निर्णय नं. १७७१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७७१ - ज्यान भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२० २००९ निर्णय नं. १७७१ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ४३९ फैसला भएको मिति : २०४०।१०।२०।६ मा पुनरावेदक/प्रतिवादी : जि.वर्दीया जमुनी गा.पं.वाड नं. ४ बस्ने सुन्दर कुर्मी विरूद्ध प्रत्यर्थी/वादी : गुरूप्रसाद नाउँको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी साधारण मुंग्राले हिर्काउँदा मृत्यु भएको देखिएको हुँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.अनुसार १० वर्ष कैद हुने । (प्रकरण नं. १६) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला प्र.न्या.नयनबहादुर खत्री १. ज्यान सम्बन्धी १३(३) अनुसार सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदनमा शुरू जिल्ला अदालतले ठहर गरेको फैसला सदर गरी तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको तथ्य निम्नबमोजिम छ । २. २०३५।७।८ का दिन हलो जोत्न गई साँझ घर आउँदा सुन्दर कुर्मीका घरमा मानिसहरू धेरै देखि जाँदा दाज्यू नाउँ लडी रहेकोले के भयो भनी सोद्धा मुन्नी नाउनी समेतका गाउँका व्यक्तिहरूले खेदु नाउलाई सुन्दर कुर्मीले मुंग्राले कुटपिट गर्यो भनी भनेका र सोही रात अं. १२ ले खेदु नाउको कुटपिटकै चोटबाट कुटपिट गरेकै स्थानमा मृत्यु भएको हुँदा मार्नेलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने जाहेरी दरखास्त । ३. दाहीने हातको नाडी माथि निधारको हड्डीमा चोट परेको जस्तो गहिरो दाग र पीठ भागमा असंख्य डाम देखिएको दाहिने कान माथि कानको पछाडि र निधारमा हड्डी समेत फुटेको जस्तो देखिएको भन्ने लास जाँच प्रकृति मुचुल्का । ४. मर्ने खेदु नाउ मेरो झगडीयाको साथी थियो । मेरो खिलाप कुरा गरी हिड्थ्यो । २०३४ साल चैत्र महीनामा मर्ने खेदुले जाहेरवाला गुरूप्रसादको घरमा आएका समयमा जग्गा खरीद गरी दिन्छु भनेका थिए मैले पनि खेदुले भनेको जग्गा खरीद गर्न मञ्जूर गरी जग्गा किन्न जमान गरेको थिए । २०३५ साल जेष्ठमा जमुनीको जग्गा समेत बेची १३,७९०। भा.रू. लिई खेदु नाउसँग जमान भएको जग्गा किन्ने कार्य गरी खरीद गरेको जग्गा आषाढ महीनामा जोत्न शुरू गर्दा खेदुले अर्काको जग्गा किन जोतिस् भनी रोके तिमीले खरीद गरिदिएको जग्गा त हो नि भन्दा तिमी नेपालीले जग्गा पाउँदैनौं भनी बाँसको लाठी समेतले हिर्काई रगत पारी दिए । २०३४ साल कार्तिक ८ गते भने खेदु गुरूप्रसादको घरमा आएको देखो । जग्गा विषयमा पहिला देखि नै रिस उठिरहेको थियो । मलाई जग्गा खरीद गरी दिन्छु भनी रूपैयाँ लगी जग्गा पनि दिएनौं रूपैयाँ देउ भन्दा तेरो रूपैयाँ कहिले लगेको छु भनी म माथि आमा चाकरी गाली दिएबाट रिस उठ्यो । पहिलेको र अहिलेको रिस थाम्न नसकी खुट्टाबाट चप्पल निकाली गालामा हान्न शुरू गरे । निजले बाँसको लठ्ठीले हिर्काए । त्यसपछि त्यही भएको काठको मुंग्राले निज माथि हान्दा खेदुको मृत्यु भएको हो । मार्छु भनी कुटेको होइन । तत्काल उठेको रिस थाम्न नसकी कुटपिट गरेबाट खेदु नाउको मृत्यु भएको हो भन्ने प्र.सुन्दर कुर्मीले प्रहरीमा गरेको साविती कागज । ५. यसमा पक्राउमा परी रहेका सुन्दर कुर्मीले मर्ने खेदु नाउलाई समाती लछार पछार गरेको हामीले घरबाट देखि हल्ला ग¥यांै । हल्ला सुनी खेतमा काम गरी रहेका मानिसहरू आउँदा खेदु जमीनमा लडी रहेको रहे