निर्णय नं. १७४८ - परमादेशयुक्त उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७४८ - परमादेशयुक्त उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/०५ २३६८ निर्णय नं. १७४८ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डरी सम्वत् २०३९ सालको रिट नं. १२४३ आदेश भएको मिति : २०४०।९।५।६ मा निवेदक : जि.सप्तरी विसहरीया गा.पं.वडा नं.४ बस्ने गीतादेवी वैश्यनी विरूद्ध विपक्षी : ऐ.वडा नं.३ बस्ने गंगाई यादवसमेत विषय : परमादेशयुक्त उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) जग्गाधनी बाहेक अन्य व्यक्तिको कबुलीयतको आधारमा प्रत्यर्थीलाई भू.सु.अधिकारीले मोही कायम गरेको निर्णय नै त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. ९) आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. ०३४।८।२३ र ०३९।९।७ गतेको भू.सु.अधिकारीले सप्तरीको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा व्यहोरा यसप्रकार रहेछ । २. जि.सप्तरी विसहरिया गा.पं.वार्ड नं.८क. मा नक्सा भई कि.नं.१८६ को ०–१३–१० क्षेत्रफल भएको जग्गा मेरा नाउँमा ०२७।१०।२५ मा सर्भे गराई ०२८।८।१५ मा दर्ता प्रमाण पूर्जा पाई भोग तिरो गर्दैआएकोमा गणेशलालको राजीनामा लेखाई गंगाई यादवको दर्ता भनेको गोपीलाल महेश्वरीले मेरा नाउँबाट ०३१।१२।८ मा भू.प्र.का.बाट निर्णय गराई दा.खा. गराई लिएउपर मेरो पुनरावेदन परी सो बदर भई हक बेहकमा गोपीलालको नालेस परी गोपीलालको हक कायम नभई मेरो कायम भएको हो उक्त जग्गामा गोपीलालले आफ्नो हक नहुँदै गंगाई यादवलाई राजीनामा गरी दिएको कुरामा जग्गामा हात हाल्न आएपछि थाहा भएकोले मैले नालेस गरी निजले जग्गा खिचोला समेत गरेको ठहरी लिखत बदर हुने निर्णय भएको हो । यी मुद्दा चल्दाचल्दैको अवस्थामा मेरो हक मेटाउने उद्देश्यले ०३२।४।१३ भन्दा अघि ०३२।२।१० कै मिति पारी गंगाई यादवले रामअधिन यादवलाई जग्गामा मोहियानी लगाउन कबुलीयत भर्पाई खडा गरी गराई भू.प्र.का.मा निवेदन गरी मोहियानी हक कायम हुने ठहर्‍याई भू.प्र.का.बाट निर्णय गराएको कुरा ०३६।१।५ मा नक्कल लिई थाहा पाएपछि बदर गरिपाउँ भनी भू.सु.का.मा नालेस गरे भने अर्कातिर त्यस्तो जालसाजी गरे उपर जि.अ.मा नालेस गरी जालसाजी ठहर्‍याई अन्तिम फैसला भएको छ । भू.सु.अधिकारीज्यूले भने उही ०३४।८।२३ को मोही कायम हुने निर्णय बदर नभएसम्म बदर गर्न नमिल्ने भनी ०३९।९।७ मा निर्णय गर्नुभयो । ३. हक प्राप्त जग्गावालाको स्वीकृति बिना मोही ठहर्‍याएको उक्त निर्णयबाट भू.सं.ऐनको दफा २५(१) को प्रतिकूल भएको छ । यस्तै सो निर्णयमा जग्गा खिचोला दर्ता लिखत बदर मुद्दाको निर्णय जि.का.बाट जग्गा नामसारी मुद्दामा भएको निर्णय जालसाजी मुद्दामा भएको निर्णय जस्ता अकाट्य प्रमाणको वास्ता नगरी मेरो उजूरी खारेज गरिएको छ । अधिकारी ज्यूको ०३९।९।७ को निर्णय अ.बं.८५ प्रतिकूल छ । मेरो उजूरी अ.बं.८६ अन्तर्गत रहेको हुँदा अ.बं.८५ अन्तर्गतको हैन र मेरो नालेस दोहरा परेको पनि छैन । ०३४।८।२३ को निर्णय गर्दा म कुनै पनि पक्ष थिइँन । जग्गाधनी बाहेक अन्य व्यक्तिले कबुलीयत भर्पाई दिँदैमा मोहियनी कायम हुननसक्ने भन्ने नजीर नै छ । अतःउक्त ०३४।८।२३ को निर्णय कायम गरी ०३९।९।७ मा विपक्षी भू.सु.अ.बाट भएको निर्णय बदर गरिपाउँ भन्ने समेतको मिति २०३९।१०।१९ को रिट निवेदन रहेछ । ४. यसमा विपक्षीहरूको लिखितजवाफ मगाई आएपछि वा अ