज्यान भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/09/05 ६५४७ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं. ८७२६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री प्रकाश वस्ती फौ.पु.नं. ०६५–CR–०१६७ फैसला मितिः २०६८।९।५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक वादीः डिलबहादुर सुनारको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः रुपन्देही जिल्ला, सेमलर गा.वि.स. वार्ड नं.४ बस्ने मनकुमारी नेपाली समेत शुरु फैसला गर्ने : मा.न्या.श्री हरिप्रताप के.सी. पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री जगदीश शर्मा पौडेल मा.न्या.श्री शारदाप्रसाद घिमिरे § अभियोगमा कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी वैज्ञानिक परीक्षणले स्थापित गरेको तथ्यभन्दा बाहिर गएर मौखिक कथनका भरमा कसैलाई दोषी किटान गर्न नमिल्ने । (प्रकरण नं.५) § कसैले कसैलाई हत्या गरेको भनिएको अवस्थामा हत्या भएको भनिएका व्यक्तिको शव नै सबैभन्दा ठूलो प्रमाणका रुपमा रहन्छ । शव फेला परेको अवस्थामा मृत्यु अघि (Post Mortem) र मृत्यु पछि (Ante mortem) का घाउ चोटहरू र अवस्था समेतको परीक्षण गर्न सकिने र त्यसले मृतकको मृत्युको कारणका बारेमा यथार्थ जानकारी प्राप्त हुने अवस्था रहन्छ । शव फेला पर्न नसकेको अवस्थामा हत्याको अभियोग लागेका व्यक्तिले के कसरी र कहिले हत्या गरेको हो भन्ने तथ्य अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्ने दायित्व वादी पक्षले वहन गर्नुपर्ने । (प्रकरण नं.७) § कुनै व्यक्ति विशेषको अप्रमाणित कथनलाई नै सर्वोत्तम प्रमाण मानेर अनुसन्धान कार्यलाई त्यत्तिमै सीमित राख्ने हो भने सत्य कहिल्यै उदघाटित नहुने अवस्थाको सिर्जना हुन जाने । § सुनी थाहा पाएको भन्ने जस्ता अत्यन्त कमजोर प्रमाणलाई आधार बनाएर अन्य प्रमाणको खोजी नगर्ने हो भने अनुसन्धानको कुनै अर्थ रहँदैन र त्यसले अपराध र अपराधीका बारेमा सत्य तथ्यको खुलासा गर्न पनि नसकिने । (प्रकरण नं.८) § कसैलाई दोषी ठहर्याउन वयानलगायतका मौखिक प्रमाणबाहेकका अन्य स्वतन्त्र प्रमाणहरूको सृंखला जोडिनु पर्दछ र प्रमाणहरूको मालाकार कडीबाट त्यस्तो वयान व्यहोरा समर्थित नहुँदासम्म साविती वयानले कुनै प्रामाणिक महत्व राख्दैन भन्ने कुरालाई अनुसन्धान र अभियोजन पक्षले बुझ्नु जरुरी हुने । (प्रकरण नं.९) § कुनै व्यक्ति हराएकै आधारमा निजको हत्या भएको निष्कर्ष निकाल्दा भोलि त्यो व्यक्ति जीवितै समाजमा फर्केर आयो भने समस्त न्याय नै कलंकित हुन पुग्दछ । नौ जना अपराधी छुटे पनि एकजना निरपराधी पनि सजायको भागी नहोस् तथा शंकाको लाभ अभियुक्तले पाउँछ भन्ने मान्यताको अनुयायी कानूनी प्रणालीमा शवको प्रत्यक्षीकरण बिना कर्तव्य ज्यानको अभियोगमा कसैलाई सजाय गर्दा अत्यन्त सतर्कता अपनाउन पर्ने । § पानीमा बगाइएको र आगोले डढाइएको जस्ता विषम परिस्थितिमा लास फेला नपर्न पनि सक्दछन् । लाशको अवशेष समेत लोप गराउने अभियुक्तको भगीरथ प्रयत्न पनि हुन सक्दछ । तर यस्ता क्रियाकलाप भएको वादीले पुष्टि गर्न सक्नुपर्ने । (प्रकरण नं.१०) § सावितीमा अभिव्यक्त तथ्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन त आवश्यक छ नै, ती स्वाभाविक र मानव आचरण अनुकूल पनि देखिनु पर्ने । (प्रकरण नं.११) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत बुटवलको मिति २०६५।२।१३ को फ