निर्णय नं. १७६३ - परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७६३ - परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१० २२७३ निर्णय नं. १७६३ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. १८३५ आदेश भएको मिति : २०४०।९।१०।१ मा निवेदक : चिरंजीवीलाल राइस एण्ड आयल मिल्स भद्रपुरकोतर्फबाट चिरञ्जीवीलाल अग्रवाल विरूद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय कर विभाग काठमाडौं विषय : परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) स्थिर पूँजी रु.९,४३,०००। भएकोले अनुसूची अन्तर्गत पर्ने नै हुँदा निवेदकले उत्पादन शुरू गरेको मितिबाट ३ वर्षको आयकर छूट पाउनुपर्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार रहेछ । २. श्री ५ को सरकारबाट २०३३।१०।२६ मा इजाजत प्राप्त गरी आधुनिकीकरण गरी मिति २०३४।८।२ देखि उत्पादन शुरू गरेको उक्त उद्योगको स्थिर पूँजी रु.९,४३,०००। छ । यस उद्योगलाई चाहिने मेसिनरी पार्टपूर्जा समेतमा बिक्री करमा पूरै छूट तथा भन्सार महसूल एक प्रतिशतले मात्र तिरी उक्त सुविधा उपभोग गरी आएकोमा उक्त आधुनिक राइस मिलले आयकर सुविधाको लागि पटक–पटक उद्योग विभागमा निवेदन दिई सम्पर्क समेत राख्दा कारवाही गरी नदिएकोले पुनः निवेदन दिँदा कारवाही भइरहेको भनी जवाफ दिएको तर केही नभएकोले मिति २०३९।२।२६ मा उद्योग विभागमा र कर विभागमा निवेदन दिई सम्र्पक राख्दा सिफारिश गई सकेको भनी उद्योग विभागले भनेको र कर विभागमा सम्पर्क राख्दा आलेटाले गरी हालसम्म सुविधा प्रदान नगरेकोले निवेदन गर्न आएको छु । ३. उद्योग विभागबाट आधुनिकीकरण गर्न इजाजत पाई आफ्नो श्रोतमा आधुनिकीकरण गरी उत्पादन क्षमता एवं मजदूर र कामदारको संख्या समेतमा बृद्धिगरी मिति ०३४।८।२ बाट उत्पादन समेत शुरू गरेकोमा यस्तो उद्योगलाई आयकरको सुविधा प्रदान गर्ने भन्ने औद्योगिक व्यवसाय ऐन, २०३० स्पष्ट कानुनी व्यवस्था समेत भएको पाइन्छ । औ.व्य. ऐन, २०३० को दफा ८(१)(ग) अन्तर्गत आयात प्रतिस्थापक वा निर्यातमूलक उद्योगको वर्गीकरण भित्र यो उद्योग पर्दछ । यस्तो उद्योगलाई अनुसूची २ बमोजिम उत्पादन शुरू गरेको मितिबाट ३ वर्ष सम्मको खूद आयमा शतप्रतिशत आयकर मिन्हा दिइनेछ भन्ने सोही ऐनको दफा ९(१) ग (१) मा व्यवस्था भएको छ। निवेदकको उद्योग अनुसूची २ अन्तर्गत नै पर्दछ । निवेदक सरदको सगरमाथा आधुनिक राइस मिल्स भद्रपुर झापा निवेदक भएको रिट नं. २०३६।१०३९ मा सम्मानित सर्वोच्च अदालतबाट आयकर छूट प्रदान गर्ने भनी निर्णय समेत भएको छ । तसर्थ औ.व्य. ऐन, २०३० को दफा ९(१)(ग)(१) तथा ९(३) र दफा ११ समेत बमोजिम उत्पादन शुरू गरेको मिति ०३४।८।२ देखि ३ वर्षको शतप्रतिशत आयकरको छूट प्रदान गर्न तथा उक्त अवधिमा आयकर निर्धारण गरी असूल गरिएको कर रकम फिर्ता समेत दिनुभनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने समेत सर्वोच्च अदालत सिङलबेञ्चको २०३९।३।१५ को आदेश । ५. उद्योग सम्बन्धी कुरा उद्योग मन्त्रालयको कार्य क्षेत्र भित्र पर्ने र आयकर छूट सम्बन्धमा आवश्यक काग