निर्णय नं. ८७३२ - जीउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७३२ - जीउ मास्ने बेच्ने भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2067/07/14 ४८१२ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं. ८७३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६३ सालको CR–०४३३, ०४५३, ०४५४ संवत् २०६६ सालको CR–०२१२ फैसला मितिः २०६७।७।१४।१ मुद्दा : जीउ मास्ने बेच्ने । पुनरावेदक प्रतिवादीः बाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.१ घर भै हाल कारागार कार्यालय बाँकेमा कैदमा रहेको श्याम भन्ने रुपबहादुर क्षेत्री विरुद्ध प्रत्यर्थी वादीः रञ्जना देवकोटा समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः बाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.११ घर भै हाल कारागार कार्यालय बाँकेमा कैदमा रहेको कमल खड्का विरुद्ध प्रत्यर्थी वादीः रञ्जना देवकोटा समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीःबाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.११ घर भै हाल कारागार कार्यालय बाँकेमा कैद रहेको सुशील क्षेत्री विरुद्ध प्रत्यर्थी वादीः रञ्जना देवकोटा समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः रञ्जना देवकोटा समेतको जाहेरीले नेपाल सरकार विरुद्ध पुनरावेदक प्रतिवादीःबाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.११ बस्ने सुशील क्षेत्री समेत शुरु फैसला गर्ने : मा.न्या.श्री प्रकाशराम मिश्र पुनरावेदन फैसला गर्ने : मा.मु.न्या.श्री कृष्णप्रसाद उपाध्याय मा.न्या.श्री जागेश्वर सुवेदी § मुद्दा हेर्ने न्यायाधीशसमक्ष गरेको प्रमाणित बयानलाई दवाव र प्रभावमा भए गरेको मान्ने हो भने न्याय प्रणाली नै निष्फल हुने अवस्था रहन्छ । मुद्दाको न्याय निरोपण गर्ने न्यायाधीशसमक्ष भएको त्यस्तो प्रमाणित बयान नै स्वतन्त्रपूर्वक नभएको भन्ने अविश्वसनीय कथनलाई स्वीकार गर्न नसकिने । § बकपत्र तत्काल नै हुने नभई समयको अन्तरालपछि मात्र झिकाई गरिने परम्परा रहेको अवस्थामा जाहेरवालाहरू पनि प्रभावमा अन्यथा बकपत्र गर्न सक्ने स्थिति इन्कार गर्न नसकिने । (प्रकरण नं.५) § जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ विशेष प्रकृतिको ऐन भएकोले पछि जाहेरवाला पीडित Hostile हुन सक्ने महसूस गरी अदालतबाटै पीडितको बयान प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान विद्यायिकाद्वारा राखिएको र सो बमोजिम नै प्रमाणित समेत भएको बयान व्यहोरालाई पछि आएर होइन भनिदिएकै भरमा प्रमाण ग्राह्य नहुने भन्न नहुने । § कसैले पनि न्यायिक प्रक्रियामा सत्य तथ्य कुरा खोली सही निष्कर्षमा पुग्न सहयोग गर्नुपर्ने हुन्छ । अन्यथा अदालत मात्रैले सही तथ्य पत्ता लगाई वास्तविक न्याय गर्न असमर्थ हुन्छ । झूठो कुराको जाहेरी दिने, बयान कागज प्रमाणित गरी दिने अदालतमा एक किसिमले आफ्नो भएको व्यहोरा लेखाई प्रमणित गर्ने गर्न लगाउन अनि साक्षी परीक्षणको प्रक्रियामा अन्यथा व्यहोरा लेखाई सत्य तथ्य नै भ्रमित गर्ने गरी विरोधाभाषपूर्ण कुराहरू राख्न अन्य व्यक्तिहरूको अतिरिक्त स्वयं पीडित भनेका मानिसहरूलाई पनि छूट दिन सकिन्न । राज्य र कानूनका संयन्त्रहरूलाई हलुकासँग आफ्नो स्वार्थमा प्रयोग गर्ने र अरुको हक हितमा प्रतिकूल स्थिति सिर्जना गरी राज्यका उपर अनुचित दायित्व सिर्जना गर्ने कार्य कुनै विन्दूमा पनि सह्य वा ग्राह्य हुन नसक्ने । (प्रकरण नं.६) § आवश्यक सुरक्षा र समर्थनका अभावमा न्यायिक प्रक्रियामा यथार्थ सहयोग गर्नु जोखिमपूर्ण हुने भै वाध्यतावस आफ्नो सही कुरा पुष्ट्याई गर्न सक्ने गरी बकपत्र गर्न नसकेको समेत स्थि