निर्णय नं. १७७२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७७२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२० २०३९ निर्णय नं. १७७२ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १८७९ आदेश भएको मिति : २०४०।१०।२०।६ मा रिट निवेदक : जिल्ला झापा गौरादह गा.पं.वडा नं.७ बस्ने भुवनेश्वर प्रसाद अधिकारीसमेत विरूद्ध विपक्षी : श्री भूमिसुधार कार्यालय, भू.सु.अ.झापा समेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) भूमिसुधार कार्यालयले जग्गाधनीले पत्याएको भन्दा बाहेकको व्यक्तिको नाममा समेत मोहियानी हक नामसारी गर्नेगरेको निर्णय उक्त दफा २६(१) को विपरीत हुनजाने देखिने । (प्रकरण नं. ७) रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुथापा विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती आदेश प्र.न्या.नयनबहादुर खत्री १. नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिरहरू यसप्रकार छन् : २. जिल्ला झापा गौरादह गा.पं.वडा नं.५ को कि.नं.२००, २०३, २२८ र १९७ को ज.बि. ५–८–० को जग्गाधनीमा विपक्षीले निवेदकहरूलाई देखाई उक्त जग्गा पति रुद्रबहादुरले मोहियानीमा कमाई आएकोमा पतिको मृत्यु ०३१।३।१३ गते भएकोले जग्गा जोती कमाई आएकोले मोहियानी हक नामसारी गरिपाउँ भनी विपक्षीले विपक्षी कार्यालयमा निवेदन गर्नुभएकोमा विपक्षी भक्तमायाबाट मनकुमार घिमिरे नामक एक छोराको जायजन्म भएको छ । निज मनकुमारको हित संरक्षण गर्न समेत विपक्षीलाई मोहियानी हक नामसारी गरी दिन मञ्जूर छैन । उल्लिखित जगामा मनकुमारको तर्फबाट खेती भएकोले बाली लगाएको र कूत समेत निजैका संरक्षणबाट प्राप्त गरेकोले विपक्षी भक्तमाया अधिकारीलाई मोहियानी हक नामसारी गरी दिन मञ्जूर छैन भन्ने प्रतिवाद विपक्षी कार्यालयमा गरेको थियो । विपक्षी कार्यालयले भक्तमायाको नाममा समेत मोहियानी हक नामसारी गरी दिने ठहर्‍याई मिति ०४०।१।५ मा निर्णय गर्‍यो । भूमिसुधार कार्यालय झापाले गरेको उक्त निर्णयबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) द्वारा प्रदत्त मेरो मोही रोज्न पाउने अधिकारलाई आघात पुर्‍याएको छ । दफा २६(१) बमोजिम मोहियानी हक एकजनाको नाममा मात्र सर्न जाने स्पष्ट व्यवस्था गरेको छ । एकै जग्गामा दुई व्यक्ति मोही हुन नसक्ने तथ्यलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ तथा २(ख) ले प्रष्ट गरेको छ । विपक्षी कार्यालयको फैसला उक्त कानुनको समेत प्रतिकूल भई मेरो उपरोक्त कानुनी हक अपहरित हुनुको साथै संविधानको धारा १०(१) ११(२)(ङ) र धारा १५ द्वारा प्रत्याभूत गरिएको मौलिक हकबाट वञ्चित हुनुपरेकोले अन्य उपचारको अभावमा संविधानको धारा १६ बमोजिम धारा ७१ अन्तर्गत असाधारण अधिकारक्षेत्र प्रयोग गराई माग्न आएकाछौ । धारा ७१ बमोजिम उत्प्रेषणको आदेशले विपक्षी कार्यालयको फैसला बदर गरी परमादेशको आदेशले मनकुमारको नाममा मात्र मोहियानी हक नामसारी गरी दिनु भन्ने आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेछ । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने मिति ०४०।३।२१।३ को सिङलबेञ्चको आदेश । ४. विवादको जग्गामा मेरा एकासगोलका पनि रुद्रबहादुर मोही हुनुभएको कुरामा विपक्षीले इन्कार गर्न सक्नुभएको छैन । पतिको मृत्यु पछि छोरा मनकुमार नाबालक भएकोले जग्गाको खन