निर्णय नं. १७५० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७५० - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१५ २५५३ निर्णय नं. १७५० ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. १२७५ आदेश भएको मिति : २०४०।९।१५।६ मा निवेदक : जि.सर्लाही खोरिया गा.पं.वडा नं.९ बस्ने ब्रम्हादेव राय यादव विरूद्ध विपक्षी : ऐ.ऐ बस्ने अच्छेलाल राय यादवसमेत विषय : उत्प्रेषण (१) सम्पन्न भएको कुनै निर्वाचन सम्बन्धमा चित्त नबुझ्ने पक्षले निर्वाचन, अपराध र सजाय ऐन, २०२४ को दफा १४ ले तोकेको सीमाभित्र रही उजूर गर्नुपर्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भनी २०३९।१०।२३ मा रिटनिवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य तथा निवेदन जिकिर : २०३९।१।३१ मा भएको खोरिया गा.पं.को प्रधान पञ्चको निर्वाचन विपक्षी अच्छेलाल राय यादवलाई विजय घोषित गरिसकेपछि सर्लाही निर्वाचन वि.अ.मा निवेदकको उजूरी परेकोमा व्यापकरूपमा भ्रष्टाचार धाँधलीपूर्ण निर्वाचन भएको भन्ने दावी नभई म बिजय भएको घोषणा भएको ११ घण्टा पछि अच्छेलाललाई बिजय घोषणा गरेकोले त्यसको सबूत प्रमाण साथ उजूर गर्नुपर्नेमा निर्वाचन नै बदर गरिपाउँ भन्ने दावी गरेको देखिएकोले पुनःमतगन्ती गरिरहन नपर्ने हुँदा निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा ४ को उपदफा (१)(क) को विपरीतको उजूरी भई खारेज हुने ठहर्छ भनी सर्लाही निर्वाचन वि.अदालतले २०३९।९।१९ गते निर्णय गरेकोरहेछ । किटानी दावीलाई विचार नगरी उजूरी खारेज गर्ने गरी गरेको निर्णय निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १४(२)(क) को प्रतिकूल छ । मतपत्र मासे बिगारेको अनुचित कार्य गरेको दावातर्फ विचार नगरी गराएको निर्णय निर्वाचन अपराध तथा सजाय ऐनको दफा १४(४) तथा अ.बं.१८० नं.को विपरीत छ । प्रधानपञ्चमा निर्वाचित भई पदावधी उपभोग गर्ने हकमा अवरुद्ध भएकोले उत्प्रेषणयुक्त परमादेश समेत जारी गरी उक्त निर्णय बदर गरी मेरो हक प्रचलित गरिपाउँ भन्ने समेत निवेदन जिकिर रहेछ । ३. यसमा के कसो भएको हो ? सम्बन्धित विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमबमोजिम गरी पेश गर्नुभन्ने २०३९।१०।२४ को सिङलबेञ्चको आदेश रहेछ । ४. विपक्षीले फिरादमा उल्लेख गर्नुभएको कुराको प्रमाण दिनसक्नुभएको छैन । निज बहुमतद्वारा निर्वाचित घोषणा भएको कपोल–कल्पित आधारमा समुच्चै निर्वाचन बदर गर्न नमिल्ने भई निर्वाचन विशेष अदालतबाट भएको निर्णय कानुनसंगत नै छ । अ.बं.१८० को व्यवस्था प्रतिकूल भएको छैन । निर्वाचन “अपराध तथा सजाय” ऐन, २०२४ को बर्खिलाप काम कारवाई भएगरेको छैन नत निर्वाचन नै पक्षपातपूर्ण भएको छ । कपोल–कल्पित आधारमा लिएको जिकिरबाट विपक्षीको माग बमोजिमको आदेश जारी हुने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत अच्छेलाल राय यादवको लिखितजवाफ । ५. खोरिया गा.पं.को निर्वाचन बदर गरिपाउँ भनी हकदैया विहीन कुरामा रिट निवेदकको दावी भएको अच्छेलाललाई विजयी घोषणा गर्नु भन्दा पहिले ब्रम्हादेव राय यादवलाई विजयी घोषणा गरेको सबूत प्रमाण पेश गर्नसकेको नदेखिएको हुँदा खारेजी फैसला गरेको हुँ । निवेदकको कुनै संवैधानिक कानुनी मौलिक