निर्णय नं. ८७२९ - निर्णय बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७२९ - निर्णय बदर भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/03/27 ३७२१ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं ८७२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास २०६७–CR–०२०१ फैसला मितिः २०६८।३।२७ मुद्दाः— निर्णय बदर । पुनरावेदक वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौ महानगरपालिका वडा नं. ९ स्थित पशुपति गौशाला धर्मशालाको अख्तियारप्राप्त अध्यक्ष ऐ.ऐ.बस्ने विश्वम्भरलाल अग्रवाल समेत विशेष अदालत फैसला गर्नेः मा.न्या.श्री गौरीबहादुर कार्की मा.न्या.श्री ओमप्रकाश मिश्र मा.न्या.श्री केदारप्रसाद चालिसे § आफ्नो स्वामित्वअन्तर्गतको सम्पत्तिको स्याहार, सम्भार तथा व्यवस्थापन उचित रुपमा गर्ने दायित्व भएको संस्थाले आफ्नो दायित्व निर्वाह गर्न नसकेमा वा अनुचित वा बद्‌नियतपूर्वक प्रयोग वा परिचालन गर्न दिएमा सोको जिम्मेवारी निर्वाह गर्ने पदाधिकारी कानूनबमोजिम जवाहफेही हुनुपर्ने । (प्रकरण नं.७) § परम्परागत ढंगबाट सञ्चालन भई आएको विषयलाई सम्झौताको रुप दिई व्यवस्थित गरिएको पृष्ठभूमिमा सम्झौताको स्वरुप र त्यसमा भएका प्रमुख प्रावधानहरू प्रत्यक्षरुपमा पहिलो पक्षको हितविपरीत नदेखिएको अवस्थामा रकम र समयावधि किटानी गर्ने जस्ता विषयहरू सम्झौता कार्यान्वयनमा गएपछिको अवस्थामा संशोधन परिमार्जन हुनसक्ने अवस्था हुँदाहुँदै उक्त सम्झौता कार्यान्वयनमा आउँदा आउँदैको अवस्थामा सम्झौताको अन्तर्निहित उद्देश्यलाई नहेरी सम्झौतामा उल्लिखित शर्तहरू अनुचित भएको अर्थ गरी सम्झौता बदर गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको आदेशलाई उचित र मनासिव मान्न नमिल्ने । (प्रकरण नं.८) वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्तात्रय वसन्तराम भण्डारी, हरिहर दहाल र बद्रीबहादुर कार्की एवं विद्वान अधिवक्ताद्वय शरदप्रसाद कोइराला र रत्नेश्वर शर्मा अवलम्बित नजीरः सम्बद्ध कानूनः § अख्तियार दुरुपयोग अनुसन्धान आयोग (दोस्रो सशोधन) ऐन, २०४८ को दफा १२ख फैसला न्या.दामोदरप्रसाद शर्माः विशेष अदालत काठमाडौको मिति २०६७।०२।३१ को फैसलाउपर वादीको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदनपत्र न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकारक्षेत्र भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– पशुपतिक्षेत्रका साँढे चरनको लागि जुनेलो घाँस लगाउन ६४ वर्षअघि बेचबिखन, दान दातव्य र मोही कायम गर्न नपाउने गरी गौशालाको १ रोपनी ८ आना जग्गा दिइएकोमा अनियमित तवरले विस्तार गरेर झण्ड्रै १० रोपनी पुर्‍याएको र मारवाडी सेवा समितिले नक्कली लालपूर्जा बनाएर संस्थागत रुपमा सो जग्गा दर्ता गर्न खोजेको तथा मापदण्डविपरीत भौतिक पूर्वाधार निर्माण गरेको भन्ने समेत व्यहोराको समाचार मिति २०६३ साउन १३ को कान्तिपुर दैनिकमा प्रकाशित भएको सो सम्बन्धमा प्रतिक्रिया सहित सम्बन्धित कागजात पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पशुपति विकास कोषलाई पत्रचार गरिएको र पशुपतिक्षेत्रमा सञ्चालित गौशाला धर्मशाला र सोले चर्चेको जग्गा भगवान पशुपतिनाथको भई श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयको नाममा रहेको जग्गा हो । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले दूध कटुवा साँडेको संरक्षण गर्नका लागि बेचबिखन, हक भोग नलाग्ने गरी रामकुमार अग्रवाल भन्ने व्यक्तिल