निर्णय नं. १७६७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७६७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०३ १९७९ निर्णय नं. १७६७ ने.का.प. २०४० अङ्क १० फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.फु.नं. ५९ आदेश भएको मिति : ०४०।१०।३।३ मा निवेदक : जि.मोरङ विराटनगर नगरपञ्चायत वार्ड नं.३ बस्ने मधुसूधन न्यौपाने विरूद्ध विपक्षी : भू.सु.अ.भूमिसुधार कार्यालय मोरङसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) लाचारी वा गल्ती, न्यायिक निर्णयको आधार बन्न सक्तैन । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा :निवेदक काशिराम राजवंशी विरूद्ध भू.सु.का.मोरङ समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने विषय (नि.नं. ९९५ ने.का.प. २०३३ (पृष्ठ १७६) मा फुलबेञ्चबाट सिद्धान्त प्रतिपादित । आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. प्रस्तुत रिट निवेदनपत्र डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यसप्रकार छ : जि.मोरङ झापा वैजनाथपुर गा.पं.वडा नं.८(क) ९(क) को कि.नं.३९, ४० र १०६ को अवल जग्गा बिगहा ३–१५–१० को जग्गाधनी म निवदेक र विपक्षी पुरन चौधरी थारु मोही कायम हुनुहुन्थ्यो उक्त जग्गाको २०३४ सालको कूतबाली विपक्षी मोहीले यामभित्रै मलाई नबुझाएको र सम्बन्धित निकायमा धरौटी समेत नराखेको हुनाले मैले पाउने ऐन बमोजिमको कूत धान मन ४१।।४। र पाटा १९७ मनको प्रति मन धान के रु.६२। र पाटा मन १ के रु.१२५। का दरले हुने जम्मा रु.२,७०८।४८ दिलाई कूत नतिर्ने अन्यायी मोहीलाई निष्काशन गरिपाउँ भन्ने र वादी दावी बमोजिमको जग्गाको म मोही हुँ वादी दावीको कूत मध्ये धान मन ३२–२० बुझाई भर्पाई माग्दा बाँकी धान समेत बुझाए पछि दिउँला भन्ने प्रतिउत्तर कूत नबुझाएको भन्दैमा मोहीबाट वञ्चित गरी दिएमा प्रतिवादीलाई चर्को पर्न जाने हुँदा प्रतिवादीको मोही यथावतै कायम रहने गरी वादीले प्रतिवादीबाट कूत भरी पाउने ठहर्छ भन्ने भूमिसुधार कार्यालय मोरङको निर्णय । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ बमोजिम मोहीले जग्गावालालाई बुझाउनुपर्ने कूत प्रत्येक साल तोकिएको समय भित्र बुझाई सक्नुपर्छ वा बुझी लिएन भने ऐ.दफा ३६ बमोजिम धरौटी राख्नुपर्ने मोहीको दायित्व कानुन निर्दिष्ट बाध्यात्मक व्यवस्था हो । जग्गाधनीलाई तोकिएको समयमा कूत बुझाउने मोहीलाई भूमिसम्बन्धी ऐनको दफा २९(१) बमोजिम निष्काशन गर्नुपर्ने कानुनी व्यवस्थालाई भूमिसुधार अधिकारीले परित्याग गरेको छ । भूमिसुधार अधिकारीको निर्णय वस्तुनिष्ट नभई मनोगत धारणाले ग्रसित भएको निर्विवाद छ । वस्तुनिष्ट निर्णय गर्दा बाली भराउने मात्र होइन कूतै पनि नतिर्ने र धरौट पनि नराख्ने मोहीलाई भूमिसम्बन्धी ऐनको दफा २९(१) बमोजिम निष्काशन गर्नुपर्नेमा निष्काशन नगर्ने गरी गरेको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ तथा दफा २१(१) को प्रतिकूल भएकोले उत्प्रेषण वा अन्य आज्ञा, आदेश, पूर्जि जारी गरी विपक्षी भूमिसुधार कार्यालय मोरङको निर्णय बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन । ४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नुभन्ने मिति २०३८।११।१९ गतेको सिङलबेञ्चको आदेश । ५. विपक्षी मध्येका पुरन चौधर