निर्णय नं. १७५८ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७५८ - ज्यान भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२४ २५०९ निर्णय नं. १७५८ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको फौ.पु.नं. ३१९, फा.सा.नं. ८६ फैसला भएको मिति : २०४०।९।२४।१ मा पुनरावेदक/वादी : सार्की सेर्पाको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : सि.पा.जि.कुनचक गा.पं.वार्ड नं.९ भरुवा पारी घर भई दोलखा जिल्ला कारागारमा थुनामा रहेको विष्णुबहादुर खत्री मुद्दा : ज्यान (१) वारदात स्थलमा ज्वारीकोट भएकोले अनुमान र शंकाको आधारमा मारेको भन्ने स्थिति हुँदैन । एकअर्काको ज्वारीकोट सट्टापट्टा हुनसक्ने सम्भावना नभएको भन्न नसकिने । (प्रकरण नं. २३) पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।५।१३ को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी र साधक निकासाको लागि समेत पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : २. वि.गु.गा.पं.वडा नं.७ ठिमसिं भन्ने जंगलमा नमालुम कहाँको अपरिचित मानिसको लास रहेछ खुकुरीको चोट लागेको लासको १ हात फरकमा एउटा दाप भएको खुकुरी र एउटा दापबाट झिकिएको खुकुरी समेत देखिएकोले दरखास्त गर्न आएको छु कानुनबमोजिम होस् भन्ने ०३४।१२।१३ को सार्की सेर्पाको दरखास्त । ३. वि.गु.गा.पं.वडा नं.७ बाह्रविसे जाने बाटो देखि उत्तर पूर्वका बीच सुकेको ढलेको रुखको बीचमा अपरिचित लोग्ने मानिसको लास भएको हातको पाँचै औंला हतियारले काटिएको कान्छी औंला र चोर औला पूरै छिनेको बाँकी औंला बाँया हातको पाँचैवटा काटिएको र टाउकाको सम्पूर्ण भाग चकनाचुर पारी हतियारले काटिएको दुबै कान काटिएको लासको शिर देखि १ हात फरकमा काठको बिँड भएको धारा दोब्रेको रगत लागेको नयाँ खुकुरी र सो खुकुरी देखि अं. ४ हात फरक दाप जडान नयाँ खुकुरी भेटिएको खुकुरी झिकी हेर्दा रगत लागेको देखिएको पुरानो अछार्नाे सुतीको कमिज, टेर्लिङको कमिज समेत ३ वटा कमिज रगतै रगत लागेको भेटिएको र अरू कपडाहरू ज्वारीकोट समेत भेटिएको, पकेट खोली हेर्दा चौतारा अस्पतालको पुरानो च्यातिएको विष्णुबहादुर नाम भएको ०३३।८।१३ को उपचार पूर्जि भेटिएको भन्ने समेत व्यहोराको लासप्रकृति मुचुल्का । ४. घटनास्थलमा प्रहरी अधिकृतबाट अनुसन्धान हुँदा लास रहेको वरीपरी कपडा र खुकुरी देखिँदा कहीँ जान लागेको लाहुरे हुनुपर्छ सो मानिसलाई मार्ने को हो ? थाहा छैन, उक्त खुकुरी हाम्रो गाउँमा बनेको होइन बाटो हिँड्ने मानिसलाई कसैले काटेको हुनुपर्छ भन्ने समेत व्यहोराको मुचुल्का । ५. घटनास्थलमा भेटिएको कागजातमा लेखिएको मानिस बुझ्न जि.प्र.जि.का.सिं.पा. चौतरालाई पत्र लेख्दा मानिस उपस्थित गराएको । ६. जि.प्र.नि.का.चरीकोटबाट बोलाएको छ भनी जि.प्र.नि.का.चौताराबाट मौखिक भनेको हुँदा हाजिर हुनआएको छु । लासप्रकृति मुचुल्का, बरामद भइआएको चिज देखाउँदा देखेँ बरामदी माल मध्ये नाइलनको सेतो कमिज मेरो हो दिलबहादुरले लगाएको हेरी पहिचान गरेँ मृतक छोरा दिलबहादुर हो । काठको दाप भएको खुकुरी हाम्रो सिं.पा. जिल्लामा बनाएको हो । मेरो छोरा दिलबहादुर अधिकारी भाँडाहरूको व्यापारी काम गरी बेची आउँथ्यो तर ०३४ साल बैशाख देखि घर नआई खोजी गर्दा पत्ता लगाउन सकिँन । ०३३ साल फाल्गुणमा मृतक छोरा दिलबहादुर र विष्णुबहादुर खत्री भाँडा बिक्री गरी हिँड्ने गरेको थियो हिसाब किताब नमिलेकोले क