निर्णय नं. १७६५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७६५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१७ २३२२ निर्णय नं. १७६५ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ को रिट नं. ११३२ आदेश भएको मिति : २०४०।९।१७।१ मा निवेदक : जि.सुनसरी वारहक्षेत्र गा.पं.वडा नं.६ बस्ने समजिङ शेर्पासमेत विरूद्ध विपक्ष : श्री भूमिसुधार अधिकारी भू.सु.का.सुनसरीसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) जग्गा दर्तावाला रिट निवेदकहरूलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी रिट निवेदकहरूका नाउँमा दर्ता भएको जग्गामा प्रत्यर्थीले मोही कायम गर्ने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या.हरगोविन्द सिंह प्रधान १. मिति ०३९।४।२१।५ को भू.सु.का.सुनसरीको निर्णय र मिति ०३९।६।१३ को आदेश पर्चा समेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ बमोजिम पर्नआएको प्रस्तुत रिट निवेदनको जिकिर तथा संक्षिप्त तथ्य यसप्रकार छ : २. विपक्षी भवानीप्रसादका दर्ता हकभोगको महेन्द्रनगर गा.पं.वडा नं.६ को कि.नं.१०२ जग्गा बिगहा १–१०–० मध्ये आधा म समजिङ शेर्पा र आधा म निमाबहादुर शेर्पाले मिति ०३८।१२।४ मा राजीनामा गरी लिएको त्यस बखत सम्म कार्यालय श्रेस्तामा मोही जनिएको थिएन उक्त जग्गा कित्ता फोडी हाल कि.नं.२७२ म निमाबहादुर र कि.नं २७४ म समजिङको नाउँमा कायम भएको छ । यस्तो जग्गामा पछि ०३९।१।१० मा विपक्षी भवानीप्रसादले मैले बाली बुझाएको भर्पाई छ भनी विपक्षी कार्यालयमा मोहियानीमा विपक्ष माधवप्रसादलाई जग्गावाला बनाई उजूर गरेको र त्यस उपर माधवप्रसादले प्रतिवाद नगरी म्याद गुजारी बसेको रहेछन् । विपक्षी कार्यालयले म्याद गुजारी बसेको र मिति ०३९।१।७।३ को पत्र साथ प्राप्त सरजमीन मुचुल्का र भर्पाईलाई आधार लिई विपक्ष भवानीप्रसादलाई मोही ठहर्याई निर्णय गरी मालपोत कार्यालयलाई मोहीको नाममा पूर्जा बनाई दिने भन्ने आदेश जारी गरेको पाइयो । ३. भवानीप्रसादले हाम्रो विवादित जग्गा कमाएको छैन कमाएको भए कुन साल मितिबाट कमाएको हो खुलाएको छैन । मोहियानी हक ऐन आउनु भन्दा अघिबाटै कमाएको भए ऐन आएपछि १ नं.अनुसूची भर्नु पर्ने २ नं.अनुसूचीको लगत प्रकाशन हुनुपर्ने ४ नं.जो.अ.नि.प्राप्त गर्नुपर्ने र पछि कमाएको भए ऐनको दफा ३४(१) को कार्यविधि पूरा गरेको हुनपर्ने थियो तर यस्तो केही भएको छैन । सरजमीन मुचुल्काको सम्बन्धमा हेर्दा सो मुचुल्का मुद्दा पर्नु भन्दा अघि नै भएको देखिन्छ र सरजमीनलाई कानुनले निर्दिष्ट गरेको सबूत प्रमाणको अभावमा स्थान दिन नहुने र भर्पाई २ पक्षको मिलेमतोबाट भएकोले प्रमाणमा लिन हुँदैन । जग्गा हाम्रो नाउँमा दर्ता छ दर्ता श्रेस्ताबाट मोही ठहर्याएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत भएबाट विपक्ष कार्यालयको उक्त निर्णय बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन रहेछ । ४. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नुभन्ने समेतको मिति ०३९।९।२ को सिङलबेञ्चको आदेश रहेछ । ५. साविक जग्गाधनीले दिएको भर्पाई २ सरजमीनको आधार साथै प्रतिवादीले म्याद गुजा