निर्णय नं. १७६० - चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७६० - चलन चलाई पाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/०४ २७९७ निर्णय नं. १७६० ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.पु.नं. ४७८ फैसला भएको मिति : २०४०।९।४।२ मा पुनरावेदक/प्रतिवादी : भ.पु.जि.बालकुमारी गा.पं.वार्ड नं.६ दुई पोखरी बस्ने चन्द्रकुमार साहू श्रेष्ठ विरूद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.२९ बस्ने बद्रीलक्ष्मी जोशी मुद्दा : चलन चलाई पाउँ (१) अंश मुद्दाबाट अंशबण्डा नछुट्टी कसको हक कायम हुने भन्ने कुराको निर्णय भई नसक्दै मेरो हकको सम्पत्ति भनी राजीनामा गर्न पाउने हक नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्वत १. पुनरावेदनको अनुमति पाउँ भन्ने चलन चलाई पाउँ भन्ने मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको ०३८।६।२८।४ को निर्णय दोहर्याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको मुद्दा ०३९।९।१३।३ का फुलबेञ्चमा बहुमतको रायको आदेशानुसार अनुमति प्राप्त भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : विपक्षी इन्द्रकुमारीले मसँग रु.१७,००० कर्जा लिई पूर्व मूलबाटो पश्चिम सागल देखि विश्वनाथको घर उत्तर विपक्षी चन्द्रकुमारीको घर दक्षिण तिर्थरामको घर यति ४ किल्ला भित्रको मेरो हकभोगको स्ववासी भ.पु.जि.ठिमी दुई पोखरी टोलको पूर्व मोहडा उत्तर दक्षिण लङको दुई कबले चार नाले चार तल्ले पक्की झिगटी घर सो घरले चर्चेको लगापात समेत २०३२।८।२९।२ फार्छे लेखी दिएको २०३३।३।१ का दिन अन्दाजी १ बजे निजले चलन गर भनी घर छाडी दिएको निजको भिन्न भएको भाइ चन्द्रकुमारले मेरो अंश भागको घर हो छाडी दिन भनी छाडी नदिएकोले चलन चलाई पाउँ भन्ने फिरादपत्र । ३. वादीलाई बिक्री गरेको घर सदर गरी वादी दावाबाट अलग फुर्सत गरिपाउँ भन्ने समेत इन्द्रकुमारको प्रतिउत्तर अंश मुद्दाबाट बण्डा हुने घर बण्डा भएको छैन, त्यो नाप चार किल्लाको पनि छैन भन्ने इन्द्रकुमारको कुन घर के हेरी रु.१७,०००। मा लिएको प्रतीत पर्ने कुरा नभई इन्द्रकुमार र यो वादी मिली झुठ्ठा लिखत खडा गरी यो झुठ्ठा नालेस गर्न आएको हो । त्यसमा पनि कुनै घर यसरी मुद्दा परी रहेकै छ छुट्टिई छिनिएको पनि छैन भने त्यस्तो स्थितिमा निजहरू मिली कसरी बीच बीचै जुनसुकै किसिमले लिनुदिनु गरेको भए पनि सदर हुनसक्ने कुरो समेत होइन लिखत लेखाइकै बखत आवश्यक परे बयान गर्ने छु भन्ने समेत चन्द्रकुमारको प्रतिउत्तरपत्र । ४. मेरो आमाले मलाई बकसपत्र दिएको घर पूर्वपट्टि र बाबु चन्द्रकुमार समेतको बण्डा लाउने घर पश्चिमपट्टि जोडिएको थियो आमाको हकको घर मलाई बकसपत्र २०३२।३।१६ मा आमा कान्छीमायाले लेखी दिएको छ । इन्द्रकुमारले बद्रीलक्ष्मीलाई लेखी दिएको मेरो घरको दक्षिणपट्टिको आधा भाग समेत परेको छ भन्ने बुझिएको सूर्यलक्ष्मीले गरेको बयान । ५. मैले दाइजो पेवाबाट करीव ३० वर्ष अघि लिएको घर छोडी सूर्यलक्ष्मीलाई बकसपत्र गरी दिएको वादी दावीको किल्ला भित्र सो बकसपत्र दिएको घर आधी समेत पर्दछ भन्ने बुझिएको कान्छी श्रेष्ठको बयान । ६. दाजु भाइका बीचमा बण्डा छुट्टी नसकेको अवस्थामा वादीको दावीको घर उसको भागको पर्ने हो सो क