निर्णय नं. ८७३८ - कित्ताकाट दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७३८ - कित्ताकाट दर्ता बदर दर्ता भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/05/05 ४२६२ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं.८७३८ सर्वोच्च अदालत संयुक्त इजलाश माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती सम्वत् २०६२ सालको दे.पु.नं.८६७८ फैसला मितिः २०६८।५।५।२ मुद्दा : कित्ताकाट दर्ता बदर दर्ता । पुनरावेदक वादीः जिल्ला महोत्तरी सरपल्लो गाउँ विकास समिति वार्ड नं ८ हाल धनुषा नगरपालिका वडा नं.८ बस्ने शान्तिदेवी कोइरिन विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला धनुषा, जनकपुर नगरपालिका ६ को हाल वडा नं.४ बस्ने जैतुन खातुन शुरु फैसला गर्नेः– मा.न्या.श्री लेखनाथ घिमिरे पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री नन्दराज अधिकारी मा.न्या.श्री ऋषिराज मिश्र § अदालतको अन्तिम फैसला हरहालतमा कार्यान्वित हुनुपर्दछ भन्ने कुरामा विवाद उठाउनु मनासिव हुँदैन । अदालतले गर्ने अन्तिम फैसला कार्यान्वयन नहुने हो भने फैसला गर्नुको कुनै तुक हुँदैन र कानूनद्वारा संरक्षित अधिकारको दुहाई दिँदै अदालत प्रवेश गर्नुको कुनै अर्थ हुँदैन । कार्यान्वयन नहुने फैसलाले न्यायको आभाष दिन नसक्ने । (प्रकरण नं.६) § फिराद गर्दा “तर्फ” को माग गरिएन भने पनि फैसला कार्यान्वयनको क्रममा कूल जग्गामध्ये कुन ठाउँबाट कसरी कित्ताकाट गरिदिने हो, त्यो यकीन गर्न सकिन्छ । यसरी यकीन गरिएको कुरालाई फैसलामा हुँदै नभएको फिरादमा दावी नै नभएको कुरामा प्रवेश गरेको मान्न नमिल्ने । § म्याद सूचना पाएर अनुपस्थित नहुनुको परिमाण फैसलाको प्रतिकूल कार्यान्वयन गरेपनि हुन्छ भनेर समर्पण गरेको अर्थमा ग्रहण गर्न नमिल्ने । § अदालतबाट भएको फैसला कार्यान्वयनमा हार्ने पक्षको वा जित्ने पक्षको असहमति वा सहमति कानूनले आवश्यक मानेको छैन । केवल फैसलाको प्रतिकूल सो कार्यान्वयन नहोस् भन्ने अभिप्रायले हार्ने तथा जित्ने दुवै पक्षलाई सूचना दिइने मात्र हो । फैसलाविपरीत कार्यान्वयन भए त्यसलाई चुनौती दिने कानूनी उपायको अवलम्बन गर्न पक्षहरू सक्षम हुन्छन् । उपचारका विविध उपाय भएको अवस्थामा आफूले उचित सम्झेको उपचार विधि छनौट गर्ने अधिकार सम्बन्धित पक्षलाई हुने । (प्रकरण नं.७) § सबूद प्रमाण तथा फैसलाको आसय तथा ठहर प्रतिकूल हुन गएको कार्यान्वयनले स्वतः कानूनी मान्यता पाउन नसक्ने । § कानून र न्यायले आफ्नो स्वरुप स्वयं निर्धारण गरिरहेका हुन्छन् । त्यसैले फैसलाको कार्यान्वयन सो अनुकूल हुनुपर्छ भन्ने कानूनी मान्यतालाई कुनै पक्षको आचरणकै कारणबाट तिलाञ्जली दिएको अर्थ लगाउन नमिल्ने । § फैसलाको प्रतिकूल हुने कार्यान्वयन प्रक्रियाको त्रुटि सच्चाउने कानूनी उपचारका मार्ग सम्बन्धित पक्षले नै रोज्ने कुरा हो । फैसला कार्यान्वयन गर्न अनावश्यक बखेडा झिकिएको अवस्थामा अदालतले त्यस्ता पक्षलाई कहिल्यै मद्दत गर्न नहुने । § फैसला कार्यान्वयन गरी काम सम्पन्न भएको मानिएको स्थितिमा फैसला प्रतिकूल गम्भीर त्रुटि गर्दै कार्यान्वयन भएको कुरा औल्याएर प्रचलित कानूनबमोजिम नै कुनै पक्ष अदालत प्रवेश गर्न चाहन्छ भने त्यसलाई ढोका थुन्नु न्यायको मान्यता होइन । सबूद प्रमाण समेतका वस्तुस्थितिले कार्यान्वयन भइसकेको फैसलाका हकमा समेत सो फैसला र त्यसको कार्यान्वयनमा तालमेल छ छैन, त्यसले कसैको अधिकारमा गम्भीरतम् रुपमा प्रतिकूल असर पारे नपारेको हेर्न नै मिल्दैन भन्नु न्यायोचित् नहुने । (प्रकरण नं.८) § कुनै पक्षलाई पूरै बाटोसँग जोडिएको जग्गा दिनु र अर्को पक्षलाई पिछवारको जग्गा