निर्णय नं. १७६२ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७६२ - जग्गा भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२६ २७७८ निर्णय नं. १७६२ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको दे.पु.नं. ४८३ फैसला भएको मिति : २०४०।९।२६।३ मा पुनरावेदक/प्रतिवादी : भ.पु.जि.सिपाडोल गा.पं.वडा नं.८ बस्ने ठूली कान्छी थपेनीसमेत विरूद्ध विपक्षी/वादी : भ.जिल्ला सिपाडोल गा.पं.वडा नं.८ न्हाकडोल बस्ने कृष्णबहादुर बस्नेत क्षेत्री मुद्दा : जग्गा (१) अधिकारक्षेत्र भित्रको नभएको भनी नालेस खारेज गर्ने गरेको फैसला मनासिव हुँदा तहकिकात इन्साफ गर्नु भनी पठाएको इन्साफ उल्टी हुने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद ढुंगेल फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. ठूली कान्छी थपेनी समेतले पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : गूठी संस्थान भक्तपुर गूठी तहसिल तथा खर्च कार्यालयको ०३४।१२।१३ को टिप्पणी आदेश गैरकानुनी भएबाट रद्द गरी गूठी संस्थान ऐन, २०३३ को दफा २६ को देहाय दफा ४ अनुसार मोल रु.७,०००। जाने कि.नं.४०५ को जग्गा रोपनी ०–११–० कि.नं.४३६ को जम्मा रोपनी २–३–० समेत जम्मा २–१४–० को ३ खण्डको १ खण्ड जोताहा कृष्णबहादुरको पत्नी विपक्षी ठूली कान्छीका नाउँमा र २ खण्ड हामीहरूको नाउँमा दर्ता गरिपाउँ भन्ने समेतको व्यहोराको जना २ को फिरादपत्र । २. दर्ता सम्बन्धमा निर्णय दिन पाउने र कानुन अनुसार लगत दर्ता राख्न पाउने पूर्ण अधिकार छ । तसर्थ विभिन्न जिकिर गरेअनुसार म खास जोताहा खेमबहादुरको नाउँमा दर्ता गर्ने गरेको गू.सं. तथा खर्च कार्यालयको निर्णय अपील सदर राखी म खास जोताहाको माल संरक्षण गरिपाउँ भन्ने समेत व्यहोराको ठूली कान्छी खेमबहादुर जना २ को प्रतिउत्तरपत्र । ३. गूठी संस्थानलाई विपक्षी नबनाई मातहतको अड्डाका कर्मचारी उपरको वादी यस अदालतमा दायर हुने कानुनी व्यवस्था नभएकोले यो वादी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भ.पु.गू.सं. तथा खर्च कार्यालयको ख.शेषमणीको प्रतिउत्तरपत्र । ४. भ.पु. कार्यालयले सबै काम कारवाही गनै संस्थानको आदेश निर्णय अनुसार गर्नपर्ने कुरा गूठी संस्थान ऐनमा प्रष्ट नै भइरहेको भई गरेको निर्णय प्रतिवादीलाई असन्तुष्ट भएपछि सोही व्यहोरा दर्शाई आफ्नो पाउने छ्वाय बाली देखाई सो को प्रमाण समेतको गूठी संस्थानमा उजूर दिई गूठी संस्थानले नै यो निर्णय ठीक नभए बदर हुने नै थियो गूठी संस्थान उपर वादी नभएको यस स्थितिको यो वादी यस अञ्चल अदालतमा नलाग्ने हुँदा वादी खारेज गरिपाउँ भन्ने समेत हा.ना.सु.तोयराजको प्रतिउत्तरपत्र । ५. प्रस्तुत फिरादमा गूठी संस्थान पुतलीसडक अन्तर्गत भ.पु.गु. तथा खर्च कार्यालयका का.जि.न.पं.वडा नं.३१ बागबजार बस्ने ना.सू. तोयराज उपाध्याय समेतलाई प्रतिवादी तुल्याएको गूठी संस्थान ऐन, ०३३ को दफा ३(२) अनुसार गूठी संस्थान उपर नालेस लाग्न सक्ने भन्ने भएको र सोही ऐनको दफा ६२ अनुसार गूठी संस्थान वादी प्रतिवादी भएको मुद्दामा अरू कार्यवाही गर्न अधिकारक्षेत्र अञ्चल अदालतको हुने भएको हुँदा उपरोक्त अनुसार गूठी खर्च कार्यालयका ना.सु.तोयराज उपाध्याय समेत उपरको फिरादलाई संस्थानको उपरको भन्न मिल्ने नदेखिएको र सो संस्थानकै उपरको सम्झिएको अवस्थामा पनि प्र