निर्णय नं. ९२१७ - लागु औषध नाइट्राभेट ट्याबलेट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२१७ - लागु औषध नाइट्राभेट ट्याबलेट भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०३/०९ ७२७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।३।९।२ ०६९-CR-१०८० मुद्दा : लागु औषध नाइट्राभेट ट्याबलेट । पुनरावेदक/प्रतिवादी : भक्तबहादुर खड्काको छोरा जिल्ला नवलपरासी, धुर्कोट गा.वि.स.वडा नं. २ घर भई जिल्ला कारागार कार्यालय, भिमफेदी मकवानपुरमा थुनामा रहेको मानबहादुर खड्का विरूद्ध प्रत्यर्थी/वादी : प्रहरी हवलदार प्रेमलाल चौधरीको प्रतिवेदनले नेपाल सरकार § फौजदारी अभियोगमा वादी पक्षले प्रतिवादीमाथि लगाएको कसुरलाई शङ्कारहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा हुन्छ । अपराध पुष्टि गर्ने क्रममा शङ्काको गुञ्जायस रहनुहुँदैन । शङ्काको स्थिति उत्पन्न भएको अवस्थामा त्यसको फाइदा अभियुक्तमा जाने । § वादी पक्षले यी पुनरावेदक प्रतिवादीको सगँसाथबाट बरामद भएको लागु औषध बिक्री वितरणको लागि ओसार पसार, सञ्चय गरेको कुरा सम्बन्धमा शङ्कारहित तवरले पुष्टि हुने गरी प्रमाण पेस गरेको नदेखिँदा प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतमा आफूबाट बरामदी लागु औषध बिक्री वितरण, सञ्चय, ओसार पसार गर्ने कार्यका लागि नल्याई कुलतको बानी परेकाले सेवन गर्नका लागि खरिद गरीसम्म ल्याएको हो भनी लिएको पुनरावेदकको पुनरावेदन जिकिर तर्कसम्मतरूपमा पुष्टि भएको पाइने । (प्रकरण नं.३) पुनरावेदक/प्रतिवादीको तर्फबाट : प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४, १४(१) § प्रमाण ऐन, २०३१ को दफा २५ सुरू तहमा फैसला गर्ने : मा.न्या.श्री टेकनारायण कुँवर पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री दिनेशकुमार कार्की मा.न्या.श्री सत्यमोहन जोशी थारू फैसला न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतमा पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : मिति २०६८।७।१८ गते दिनको अं. १० बजेको समयमा जिल्ला मकवानपुर, चुरियामाई गा.वि.स. वडा नं ३ रातमाटेमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना. ४ ख. १५४१ नं. को बसलाई रोकी चेक जाँच गर्दा सो बसमा यात्रा गरी आएका मानबहादुर खड्काको शरीर तलासी गर्दा निजले लगाएको ज्याकेटको दायाँ अगडिको बगलीबाट लागु औषध नाइट्राभेट ट्याब्लेट १२० वटा फेला परेकाले लागु औषध र मानिससमेत दाखिल गरेको छु, कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.ह.प्रेमलाल चौधरीसमेतको प्रतिवेदन । मिति २०६८।७।१८ गते दिनको १० बजेको समयमा जिल्ला मकवानपुर, चुरियामाई गा.वि.स. वडा नं ३ मा ना. ४ ख १५४१ नं को बसमा यात्रा गरी आएका जिल्ला नवलपरासी, धुर्कोट–२ बस्ने मानबहादुर खड्काको खानतलासी गर्दा निजले लगाएको ज्याकेटको दायाँ अगाडि बगलीबाट लागु औषध नाइट्राभेट ट्याब्लेट १२० वटा बरामद भएको हो भन्नेसमेत व्यहोराको मिति २०६८।७।१८ को शरीर खानतलासी मुचुल्का । भारतको रक्सौलमा गई मेडिकलबाट रू ४५०।– मा १२० वटा नाइट्राभेट ट्याब्लेट खरिद गरेको हुँ । सो लागु औषध नाइट्राभेट ट्याब्लेट सेवन गर्नको लागि खरिद गर्न हिँडेको थिएँ । मलाई लागु औषध नाइट्राभेट ट्याब्लेट सेवन गर्ने बानी छ । काठमाडौं महँगो पर्ने भएकाले रक्सौलमा खरिद गर्न गएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी मानबहादुर खड्काले अधिकारप्राप्त अधिक