निर्णय नं. १७४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१९ २३३३ निर्णय नं. १७४७ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १७१६ आदेश भएको मिति : २०४०।९।१९।३ मा निवेदक : जिल्ला कपिलवस्तु सिसवा गा.पं.वडा नं.१ बस्ने राम साहरत कुर्मी विरूद्ध विपक्षी : ऐ.कजरहवा गा.पं.वडा नं.९ बस्ने किसोरी नाउसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गावाला बाहेक अन्य व्यक्तिबाट जग्गा कमाउन लिने मोही हुन नसक्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : प्रतिरक्षीले जि.कपिलवस्तु कजरहवा गा.पं.वडा नं.९ कि.नं.१३८ को २–१०–५ धुरको जग्गामा मोहियानी हकको प्रमाणपत्र पाउँ भनी निवेदन दिनुभयो दावीको जग्गा ८८ सालको नापीमा उखडा दर्ता भई ०२१ सालमा फाराम भरी जिमिदार द्रोणबहादुर क्षेत्री विरोधी भै.स.अ.बाट मेरो उखडा ठहरी फैसला भएको र जग्गा खिचोला मुद्दा चल्दा अन्तिम निर्णय भई जग्गा चलन चलाई चलन पूर्जि समेत पाइसकेको छ । ४ नं.जो.अ.निस्सा जग्गाधनी द्रोणबहादुर भएकोलाई हतियार बनाई झुठ्ठा उजूर दिएको हो भन्ने समेत मेरो प्रतिवाद परेकोमा विपक्षीले जो.अ.नि.बदर गराएको कुनै दावी लिन नसकेकोले ३ नं. मोहीको प्रमाणपत्र निवेदकलाई दिने ठहर्छ भनी प्रत्यर्थी विपक्षी भूमिसुधार कार्यालयले ०४०।१।२० मा निर्णय भएको रहेछ । ३. उल्लेखित जग्गा उखडा क.फाराम अन्तर्गतको हो भन्ने कुरा खजहनी मालका ०१०।४।२८ को निर्णयबाट स्थापित छ सो जग्गा जिमिदारी सकार गर्ने द्रोणबहादुरले उखडा फाराममा विरोध गरेकोमा स.अ.डिभिजनबेञ्चबाट ०२८।९।१४ मा उखडा ठहर्‍याएको सदर भई फैसला भयो मोहीको नाता देखाई प्रतिरक्षी समेतले खिचोलातर्फ मेरो फिराद पर्दा खिचोला हुने ठहर्‍याई लुम्बिनी अञ्चल अदालतबाट ०३४।३।१ मा फैसला भयो । हाल सर्भे नापी कायम हुनआएको जग्गा चलन चलाई पाउँ भनी प्रतिरक्षी समेत उपर फिराद दायर गर्दा मैले चलन पाउने ठहर्छ भनी कपिलवस्तु जि.अ.को इन्साफ सदर गरी लुम्विनी अञ्चल अदालतबाट ०३८।७।५ मा फैसला भइरहेकोबाट मोही हक भएको जग्गा नभई उखडा जग्गा रहेको देखिँदा देखिँदै मोहीको प्रमाणपत्र दिन गरेको निर्णय त्रुटिपूर्ण छ । उखडामा जग्गा पाउने किसानले भू.सं.ऐनका दफा २५(२) अन्तर्गत मोहियानी जोत्न नदिएसम्म मोही कायम हुनसक्तैन अतः ऐनको दफा २(ख) ३।५ र भू.सं.ऐनका दफा २५(१) २५(२) ३४(१) अ.बं.१८४(क) १८४, ८९ र प्रमाण ऐनको दफा ५४ को प्रत्यक्ष त्रुटिपूर्ण हुँदा उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश वा पूर्जिद्वारा भू.सु.अ.कपिलवस्तुको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूसँग लिखितजवाफ लिई पेश गर्नुभन्ने समेतको सर्वोच्च अदालत सिङलबेञ्चको ०४०।२।१५ को आदेश । ५. मैले जग्गाको १ नं. भरी २ नं. प्रकाशित भई ४ नं. प्राप्त गरेको छु २ नं. प्रकाशितमा उजूर नगरी म्याद गुमाई बसेपछि रिट दिने हकदैया छैन । त्यसकारण २ नं. प्रमाणपत्र दिन निर्णय बदर हुन नसक्ने भएको रिट निवेदन खारेज गरी पाउन अनुरोध छ भन्ने समेत किशोरी नाउको लिखितजवाफ । ६