निर्णय नं. ८७४० - छूट जग्गा दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७४० - छूट जग्गा दर्ता भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/07/27 ३४१९ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं. ८७४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२ सालको दे.पु.नं. ८३८४, ८३८५, ८३८६, ८३८७, ८३८८ फैसला मितिः २०६८।७।२७।१ मुद्दाः– छूट जग्गा दर्ता पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने सविर मियाँ विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने रूपीलाल महतोको मु.स.गर्ने सीताराम महतो पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी, पिप्रापूर्व गा.वि.स. वडा नं.८ बस्ने बाबुजी मिया विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने स्व.रूपीलाल महतोको मु.स. गर्ने सीताराम महतो पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने नूर महम्मद मियाँ विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने स्व.रूपीलाल महतोको मु.स. गर्ने सीताराम महतो पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने अविद मन्सुरी विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने स्व.रूपीलाल महतोको मु.स.गर्ने सीताराम महतो पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने वीवी जोहरा मियाँ विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने स्व.रूपीलाल महतोको मु.स.गर्ने सीताराम महतो शुरू फैसला गर्ने :– मालपोत कार्यालय, सुनसरी पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री दामोदरपुरूष ढकाल मा.न्या.श्री राघवलाल वैद्य § मुद्दा एक वा अनेक भन्ने कुरा त्यसमा सन्निहित माग तथा प्रतिवाद र निर्णय गर्नुपर्ने विषयले निर्धारित गर्ने हो । प्रशासकीय सुविधा वा अज्ञानताले अलग–अलग फायल खडा भई टिप्पणी आदेश अलग भए भन्दैमा मुद्दा नै अलग–अलग नहुने । (प्रकरण नं.७) § अ.वं. १९३ नं. मा एउटै निर्णय वा विषयका सम्बन्धमा एउटै पुनरावेदन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा स्पष्ट उल्लेख नभए पनि मुद्दाको विषयवस्तु समान छ भने पुनरावेदन गर्दा विवादका पक्षहरूले एउटै वा संयुक्त रूपमा गर्न सक्ने हुन्छ । यस्तोमा अलग–अलग पुनरावेदन गर्न वाध्य बनाउन नमिल्ने । (प्रकरण नं.८) § विवादका पक्षहरूले जग्गा दर्ताका विषयमा छुट्टाछुट्टै निवेदन गरे पनि एउटै निकायमा समान विवादित विषयवस्तु भएको मुद्दाको एकै मितिको निर्णयमा सबै पुनरावेदकहरूले संयुक्त रूपमा एउटै पुनरावेदन दायर गर्दैमा त्यस्तो पुनरावेदन पत्र कानूनप्रतिकूल मानी खारेज गर्नु अ.वं. ७२ नं. र १९३ नं. समेतका न्यायिक मान्यताको समेत प्रतिकूल हुने । (प्रकरण नं.९) § प्राविधिक एवं कार्यविधिगत प्रश्नलाई महत्व दिई व्यक्तिको सारवान अधिकारलाई गौण बनाई पुनरावेदन पत्र नै खारेज गर्नु न्यायिक मान्यताको प्रतिकूल हुन जाने हुन्छ । न्याय माग्न अदालत प्रवेश गर्ने पक्षहरूको सारवान पक्षलाई प्राविधिक पक्षले धरासायी बनाउन नसक्ने । § (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता निरञ्जन आचार्य प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः § नेकाप २०६६, मंसिर, नि.नं. ८२०१, पृष्ठ १२६८ § नेकाप २०६७, असार, नि.नं. ८३२८, पृष्ठ ३७२ सम्बद्ध कानूनः § अदालती बन्दोवस्तको म