निर्णय नं. ८७३४ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७३४ - ज्यान मार्ने उद्योग भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/02/31 ४२६१ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं.८७३४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री सुशीला कार्की फौजदारी पुनरावेदन नं.–०६४–CR– ०६३७ फैसला मितिः२०६८।२।३१।३ मुद्दाः– ज्यान मार्ने उद्योग । पुनरावेदक वादीः रामविलास प्रसाद कुशवाहको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः सर्लाही जिल्ला, छटौल गा.वि.स. वडा नं. ७ बस्ने राजीनन सहनी समेत शुरु फैसला गर्ने :– मा.न्या.श्री देवराम पौडेल पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री विष्णुप्रसाद ढकाल मा.न्या.श्री राजेन्द्रराज पन्त § कुटपीटको वारदात र ज्यान मार्ने उद्योगको वारदात नितान्त फरक अवस्थाका कसूर हुन् । कुटपीटको वारदातमा सामान्य घाइते बनाउनेसम्मको मनसाय भए पनि ज्यानै लिने गरी प्रहार गर्ने इच्छानिहित रहेको हुँदैन र त्यस्तो परिणामको अपेक्षा पनि गरिएको हुँदैन, जुन ज्यान मार्ने उद्योगमा अन्तर्निहित रहने । § सामान्य कुटपीटको वारदातमा सामान्य हतियारको प्रयोग गरी पीडितलाई शारीरिक चोट पुर्याई घाइतेसम्म पार्ने उद्देश्यले सो क्रिया गरिएको हुन्छ भने ज्यान मार्ने उद्योगमा पीडितको ज्यानै लिने उद्देश्यले हतियारको प्रयोग गरिएको हुन्छ । यसरी कुटपीट र ज्यान मार्ने उद्योगको वारदातमा उल्लिखित कुराहरूको अलावा नियत र मनसाय तत्व प्रमुख रुपमा विचारणीय हुने । (प्रकरण नं.६) § ज्यान मार्ने उद्योगमा ज्यान मार्ने मनसाय थियो वा थिएन भन्ने कुरा पीडितउपरको प्रहारको पद्धति र हतियार प्रयोग गरिएको भए सो हतियारको प्रकृति र त्यसको प्रयोगको अवस्थाबाट पहिचान गर्न सकिने । § वारदातमा धार नभएको र धार भएको हतियार तथा गोली फायर हुने हतियारको प्रयोग र पद्धतिको अवस्था समान हुँदैन । धार नभएको वा भएको हतियार कुन हदसम्म कहाँ प्रहार गर्ने भन्ने प्रहारकर्ताले अनुभव गर्न सक्छ । पीडितलाई सामान्य घाउ चोट पार्ने वा प्रहार घातक बनाउने भन्ने कुरा प्रहारकर्ताको इच्छामा निर्भर गर्दछ । प्रहार घातक र ज्यान मार्न सक्ने किसिमको छ भने त्यस अवस्थामा ज्यान मार्ने उद्योगको कसूर हुन वारदातको अवस्था र प्रकृतिअनुसार तेस्रो पक्षको उपस्थिति आवश्यक हुन सक्ने अवस्था पनि रहन जान्छ । तर गोली फायर गर्ने हतियारको प्रयोगको अवस्था भने अन्य हतियार प्रयोगको अवस्था जस्तो हुँदैन । गोली प्रहार गर्दा प्रहारकर्ताले चाहेको हदसम्म गोलीको असरलाई सीमित गर्न नसक्ने । § कुनै मानिसलाई ताकेर गोली प्रहार गरिएको छ भने त्यो निश्चित रुपले सो मानिसको ज्यानै मार्नका लागि प्रहार गरिएको भनी स्वाभाविक निष्कर्षमा पुग्न सकिने । § बन्दूकको गोली प्रहार सामान्य शारीरिक क्षतिको लागि वा कुटपीटबाट पर्न सक्ने जस्तो चोट पुर्याउनका लागि हुँदैन । ज्यान मार्ने नै नियतले गोली प्रहार गरिएको भए पनि निशाना गलत भएमा वा पीडितको तत्कालको छलछाम वा आफूलाई बचाउन शरीरलाई गतिशील तुल्याएर होस् वा हान्ने मानिसको निशाना छल्न अन्य उपाय गरेर होस, प्रहारकर्ताको प्रहार सही ठाउँमा लाग्न नसकी पीडित मर्न नसकेको हुन्छ वा घाइते भए पनि तत्काल प्राप्त उपचारको कारण मर्न नपाएको हुन सक्छ । यी कुराहरू कुटपीट र ज्यान मार्ने उद्योगको कसूर कायम गर्ने सन्दर्भमा न्यायिक विश्लेषण र प्रमाण मूल्याङ्कनको विषय हुने । (प्रकरण नं.७) § ज्यान सम्बन्धी अपराधमा ज्यान मार्ने उद्योगको कसूरमा अक्सर तेस्रो पक्षको उपस्थितिलाई ग