निर्णय नं. १७७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/१३ २१५६ निर्णय नं. १७७० ने.का.प. २०४० अङ्क १० फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रिट फु.नं. ४५ आदेश भएको मिति : २०४०।१०।१३।६ मा निवेदक : जि.सुनसरी सोनापुर गा.पं.वा.नं. ९ बस्ने पूर्णप्रसाद चौधरी विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सुनसरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निवेदकले कूत नबुझाएको भए भूमिसम्बन्धी ऐन तथा नियमबमोजिम मोहीबाट हटाउन पाउने जग्गाधनीको हक सुरक्षित नै देखिने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.पृथ्वीबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्‍याई दिनु भन्ने बक्स भई आएको प्रमाङ्गी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. लक्ष्मीनारायण मन्दिरका नाउँमा दर्ता कायम रहेको सोनापुर गा.पं.वा.नं. ७(क) को कि.नं.३ को बिगहा १–६–१० जग्गा २०२६ सालदेखि मोहियानी शर्तमा कमाई आएको र २०३७ सालको सिजनमा पनि बाली लगाई जग्गाधनीलाई बाली बुझाई भर्पाई प्राप्त गरी आएको छु । मोही कायम गरिपाउँ भन्ने दावी अनुसार उक्त जग्गाको मोही भई २०३६ सालदेखि बेचनलालले कमाई आएका हुन् । २०३७ सालको बाली पनि म मन्दिरको संरक्षक माधवगोविन्द श्रेष्ठलाई बुझाएको हुँदा भर्पाई दिएकोले वादीले दावी गरेको जग्गाको मोही कायम गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिएमा मेरो मञ्जूरी छ भन्ने माधवगोविन्द श्रेष्ठको बयान । वादीले दावी गरेको जग्गा म आफूले कमाएको छु । किन यस्तो उजूर गरेका हुन् भन्ने समेत निवेदक पूर्णप्रसादको बयान भएकोमा दावी बमोजिमको जग्गा २०३६ साल र २०३७ समेतमा बाली लगाई बुझाएको लक्ष्मीनारायण मन्दिरका संरक्षक माधवगोविन्द श्रेष्ठको बयान, सरजमीन मुचुल्का समेतको आधार गर्दै वादी बेचनलाल चौधरीका नाममा मोहियानी हक कायम गर्ने निर्णय गरेको रहेछ । ३. भूमिसुधार ऐन लागू हुनुभन्दा अघिदेखि नै मेरो पिताजीले उक्त जग्गा कमाई अनुसूची १ भरी ४ नं. जोताहा अस्थायी निस्सा लिनुको साथै मोहियानी हकको प्रमाणपत्र समेत लिई विधिवत मोहीको रूपमा र पिताको मृत्युपछि म समेतले कमाई आएकोमा एका मोहीको ठाउँमा अर्को नयाँ उनाउ व्यक्तिलाई मोही बनाएको उक्त भू.सु.अ.को त्रुटिपूर्ण निर्णय उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी बदर गराई हनन् भएको हक प्रचलन गराई पाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने यस अदालत सिङलबेञ्चको ०३८।४।२८ को आदेश । ५. निवेदनमा उल्लिखित उक्त जमीनको हक प्राप्त मोही पूर्णप्रसाद भएको निजले जमीन जोत्न नसकेको र बेचनलाल चौधरीले जमीन जोती बाली लगाई सो जमीनको लाग्ने कूत जग्गाधनी लक्ष्मीनारायण मन्दिरको संरक्षक माधवगोविन्द श्रेष्ठलाई बुझाई सालसालै भर्पाई लिने गरेको देखियो र निज माधवगोविन्दले पनि बेचनलालले नै कमाई आएको निजको नाउँमा मोही कायम होस् भनी कार्यालयमा उपस्थित भई बयान समेत दिएको हुँदा र आफ्ना परिवारका परिश्रमले जमीन नकमाई अरू