निर्णय नं. ८६०१ - बाबुको अंश छुट्याई वकसपत्रबमोजिम चलन समेत गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६०१ - बाबुको अंश छुट्याई वकसपत्रबमोजिम चलन समेत गरिपाऊँ । भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/०१/०७ ४२४६ ने.का.प.२०६८, अङ्क-०४, निर्णय नं. ८६०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६७ सालको CI- ०२७१ फैसला मितिः २०६८।१।७।४ मुद्दाः बाबुको अंश छुट्याई वकसपत्रबमोजिम चलन समेत गरिपाऊँ । पुनरावेदक वादीः भक्तपुर जिल्ला, चाँगु गा.वि.स. वडा नं. ४ बस्ने सनमाला तामाङ् समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः भक्तपुर जिल्ला, चांगु गा.वि.स. वडा नं. ४ बस्ने सुकुलक्ष्मी तामाङ् समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री पद्मराज भट्ट पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री देवेन्द्रगोपाल श्रेष्ठ मा.न्या.श्री ठाकुरप्रसाद शर्मा § बकसपत्र पाएको र भोग स्वामित्वमा चलन गरेको कुरामा अंशियाराले अन्यथा भनी म्यादभित्र नालेस उजूर नगरेको अवस्थामा बकसपत्रको लिखतमा हक नभएको भन्न नमिल्ने । § विवाहित छोरीहरू भए पनि बकसपत्र प्राप्त गर्दाकै अवस्थामा दाताकै घरमा रही बृद्ध पिताको सेवा पालनतालन गरेको र पिताको मृत्युपश्चात् पनि निरन्तररुपमा दान बकस पाएको सोही घरमा बसी भोगचलन गरी आएको परिप्रेक्ष्यमा भोगै गर्न नपाएको अवस्थामा २ बर्षभित्र भोग र चलनका लागि नालिस दिनुपर्ने भन्ने दानबकसको ५ नं. को व्यवस्थित हदम्याद आकर्षित हुन्छ भन्न नमिल्ने । § बकसपत्रका घर र जग्गाको क्षेत्रफलतर्फ यकीन गर्ने प्रयोजनका लागि फिराद गर्नु स्वाभाविकै भएको र यस्तो स्थितिमा बकसपत्रको लिखतको वैधतामाथि प्रश्न उठाउन पाइने दान बकसको ५ नं. दफाको हदम्याद आकर्षित हुन्छ भन्न कानून र न्यायको रोहमा उपयुक्त नहुने । (प्रकरण नं.२) पुनरावेदक वादीतर्फबाटः विद्वान अधिवक्ताद्वय रामबहादुर गौतम तथा कुष्माखर सापकोटा विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री भीमप्रसाद ढकाल अवलम्बित नजीरः सर्वोच्च अदालत निर्णय संग्रह २०६३, भाग १२, पृष्ठ २३२ सम्बद्ध कानूनः § मुलुकी ऐन, दानबकसको ५ नं. फैसला न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दोहोर्याई पाऊँ भनी निवेदन परी यस अदालतका अनुमतीले पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– जिजुबाजे पूर्ण सिंका एकमात्र छोरा पोत सि. भै पोते सिंकातर्फबाट छोराहरू क्रमशः जेठा बुद्धिलाल, माहिला मोतिलाल र कान्छा जीतलाल तामाङ् भई जेठा बुद्धिलालका तर्फबाट ३ छोरा क्रमशः वलबहादुर, दलबहादुर र तलकबहादुर तामाङ् हुन् । माहिला मोतिलालका तर्फबाट दुई छोराहरू कुवेर तामाङ् र कान्छा तामाङ् हुन् । त्यस्तै कान्छा जीतलाल तर्फबाट जगबहादुर र भवे तामाङ् हुन् । कुवेर तामाङ्को तर्फबाट छोराहरू क्रमशः कुलबहादुर, मैते र चेतबहादुर तामाङ् हुन् । कान्छा तामाङ्को तर्फबाट छोरीहरू हामी फिरादीको मात्र जायजन्म भई छोराहरू छैनन् । जिजुवाजे पूर्ण सिं जिजुबज्यै, पोते सिं तथा बज्यैको अगाडि नै मृत्यु भई मोतिलाल २०३६ र श्रीमती नानी तामाङ् २०३५ सालमा बुद्धिलाल २०२८ सालमा र उहाँको श्रीमती अगाडि नै कालगतिले मृत्यु भइसकेको छ । त्यस्तै जीतलालको २०६० र श्रीमती पातली तामाङ्को २०६३ र छोराहरू जगतबहादुर र कुवेरको २०५६ सालमा नै मृत्यु भइसकेको छ । त्यस्तै बुद्धिलालका छोराहरू जगतबहादुर २०५१ सालमा र तलकबहादुर २०१० सालमा अविवाहित अवस्था भै मृत्यु भैसकेको छ भन्ने हाम्रा बाबु कान्छा तामाङ्को २०६१ सालमा मृत्यु