निर्णय नं. १७५४ - उत्प्रेषणयुक्त प्रतिषेध लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७५४ - उत्प्रेषणयुक्त प्रतिषेध लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१२ २४५६ निर्णय नं. १७५४ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रिट नं. १४८३ आदेश भएको मिति : २०४०।९।१२।३ मा निवेदक : का.जि.का.न.पं.वार्ड नं.१७ ठहिटी बस्ने महेन्द्रबहादुर राजभण्डरी समेत विरूद्ध विपक्षी : ऐ.ऐ बस्ने केशरबहादुर राजभण्डारी समेत विषय : उत्प्रेषणयुक्त प्रतिषेध लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) रिट निवेदकहरूको माग दावीको हकमा सो काम कारवाही धेरै अगाडि नै पूरा भइसकेको हुँदा निवेदकहरूको माग बमोजिमको आदेश जारी गर्न निस्प्रयोजन हुने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान वरिष्ठ अधिवक्ता श्री शुम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ताहरु श्री सुधानाथ पन्त र श्री पिताम्बरप्रसाद सिलवाल आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ : २. छोराहरूले अंश छोडपत्र गरी दिएकोले निज छोराहरूलाई नरेन्द्र ब्रदर्श फर्म खोल्न इन्द्रचोकको पसल मिति ०३४।९।१९ देखि ०३६।३।३० सम्म दिएको त्यसपछि २०३८।१।२७ देखि बन्द रहेकोलाई बन्द नै राख्ने काठमाडौंका प्र.जि.अ.भक्तबहादुरले गरेको काम कारवाही निष्पक्षताको अभाव भएकोले सो पसल खुलाई पाउँ भनी पिताजी केशरबहादुरले श्री ५ महाराजाधिराजमा चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए हक बेहकमा तेरो मेरो पर्न आए कानुनबमोजिम गर्नु भनी सम्बन्धित व्यक्तिलाई सुनाई पसल बन्द गरी राख्नु भन्दा अघि जस्तो स्थितिमा थियो सोही स्थितिमा चालू राख्नु कानुनको रीत पुर्‍याई पसल खुलाई निवेदकले चलन गर्न पाउने गरी शान्ति सुव्यवस्थाको आवश्यक प्रबन्ध मिलाई दिनु र लागेको सरकारी करको रकम पनि साथै चुक्ती असूल गरी सम्बन्धित कार्यालयमा बुझाई निस्सा गराई नतिजा जाहेर गर्नुभन्ने हु.प्र.भई जिल्ला कार्यालयमा गएकोमा हामीलाई झिकाई बयान गराउँदा बन्द हुनुभन्दा पहिले नरेन्द्र ब्रदर्श फर्म रहेको निवेदकको व्यहोरा झुठ्ठा छ भन्ने समेत बयान गरेकोमा हक बेहकमा अदालतबाट निर्णय भएबमोजिम हुने गरी हु.प्र.बमोजिम हाल सो इन्द्रचोकको पसल खुलाई दिन भनी जिल्ला कार्यालयबाट ०३८।१०।४ मा निर्णय भएको छ सो निर्णय उपर बागमती अञ्चलाधिशको कार्यालयमा पुनरावेदन गर्दा पुनरावेदन लिन नै इन्कार गरेको हुँदा प्रस्तुत विषय स्थानीय प्रशासन ऐनको दफा ६(५) अन्तर्गत नपर्ने हुँदा सो निर्णयबाट मर्का पर्नगएको छ । ३. पिताज्यूका २ श्रीमतीमा जेठीका छोरा विपक्षी कमलबहादुर कान्छीपट्टिका हामी निवेदक हौं पिताजीले अंश मार्नका लागि छोडपत्र गराउनु भए पनि सगोलमा बसी आएका छौं कमलबहादुर र हामी निवेदकहरूले बराबर पूँजी लगाई साझेदारीमा नरेन्द्र ब्रदर्श फर्म खोलेकोमा झै–झगडा हुँदा कमलबहादुरले ताला लगाएपछि हामीले पनि ताल्चा मारी बन्द रहेकोमा पिताजीसँग बहालमा लिएको उक्त पसलको हरहिसाब गरौं भन्दा अस्वीकार गरी कमलबहादुरको पक्ष लागी व्यहोरा छिपाई निवेदन दिएर उपरोक्त हु.प्र.गराउनु भएछ हाम्रो प्रतिवाद नसुनी जि.का.बाट भएको निर्णय कानुनसंगत छैन । हु.प्र.का व्यहोरा साँचो भए भन्ने उल्लेख छ व्यहोरा साँचो छैन भनी