निर्णय नं. १७६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/१० २१८६ निर्णय नं. १७६९ ने.का.प. २०४० अङ्क १० फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रि.फु.नं. २६ आदेश भएको मिति : २०४०।१०।१०।३ मा निवेदक : का.जि.का.न.पं.वडा नं.२ भाटभटेनी बस्ने गोविन्दप्रसाद उपाध्याय पोखरेलसमेत विरूद्ध विपक्षी : भूमिप्रशासक वर्तमान भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निर्णय बदर गरिपाउँ भनी कसैको माग दावी नभएकोले निर्णय सम्बन्धमा अदालतबाट विचार गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. यस अदालतको डिभिजनबेञ्चबाट मिति ०३८।११।२५।१ मा भएको आदेश उपर रिट निवेदकहरूको श्री ५ महाराजाधिराज सरकारका हजूरमा बिन्तिपत्र परेकोमा यसमा व्यहोरा साँचो भए उल्लिखित उत्प्रेषण मुद्दा फुलबेञ्चबाट दोहर्याई हेरी कानुनबमोजिम निर्णय गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोराहरू यसप्रकार छन् : २. तथ्य : यसमा का.न.पं.२४(घ) कि.नं.२० मा लेखिएको जोताहा योगेन्द्रराज वादी भई का.जि.अ.मा. बाली लुटपिट र मोहियानी तेरो मेरोमा ०२३ साल पौष १४ गते डिसमिस फैसला भएको र निज योगेन्द्रराजलाई झिकाउँदा पनि यो जग्गा गोविन्दप्रसादलाई बिक्री भई गएको भनी म्यादको पीठमा लेखी दिएको र गोविन्दप्रसादले जोताहा योगेन्द्रराज हो भनी तारेख गुजारी बसेकोबाट र सम्बन्धित पञ्चायत मार्फत भई आएको सरजमीन मुचुल्कामा जग्गा जोत्ने महालक्ष्मी हो र जग्गाधनी गोविन्दप्रसाद हो भनी उल्लेख भई आएबाट समेत अन्य प्रमाण बुझी रहन नपर्ने नदेखिएकोले का.न.पं.२४(घ) कि.नं.२० को जोताहा योगेन्द्रराज सत्यालको नाम खारेज गरी महालक्ष्मी रायमाझीका नाउँमा जोताहा दर्ता गरी मोहियानी श्रेस्तामा संशोधन गरी ज.ध. श्रेस्तामा संशोधन गर्न का.न.पं.२४ नं. वार्ड समितिलाई दिने गरी ठहर पर्चा गरी दियौं भन्ने भूमिप्रशासन कार्यालय काठमाडौंको निर्णय पर्चा भएको रहेछ । ३. निवेदन जिकिर : म गोविन्दप्रसादले रु.१,९००। मा गू.पू. योगेन्द्रराज सत्यालसँग यो विवादमा आएको हो नं. २३/२ मा पनि पाखो १ जग्गा समेतका कित्ता जग्गाहरू मिति ०२१।७।५ मा रजिष्ट्रेशन पास गरी लिएकोमा उक्त जग्गा सर्भे नापी हुँदा का.न.पं.वार्ड नं.२४(घ) कि.नं.२० क्षेत्रफल ०–१४–२ मा जग्गाधनी म गोविन्दप्रसाद र मोहीमा गू.पू. योगेन्द्रराज सत्याल कायम भई नापी भएको छ । राजीनामा गरी लिए देखि मेरो नै भोगाधिकारमा छ । ०२१।७।५ मा मैले सो जग्गा राजीनामा गरी लिएपछि विपक्षी महालक्ष्मी रायमाझी उपर गू.पू. योगेन्द्रराजले लुटपिट मुद्दा दायर गरेका रहेछन् सो कुरा मलाई थाहा जानाकारी थिएन । ०२६।११।२२।५ मा मेरो नाउँमा म्याद आई मैले बयान गर्दा मोही योगेन्द्रराज सत्याल नै कायम गरिपाउँ भनी बयान गरेको छु र तोकिएको तारेखमा विरामी परी गुज्रन गएको छ । ०२३।९।१४।५ मा मुद्दा डिसमिस भएको र ०२६।९।६ मा विपक्षीलाई मोही कायम गर्ने निर्णय भएछ । सो कुरा मलाई कुनै थाहा जानकारी नै भएन । घरबारीको जग्गा हुँदा म आफैंले कमाएको तर श्रेस्तामा योग