निर्णय नं. १७५७ - उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७५७ - उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२४ २२२६ निर्णय नं. १७५७ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. ११२२ आदेश भएको मिति : २०४०।९।२४।१ मा निवेदक : जि.झापा काकरभिट्टा गा.पं.वा.नं. ३ बस्ने उमेशचन्द्र थापा मगर विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय, चन्द्रगढी झापासमेत विषय : उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) भरपाई पेश गर्नसकेको छैन । साविक जग्गाधनीसँग कबुलीयत भएको छ भन्ने रिट निवेदकको भनाई पनि नदेखिनुको साथै भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) को प्रक्रिया पूरा भएको भन्न समेत सकेको नदेखिएकोले यस्तो स्थितिमा अ.बं.१३९ अनुसार साविक जग्गाधनीलाई बुझ्नु निष्प्रयोजन समेत हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षीतर्फबाट : विद्वान स.अ.श्री पन्नामान तुलाधर र विद्वान व.अधिवक्ता श्री कृष्णप्रसाद पन्त आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा विपक्षी कार्यालयको ०३९।५।२३।४ को निर्णय बदर गरी हनन् भएको हकको प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. विपक्षी भुवन दिव्येश्वरी राणाको नाउँमा दर्ता रहेको कि.नं.१४६, २१८, २२०, २१४, २१५, २८७ र २४० समेतको जग्गा बिगहा २–१५–५ मा ०३४ सालदेखि कमाई आएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भू.सु.का.झापाका मेरो निवेदन परेकोमा कूत कबुलीयतको अभावमा मोही कायम गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याई भू.सु.का.ले गरेको निर्णयमा मुलुकी ऐन अ.बं.१३९, १८४(क) १८६, १८९ नं. तथा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४३(१) ऐ.३४(२) र प्रमाण ऐन, ०३१ को दफा ३ र ५४ समेतको त्रुटि भएको छ किनभने राजीनामा पास गराई लिने अन्य जग्गाधनीहरूलाई बुझ्नुपर्नेमा बुझिएन डम्बरबहादुरले जग्गामा हक प्राप्त गर्नु पूर्वको स्थितिको मेरो प्रमाणलाई मान्यता नदिई डम्बरबहादुर समेतको भर्पाई माग गरिएको छ, विपक्षी दिव्यश्वरी राणाले १० दिने म्याद बुझी प्रतिवाद नगरी मेरो दावी स्वीकारी बसेकी छन् । तसर्थ त्यस्ता त्रुटिपूर्ण निर्णयबाट मेरो मौलिक हकमा आघात परेकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी कार्यालयको मिति ०३९।५।२३।४ को निर्णय बदर गरी हनन् भएको हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन रहेछ । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नुभन्ने सिङलबेञ्चको मिति ०३९।१०।२६।४ को आदेशानुसार प्राप्त लिखितजवाफको जिकिर संक्षेपमा यसप्रकार रहेछ । ४. निवेदक उमेशचन्द्र थापाले कूत बुझाएको भर्पाई बाहेक जग्गाधनीबाट कूत कबुलीयत भएको प्रमाण पेश नगरेको र मालपोत बुझ्दा जग्गाधनी फरक परेको साथै उजूर गर्नु अगावै जग्गाको स्वामित्व सरी सकेपछि सो नदेखाई उजूर परेको हुँदा यसरी सबूत प्रमाणको अभावमा मोही कायम गर्न मिल्ने नहुँदा वादी दावी नपुग्ने ठहर्याएको निर्णयबाट निवेदकको कुनै हकमा आघात पुगेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.चन्द्रगढी झापाको लिखितजवाफ रहेछ । ५. विपक्षी रिट निवेदकले मोहियानी कायम गरिपाउँ भनी निवेदन दिँदा जग्गा कमाउन लिँदा दिँदाको कबुलीयतमा पेश गर्नसकेको छैन, विपक्षीसँग साविक जग्गाधनीको कबुलीयतनामा छैन । यी व्यक्तिहरू (जग्ग