निर्णय नं. १७५६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७५६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२४ २४७२ निर्णय नं. १७५६ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. २०२० आदेश भएको मिति : २०४०।९।२४।१ मा निवेदक : जि.मकवानपुर वज्रवाराही गा.पं.वार्ड नं.३ कुन्दार बस्ने रामलाल गोपाली विरूद्ध विपक्षी : का.जि.का.न.पं.टंकेश्वर ताहचल बस्ने धर्मलाल ध्वज मरी मुद्दा सकार गर्ने निजको छोरा का.जि.का.न.पं.वडा नं.२३ चिकंमुगल बस्ने श्यामलाल ध्वजु समेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) जग्गामा नै तेरो मेरोको विवाद परेपछि हक बेहक गर्ने सम्बन्धमा जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिमको कार्यविधि अपनाउनुपर्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामनाथ मैनाली विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ : २. जिल्ला मकवानपुर टिस्टुङ गा.पं.वार्ड नं.६ को कि.नं.१४९१ को जग्गा पिता सिं नारायण गोपालीको हकभोगको पिताजीको मृत्यु पश्चात मेरो नाममा नामसारी गर्न बाँकी रहेको कित्ता १२ ऐ.कि.नं.१४९२ को रोपनी १–६–२ जग्गा साविक जग्गाधनी जिग्रीनारायण गोपालीबाट मिति २०३६।११।१० मा राजीनामा गरी लिएको मेरो स्वामित्व हकभोगको जग्गा हो उपरोक्त जग्गाको ज.ध.द.प्र.पू.को लागि सिफारिश पाउँ भनी विपक्षी मध्ये धर्मलालको हदचोक गा.पं.मा निवेदन परेकोमा उक्त जग्गाहरूमा जग्गाधनी धर्मलाल र कि.नं.१४९१ मा मोही मेरा पिताजी र कि.नं.१४९२ मा मोही जिग्रीनारायण बनाई गा.पं.ले ०३८।३।२४ मा सिफारिश दिएको रहेछ । विपक्षी मालपोत कार्यालयले मलाई बयान गराउँदा उक्त जग्गाहरूको जग्गाधनी धर्मलाल नभएर म हुँ भन्ने जिकिर लिँदालिँदै उक्त जग्गाहरू धर्मलालको नाउँमा दर्ता गर्नुपर्ने भनी ०३९।५।६ मा टिप्पणी आदेश भयो। ३. उक्त निर्णय न्यायिक मनको अभावमा भएको छ मिति २०३६।११।१० मा कि.नं.१४९२ को जग्गा मेरा नाममा दर्ता गरी २०३६।११।१६ मा प्रमाण पूर्जा समेत दिएको छ फेरी सोही जग्गा धर्मलालको नाउँमा दर्ता गर्नाले मालपोत कार्यालयको निर्णय परस्पर बाझिएको छ । मैले विपक्षी मालपोत कार्यालयमा ०३८।६।९ मा कि.नं.१४९१ कि.नं.१४९२ को जग्गा मेरो हो भनी बयान गरेपछि हक बेहकको निर्णय गर्नपर्ने स्थिति उत्पन्न भएको छ । यस्तो हक बेहकको निर्णय गर्ने अधिकार विपक्षी कार्यालयलाई छैन । चलेको मुद्दामा मैले तारिख छोडेको हुँ गाउँ पञ्चायत दहचोकले जर्वजस्ती नभएको कुराको सिफारिश गरेको छ । सो सिफारिश बाहेक धर्मलालको नाउँमा दर्ता गर्ने कुनै प्रमाण छैन । तसर्थ बिना प्रमाण गैरकानुनी रूपमा उपरोक्त जग्गाहरू धर्मलालको नाउँमा दर्ता गर्ने गरेको मालपोत कार्यालयको टिप्पणी आदेश उत्प्रेषण वा उपयुक्त आदेश वा पूर्जि जारी गरी बदर गरिपाउँ भन्नेसमेत रिटनिवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने समेत सर्वोच्च अदालत सिङलबेञ्चको ०३९।१०।६ को आदेश । ५. मेरो साविक टिस्टुङ गा.पं.वार्ड नं.३ कि.नं.१४९१ र १४९२ को जग्गा दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा पाउँ भन्ने समेत धर्मलाल ध्वाजुको निवेदन परेकोमा रिट निवेदकले मेरो नम्बरी हो भनी ०३