निर्णय नं. १७५५ - परमादेश, उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७५५ - परमादेश, उत्प्रेषण भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१५ २५७९ निर्णय नं. १७५५ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट नम्बर १६०९ आदेश भएको मिति : २०४०।९।१५।६ मा निवेदक : जि.उदयपुर गा.पं.हडिया वार्ड नं.५ घर भई हाल चिकित्सा शास्त्र अध्ययन संस्थान वीरगञ्जमा काम गरी रहेको शंकरप्रसाद हुजदार विरूद्ध विपक्षी : चिकित्सा शास्त्र अध्ययन संस्थान लाजिम्पाट काठमाडौं त्रिभुवन विश्वविद्यालय त्रिपुरेश्वर काठमाडौं विषय : परमादेश, उत्प्रेषण (१) स्वास्थ सेवा विभागबाटै सिफारिश भई आएको हुनाले त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले भेदभाव गर्‍यो भन्ने स्थिति नरहने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या.त्रिलोकप्रताप राणा १. विपक्षीहरूको निर्णय बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रिट निवेदनको तथ्य तथा जिकिर संक्षिप्त यसप्रकार छ : २. म निवेदक त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको सहायक प्रशिक्षकमा २०३६ साल जेष्ठ २१ गते देखि काम गर्दै आइरहेको छु । मेरो सेवा त्रि.वि.वि.सेवा अन्तर्गत छ । २०३९।८।४ मा चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एम.वि.वि.एस.कोर्शमा भर्ना सम्बन्धी सूचना गो.प.मा प्रकाशित गरियो र सो सूचनामा तोकिएको योग्यतामा भएका म जस्तै विभिन्न ठाउँमा काम गरी रहेका हेल्थ असिस्टेण्ट कोर्श पूरा गरेकाले भर्नाका लागि उम्मेद्वार पाउने भनी तोकियो । भर्नाको लागि निम्नबमोजिमको कोटाको सूचनामा निर्धारण गरिएको छ । सामान्य चिकित्सा १८ हेल्थ ल्याव २ फार्मेसी २ रेडियोग्राफी २ आयुर्वेद २ र नर्सिङ २ मैले उक्त सूचना अनुसारको उम्मेद्वार हुने सबै शर्त योग्यता पूरा गरेकोले उम्मेद्वारको निमित्त दरखास्त दिएँ र मलाई विधिवत उम्मेद्वार बनाइयो । ३. म सामान्य चिकित्सा जसका निम्ति उपरोक्त बमोजिम १८ सिट छुट्याइएको छ सोही सिट मध्ये एकमा छानिने योग्य छु । उक्त १८ सिटको छनौटमा अन्तर्वार्ता लिनुपर्ने भई केवल योग्यताको आधारमा छानिने प्रकृया अपनाउनुपर्ने र चिकित्सा शास्त्र अध्ययन संस्थानबाट अपनाइएको भनी मलाई भनियो । त्रि.वि.वि.को उपकुलपतिज्यूसँग भन्दा पनि फेरि यस्तो मौका आएमा छान्ने आश्वासन सम्म प्राप्त भयो । डिन चिकित्सा शास्त्र अध्ययन संस्थानमा २०३९।१२।२३।४ मा छानिनु नपर्ने अन्याय मेटाई सूचना पाउन सादर अनुरोध गर्दै निवेदन दिएँ डिन समक्ष यस विषयमा के भयो भनी बुझ्न जाँदा यसमा मैले केही गर्न सक्दिन जहाँ जानु छ जाउ भनी जवाफ पाएँ । मैले जाने र विश्वास गरेअनुसार म भन्दा कम प्रतिशत अंक भए पनि एम.वि.वि.एस.मा छानिएका १५ जना छन् जसमध्ये द.नं.३ नारायण सिंह गुरुङ (५९ प्रतिशत) द.नं.८ भगवानभक्त श्रेष्ठ (६० प्रतिशत) द.नं.२२ गोपीप्रसाद हिराचन (६० प्रतिशत) द.नं.२४ दिनेशविनोद पोखरेल (६०.६ प्रतिशत) द.नं.१५५ भोलाराम श्रेष्ठ (५४ प्रतिशत) म सरह नै त्रि.वि.वि.सेवामा छन् र म सरहकै सेवा हैसियतका छन् । अरूहरू श्री ५ को सरकारको वा अरू अन्य सेवामा छन् । तर मेरो छनौट नभई निजहरू छानिएका छन् । उपरोक्तबाट स्पष्ट छ कि एम.वि.वि.एस.मा भर्नाको निमित्त गरिएको छनौट धाँधलीपूर्ण आफ्नो आफन्त र साधन शक्ति (Source Force) को भरमा पाउने भएको छ । वास्तविक योग्यता (Meri