निर्णय नं. १७६४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७६४ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२२ २३५६ निर्णय नं. १७६४ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. ८५३ आदेश भएको मिति : २०४०।९।२२।६ मा निवेदक : का.जि.चिकंमुगल का.न.पं.वडा नं.२० बस्ने चन्द्रदास धोवी विरूद्ध विपक्षी : जग्गा नाप जाँच ऐन, ०१९ को संशोधन सहितको दफा ११(ख) बमोजिम गठित समितिका अध्यक्ष प्र.जि.अ.श्री योगेन्द्रनाथ ओझासमेत विषय : उत्प्रेषण (१) तेरो मेरो हकको प्रश्न उपस्थित भएकोमा ऐनको दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनुपर्नेमा प्रत्यर्थी जग्गा नाप जाँच ऐनको दफा ११(ख) अन्तर्गत गठित समितिले नै प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णय त्रुटियुक्त देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान व.अधिवक्ता श्री दिनेशमान प्रधान विद्वान स.अ.श्री इन्द्रराज पाण्डे विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुड्डाना आदेश न्या.हरगोविन्द सिंह प्रधान १. मिति ०३९।४।१५।६ को जग्गा नाप जाँच ऐनको दफा ११(ख) बमोजिम गठित समितिको निर्णय बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रिट निवेदनको संक्षिप्त तथ्य र निवेदन जिकिर यसप्रकार रहेछ । २. काठमाडौं नगरपालिका गोश्वाराको मिति ०१२।७।२२ को फैसलाले मर्मत र स्याहार संभार गरी सतल घर मेरा बाबु रामदास धोवीको भोग भइरहेको घर हो र ०३९ साल सम्म भोग मेरै हुनाले सो घर सत्तल मेरो हो भन्ने प्रष्टै भएकोमा जग्गा नाप जाँच ऐन बमोजिम नापीका अद्यावधी कार्य हुँदा कसैको उजूरी नपरी का.न.पं.वार्ड नं.६ हाल २० बस्ने श्री गणेशमान रंजितकारलाई लेखी म निवेदकलाई बोधार्थ दिई उक्त कि.नं.३२२ को घर चन्द्रदास धोबीको नभई कृष्णभजन मण्डली हुँदा कृष्णभजन मण्डलीका नाउँमा दर्ता गरिपाउँ भन्ने दावी अनुसार ना.अ.ज्यू. मा पेश हुँदा छोडपत्र अनुसार श्रीकृष्णको गूठी जनाई चन्द्रदास धोबीको नाउँमा दर्ता गरी दिने भन्ने आदेश भएको र सो अनुरूप स्ववासी घर जग्गाको अस्थायी प्रमाणपत्र समेत पाइसकेकोमा पछि वडासमितिको पत्र बमोजिम उक्त कि.नं.३२२ को सत्तल तपाईको निजी नभई श्रीकृष्ण देवताको सत्तल भएकोले पूर्जा रोक्का गरिपाउँ भनी निवेदन दिएकाले कुनै ठोस प्रमाण भए उपस्थित हुनआउनु नआए उक्त दर्ता बदर हुने तर्फ कारवाही हुने छ भनी पत्र प्राप्त भएपछि हक बेहकमा निर्णय गर्ने अधिकार नापी कार्यालयलाई नभएकोले सो दर्ता बदर गर्ने कार्य नहोस भनी प्रतिवाद परेकोमा मिति ०३९।४।१५ मा दफा ११(ख) बमोजिम गठित समितिले कि.नं.३२२ को श्री कृष्णको गूठी जनाई चन्द्रदास धोबीका नाउँमा दर्ता भएको उक्त घर जग्गा श्रीकृष्णको सत्तल सार्वजनिक जनाई दिई चन्द्रदास धोबीका नाउँमा भएको दर्ता बदर गरी दिने भनी निर्णय भयो । ३. उक्त निर्णय जग्गा नाप जाँच ऐनको दफा ६ र ७ को विपरीत हुनुको साथै दफा ११(ख) बमोजिम गठित समितिले हक बेहकमा नसुनाई दर्ता बदर गर्न पाउने होइन सो दर्ता बदर गर्ने गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ४. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नुभन्ने समेतको सिङलबेञ्चको आदेश रहेछ । ५. चन्द्रदास धोवीले पेश गरेको फैसलामा पनि सत्तल भन्ने उल्लेख भएकोले गठित समितिमा पेश गर्दा उक्त सत्तल चन्द्रदास धोवीको एकलौटी हक नभएकोले उक्त कि.नं.श्रीकृष्ण सत्तल सार्वजनिक जनाई