निर्णय नं. ८७२८ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७२८ - लागू औषध भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/03/28 ८०३२ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं. ८७२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की फौजदारी पु. नं.०६६–CR–०२०५,०२६२, ०३०१ फैसला मितिः २०६८।३।२८।३ मुद्दाः– लागू औषध (खैरो हेरोइन) । पुनरावेदक प्रतिवादीः झापा जिल्ला, लखनपुर गा.वि.स., वडा नं. ३ घर भै काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. ३५ बस्ने हाल जिल्ला कारागार कार्यालय, सदरखोर, डिल्लीबजार थुनामा रहेको शेरबहादुर थापा विरूद्ध प्रत्यर्थी वादीः प्र.नि.किरणजंग थापासमेतको प्रतिवेदनले नेपाल सरकार पुनरावेदक प्रतिवादीः धादिङ जिल्ला, बसेरी गा.वि.स., वडा नं. २, मंसिरे स्थायी घर भई काठमाडौँ जिल्ला, फुटुङ गा.वि.स., वडा नं. ९, टुसाल बस्ने हाल कारागार कार्यालय (सदरखोर) डिल्लीबजार, काठमाडौँमा बन्दी जीवन बिताइरहेको रामबहादुर लामा घले विरूद्ध प्रत्यर्थी वादीः प्र.नि.किरणजंग थापासमेतको प्रतिवेदनले नेपाल सरकार पुनरावेदक प्रतिवादीः धादिङ जिल्ला, गुम्दी गा.वि.स,. वडा नं. ४ घर भई हाल जिल्ला प्रशासन कार्यालय, कारागार शाखा, काठमाडौँअन्तर्गत सदरखोर डिल्लीबजारमा थुनामा रहेको माहिला भन्ने मिलन गुरुङ्ग विरूद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरु फैसला गर्ने :– मा.जि.न्या.श्री शिवनारायण यादव पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री मोहनप्रसाद घिमिरे मा.न्या.श्री दिनेशकुमार कार्की § ठूलो सजायबाट बच्ने उद्देश्यले अपुष्ट जिकीर लिनु नै कसूर र सजाय परिवर्तन गर्ने आधार हुन नसक्ने । (प्रकरण नं.५) § फरक स्थानमा बसोबास गर्ने र वारदात समयमा सँगसाथमा नभएका साक्षीहरूको अनुमानमा आधारित बकपत्र तर्कसंगत नहुने । § अभियोग दावी समर्थित प्रमाण रहेको र सो प्रमाण अन्यथा भन्ने पुष्टि हुन नसकेको अवस्थामा अपुष्ट रुपमा इन्कारी बयान गर्नु मात्र कसूरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने । (प्रकरण नं.८) § लागू औषधको कारोवार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट मात्र लागू औषध बरामद हुनु र अन्य सँगसाथका व्यक्तिबाट बरामद नहुनुले खास असर नपार्ने । § लागू औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागू औषध बरामद भएको छ, निजसँग सो लागू औषधको कारोवार गर्न आफू नहिँडेको वा निजको समूहमा सामेल नभएको भन्ने तथ्य स्पष्ट रुपमा पुष्टि नभएसम्म समूहगत रुपमा पक्राउ परेको देखिए पछि प्रतिवादीहरू मध्ये कसैको सो लागू औषधको कारोवार गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिरहनु नपर्ने । § लागू औषध छ भन्ने थाहा पाई लागू औषध बोक्नेसँग वा निजको समूहसँग सोको कारोवार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट लागू औषध बरामद नभएकै आधारमा सिर्जित दायित्वबाट उन्मुक्ति पाउने वा लागू औषध बरामद नभएको भन्ने आधारमा दायित्वमा भिन्नता नहुने । (प्रकरण नं.९) § लागू औषध नै नभएको अवस्थामा पनि लागू औषध हो भनी विश्वासमा पारी अन्य पदार्थको कारोवार गर्नेलाई समेत अपराध गरेवापत हुने सजायको आधा सजाय हुने लागू औषध ऐन, २०३३ को दफा १७क मा व्यवस्था भैरहेको अवस्थामा लागू औषध हेरोइन भन्ने पुष्टि भएको अवस्थामा हेरोइनको अगाडि खैरो भन्ने शब्द उल्लेख गर्न छूट हुँदैमा तात्विक असर नपर्ने । (प्रकरण नं.१२) पुनरावेदक तर्फबाटः विद्वान वैतनिक अधिवक्ता बविता उप्रेती, विद्वान अधिवक्ता लवकुमार मैनाली, माधव बास्कोटा, सुरज अधिकारी र मेजर थापा