निर्णय नं. ८७३३ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७३३ - उत्प्रेषण, परमादेश भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2067/11/30 ३७५७ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं. ८७३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६६ सालको WO–०९३९ आदेश मितिः २०६७।११।३०।२ विषय : उत्प्रेषण, परमादेश । निवेदकः जयन्ती/थापा कन्स्ट्रक्शन जे.भी.(संयुक्त उपक्रम) काठमाडौँका अख्तियारप्राप्त खुमबहादुर थापा विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत § निर्माणको काममा प्रतिस्पर्धा गराउन बोलपत्र आव्हान गर्दा जे जति बोलपत्र बिक्री भए पनि ती सबै बोलपत्र दर्ता हुनुपर्छ भन्ने मान्यता राख्नु सान्दर्भिक र न्यायिक नहुने । (प्रकरण नं.३) § जुन आर्थिक बर्षका लागि भनी विनियोजित बजेट रकम निकासा भई निर्माण कार्य गर्नुपर्ने हुन्छ सो आर्थिक वर्ष समाप्त भएपछि बोलपत्र आव्हान गरिए वा गरिएको बोलपत्रअनुसारको कार्य हुन नपाई रोकिन गएमा त्यसले कुनै अर्थ नराख्ने । (प्रकरण नं.४) § मुद्दाको विवादित विषयमा अन्तरिम आदेश जारी भएपछि बोलपत्रबमोजिमको ठेक्का स्वीकृतिको लागि अन्तिम अवस्थामा पुगेका प्रक्रियागत कामहरू प्रारम्भ भई निरन्तर रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेशबमोजिम ठेक्का स्वीकृतिका लागि त्यस्तो अन्तिम अवस्थामा पुगेको बोलपत्र बिना आधार र कारण प्रक्रिया अवरुद्ध गरी रोकी पुनः टेण्डर गर्न लगाउन नमिल्ने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता बाबुराम दाहाल विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता धर्मराज पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः · सार्वजनिक खरीद ऐन, २०६३ को दफा २६(६) · अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२(१), ख आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– हामी रिट निवेदक नेपाल सरकारको सम्बन्धित निकायबाट निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४(घ) र निर्माण व्यवसाय नियमावली, २०५६ को नियम ६(१), ७ बमोजिम निर्माण व्यवसाय गर्ने इजाजतपत्र प्राप्त गरी निर्माण व्यवसायको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत रही देशका विभिन्न भागमा विभिन्न प्रकारको निर्माणका कार्यहरू गरिआएका छौं । हामीहरूले आफ्नो निर्माण व्यवसाय गर्नेक्रममा नेपाल सरकारबाट तोकिएको कर दस्तूरहरू समयमा नै बुझाई आएका हामी इमानदार र कर्तव्यनिष्ट निर्माण व्यावसायीहरू हौं । सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरीद नियमावली, २०६४ बमोजिम समेत निर्माण कार्यका लागि आव्हान भएका बोलपत्रहरूमा भाग लिई निर्माण व्यवसाय गरिआएका छौं । यसैबीच विपक्षी शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, लिवाङ रोल्पाले मिति २०६६।११।१ मा प्रकाशित गरेको बोलपत्र आव्हानसम्बन्धी सूचनामा विभिन्न ८ वटा निर्माण कार्यहरूका लागि सो सूचना प्रकाशित भएबमोजिम उपरोक्त सूचनाको सि.नं.०१ ठेक्का संकेत नं.01/HP/066067 नुवागाउँ हे.पो. भवन निर्माण कार्य नुवागाउँ रोल्पाको भवन निर्माण कार्यको लागि सार्वजनिक खरीद ऐन, २०६३ को दफा २(त) का आधारमा हामी निर्माण व्यवसाय गर्न इजाजत प्राप्त फर्म कम्पनीहरूले मिली सो कार्यालयमा तोकिएबमोजिमको सम्पूर्ण कागजातहरू संलग्न गरी बोलपत्र पेश गरेको थियौ । यसरी पेश भएको बोलपत्र सो कार्यालयले समयमा नै खोली हामीहरूको रोहवरमा मुचुल्का समेत तयार गरी प्रचलित कानूनबमोजिम ठ