निर्णय नं. १७६१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७६१ - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२५ २४३४ निर्णय नं. १७६१ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको फौ.पु.नं. २४७ सम्वत् २०३९ सालको फौ.पु.नं. ४५० सम्वत् २०४० सालको फौ.सा.नं. १५५ फैसला भएको मिति : २०४०।९।२५।२ मा पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय कारागार साखा धनकुटामा थुनिई बस्ने हर्कबहादुर लिम्बू समेत विरूद्ध विपक्षी/वादी : रामबहादुर लिम्बूको जाहेरीले श्री ५ को सरकार र पुनरावेदक/वादी : रामबहादुर लिम्बूको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि.संखुवासभा सिद्धि पोखरी गा.पं.वार्ड नं.९ बस्ने धनकुमारी लिम्बू मुद्दा : कर्तव्य ज्यान (१) ज्यान मार्ने कुराको कुनै योजनाको अभावमा प्रतिवादीले केटीको विषयलाई लिएर तत्कालै उठेको रिसबाट कुटपिट गर्दा मरेको ज्यानसम्बन्धीको १३(३) बमोजिमको माग दावी भए तापनि प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको इन्साफ मनासिव देखिने । (प्रकरण नं. २३) प्रतिवादीहरूतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कक्ष मल्ल वादीहरूतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।११।२९।६ को फैसला उपर प्रतिवादी हर्कबहादुर लिम्बू समेतको र वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परेको र साधक सदरको निमित्त समेत प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : ०३४।१०।४ गते मेरो छोराको विवाहमा ज्वाइँ सुकबहादुर आएका थिए रातको ३ बजेको समयमा बाजाबाज गरी निज सुकबहादुरलाई कुचुके भन्ने लिम्बूले खुकुरीले हानी इन्द्रबहादुरले लात्तीले हानी मारे समाउन खोज्दा भागेकोले लास जाँच गरिपाउँ भन्ने रामबहादुर लिम्बूको जाहेरी दर्खास्त । ३. भाइ तेजबहादुरको विवाहमा म र लोग्ने सुकबहादुर आएका थियौं मेरो काखको सानो नानी लिई रातमा सुतेँ । झगडा भएको थाहा भएन । बिहान मात्र लोग्नेलाई कुचुके लिम्बू, इन्द्रबहादुर लिम्बू, कुचुकेको भाइ कन्छा कुचुकेको बहिनी ज्वाइँ समेत भएर कुटे अरे भन्ने सुनेँ अलि–अलि सास छँदै ल्याई पुर्याए ऐ ५ गते राति अं.९ बजे प्राण गयो कसको प्रहारबाट मरे भन्ने सुकबहादुरको श्रीमती मतिमायाको कागज । ४. भाइ तेजबहादुरको विवाहमा मानिस भेला भई धान नाच्न लागिरहेका थिए ज्वाइँ सुकबहादुर पनि गएका रहेछन् । जाहेरीमा परेका २ जना र अरू २ जना रहेछन् । बाजाबाज गरी लाठी समेतले हानेपछि सुकबहादुरलाई खोज्दा जंगलमा बेहोस अवस्थामा फेला पारी घरमा ल्याई ऐ ५ गते रात मरे भन्ने डम्बरबहादुर लिम्बू मोतिमाया लिम्बूनी समेतले प्रहरीमा गरेको कागज । ५. ०३४।१०।४ गते जाहेरवालाको छोराको विवाहमा आएका थियौ राति ३ बजे झगडा भएको सुनेँ कुचुके लिम्बू कुचुकेकै भाइ निजको बहिनी ज्वाइँ र इन्द्रबहादुर लिम्बू समेत भई केटीको निहँुमा झगडा हुँदा भाइ सुकबहादुरलाई कुटेपछि भाइलाई खोज्दा नभेटाएकोले घरमा गए कि भनी घर गए घरमा भेटिन दिउँसो भेटिएकोले हेर्न जाँदा मर्ने बाँच्ने दोसाँध भएको थियो हेरी घर आएँ राति ९ बजे प्राण गएछ भन्ने सन्चमायाको कागज । ६. माघ ४ गते विवाहमा म पनि गएको थिए राति धान नाचिरहेको बखत नाम नजानेको केटीसँग सुकबहादुर चल्न थालेछन् चल्दा केटीको नाकको ढुंग्री झरेछ । किन यसो गर्छस् भनी कुचुकेनीको भाइ कान्छो न