निर्णय नं. ८७३९ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७३९ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/05/27 ३४५८ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं. ८७३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६३ सालको रिट नि.नं. ०६३–WO–०४४० आदेश मितिः २०६८।५।२७।३ मुद्दाः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः धादिङ्ग जिल्ला, नलाङ गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला, सितापाइला गा.वि.स. वडा नं. २ बस्ने गेहेन्द्रबहादुर मल्ल विरुद्ध विपक्षीः गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौँ समेत § फैसला कार्यान्वयन हुनुपर्ने माग गरे तापनि जिल्ला अदालतलाई मोहीसम्बन्धी शुरु मुद्दा हेर्ने अधिकारक्षेत्र नभएकोमा अधिकारक्षेत्र ग्रहण गरी गरिएको फैसलाको स्थिति कानूनतः शून्य (Void) भएकोले उक्त फैसलाको कार्यान्वयन नहुने । (प्रकरण नं.४) § विवादका जग्गाको आफू मोही भएको र त्यसको प्रमाण गुठीका महन्तले विभिन्न सालको वाली बुझी भरपाई गरी दिएको भनी उल्लेख गरे तापनि रिट क्षेत्रबाट प्रमाणको मूल्याङ्कन एवं परीक्षण नगरी केवल सम्बन्धित निकायको कार्यको संवैधानिक एवं कानूनी परीक्षणमात्र हुने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारी र विद्वान अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र हिरा रेग्मी विपक्षी तर्फबाटः विद्वान अधिवक्ताहरू रामप्रसाद गौडेल, रमेशकुमार मैनाली र ज्ञानेन्द्रप्रसाद पोखरेल, विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी अवलम्बित नजीरः § नेकाप २०५३, अङ्क ५ नि.नं. ६१९१, पृष्ठ ३८६ § नेकाप २०२९, अङ्क ३ नि.नं. ६७२, पृष्ठ ७९ सम्बद्ध कानूनः § भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३१(क) § गुठी संस्थान ऐन, २०३३ को दफा २७, ३९ आदेश न्या.भरतराज उप्रेतीः तत्काल प्रचलित नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा तथा धारा ८८(२) बमोजिम यस अदालतको अधिकारक्षेत्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– म निवेदक २०२७ सालदेखि सुकुलढोका मठ केदारेश्वर महादेव गुठीको लगतबाट भिड्ने उक्त गुठीका महन्तलाई कुतवाली बुझाई आएको छूट गुठीका साविक वानेश्वर महादेवस्थान वडा नं.३ (क) कि. नं. १, २, २२ ऐ. ऐ. वडा नं. ५ (क) कि. नं. ११, ११२ र ७० समेतका कित्ता कायम भई नापजाँच भएको जग्गा कमाएको जग्गाको मोही हुँ । उक्त कित्ता साविक महादेवस्थान ३(क) को कि. नं. १, २ र २२ मध्येबाट हाल का. म. न. पा. वडा नं. १० सिट नं. ११०६– २१ कि. नं. १ क्षे. फ. ३–०–२–३, कि. नं. २ क्षे. फ. ०–६–३–२, र कि. नं. ५ क्षे. फ. १–२–०–१ साविक वडा नं. ५ (क) कि. नं. ११, ११२ र ७० मध्येबाट हाल का. म. न. पा. वडा नं. १० सिट नं. ११४६–०२ कि. नं. २६ क्षे. फ. १–१–१–३, कि. नं. २७ क्षे. फ. ०–०–२–२, कि. नं. १ क्षे. फ. ०–७–३–३ र कि. नं. ७३ क्षे. फ. ३–४–०–३ का जग्गा कमाई आएको छु । मैले कमाएको उक्त जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा पाऊँ भनी सबूद प्रमाणसहित काठमाडौँ गुठी तहसील कार्यालय, कालमोचनमा निवेदन दिएकोमा त्यहाँबाट दावीका जग्गा गुठी तैनाथी जनाई दर्ता भई गुठी संस्थान केन्द्रीय कार्यालयमा पूर्जा प्राप्त भइसकेकोले कारवाही गर्न नमिल्ने भनी निर्णय भयो । गुठी संस्थान स्वयंले छूट गुठीको पूर्जा लिई बसेको छ । मैले उक्त जग्गा कमाएको कुरा महन्तले गरेको भरपाईले देखिन्छ । त्यसको निस्सा पाउनु पर्नेमा नदिएकोले निर्णय बदर गरी हक कायम गरिपाऊँ भनी काठमाडौँ जिल्ला अदालतमा मेरो