निर्णय नं. ९२१५ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२१५ - परमादेश भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०५/०२ २७८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।५।२।२ ०६८-CI-१३७० मुद्दा : परमादेश । पुनरावेदक/निवेदक : दोलखा जिल्ला, काटाकुटी गा.वि.स., वडा नं.८ घर भै ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं.७ बस्ने शेरबहादुर के.सी.को छोरा नेत्रबहादुर के.सी. विरूद्ध प्रत्यर्थी/विपक्षी : भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयसमेत § आधिकारिक निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरेर पैठारी गरेको मोटरसाइकललाई सुरू दर्ता भएको अभिलेख फेला नपरेको भन्ने आधारमा मात्र कुनै पनि नागरिकले कानूनबमोजिमको प्रक्रिया पूरा गरी खरिद गरेको आफ्नो सम्पत्तिको दर्ता नामसारी गरी स्वामित्व प्राप्त गर्नबाट रोक लगाउन मिल्ने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.३) § निवेदकबाट मोटरसाइकल दर्ता गरी ब्लु बुक र नम्बर उपलब्ध गराई दिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने मात्र माग गरेको तर आफूलाई असर पर्ने गरी यातायात व्यवस्था विभागबाट भएको निर्णयलाई बदरतर्फ उत्प्रेषणको माग गरेको निवेदनबाट नदेखिएको अवस्थामा परमादेशको आदेश जारी भए पनि यातायात व्यवस्था विभागको निर्णय यथावत् कायमै रही आदेशको औचित्य नै नरहने हुँदा विपक्षी झिकाउने आदेश गर्दा लिइएको आधारसँग सहमत हुन नसकिने । (प्रकरण नं.४) पुनरावेदक/निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता कुमारप्रसाद आचार्य प्रत्यर्थी/विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने :- मा.न्या.श्री डा.कुलरत्न भुर्तेल मा.न्या.श्री सुष्मालता माथेमा आदेश न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, पाटनको मिति २०६८।११।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम निवेदक नेत्रबहादुर के.सी.को तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ । मैले चाइनामा २००६।२।२२ मा निर्मित भै २००६।४।२१ मा चाइनिज एम्बेसीले नेपाल ल्याएको च्यासिस नं.AAA JKKV 660000725 इन्जिन नं.JI16/F MJ-2/06A 101935 को Jailing Brand को चाइनिज मोटरसाइकल चाइनिज एम्बेसीबाट 8-Dec 2010 मा नेपाली रूपैयाँ १०,०००। (दश हजार) मा सम्पूर्ण प्रक्रिया पूरा गरी लिएको थिएँ । सो एम्बेसीले दिएको पत्र लिई मिति २०६७।११।१७ मा परराष्ट्र मन्त्रालय गएँ । परराष्ट्र मन्त्रालयले भन्सार विभाग, त्रिपुरेश्वरलाई भन्सार महसुल लिई ३५ दिनभित्र भन्सार बुझी जानकारी गराउन आदेश जारी भयो । विभागले तातोपानी भन्सार कार्यालयमा पत्राचार गरी तातोपानी भन्सार कार्यालयले मिति २०६८।२।८ मा च.नं.१०११ मार्फत जवाफमा उक्त मोटरसाइकलको उक्त समयको प्रज्ञापन आसीकुडा सिस्टम अनुसार नष्ट गरी सकिएकाले प्रज्ञापनपत्र पठाउन नसकिने जवाफ पठायो । भन्सार विभागको प्रक्रिया पूरा गरी मैले मिति २०६८।६।१० मा प्रज्ञापनपत्र नं.९२०३ र.नं.१८७४३०४ मार्फत ने.रू.२३,३७७। भन्सार महसुल बुझाएको छु । तर यातायात व्यवस्था विभागबाट यातायात व्यवस्था कार्यालय, मोटरसाइकल बागमतीमा दर्ता रेकर्ड खोज्न लगाउने, रेकर्ड प्राप्त भएमा फाइलको अन्तिम कारवाही गर्न मिल्ने र सुरू दर्ताको रेकर्ड प्राप्त नभएमा यस प्रकृतिका सवारी साधन नेपाल प्रदूषण मापदण्ड, २०५६ विपरीत हुन जाने हुँदा दर्ता गर्न नमिल्ने भनी