निर्णय नं. १७७३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७७३ - लेनदेन भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२० २२१४ निर्णय नं. १७७३ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको दे.पु.नं. ४२६ फैसला भएको मिति : २०४०।१०।२० मा पुनरावेदक प्रतिवादी : का.जि.डिल्लीबजार बल्क नं.२१।१४० को घरमा बस्ने टोप कुमारी थापा विरूद्ध विपक्षीवादी : जि.मोरङ विराटनगर न.पं.वा.नं.३ बस्ने मुक्तीप्रसाद चापागाई मुद्दा : लेनदेन (१) फैसला नहुँदै वादी वा प्रतिवादीलाई के कति सजाय हुने भन्ने यकीन हुन नसक्ने हुँदा क्षेत्रीय अदालतबाटै पाँचहजार भन्दा बढी सजाय हुने मुद्दा डिभिजनबेञ्चबाट हेर्नु पर्छ भनी अर्थ गर्ने उक्त क्षेत्रीय अदालत नियमावली, २०३६ को दफा १८(ग) को बनौटबाट पनि मिल्ने नदेखिने । (प्रकरण नं. १४) फैसला प्र.न्या.नयनबहादुर खत्री १. पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षीले मबाट लिनुभएको मेरो नाउँ दर्ताको रसियन जीप र त्यसको जगेडा समानको हिसाब रु.३०,०००। आउने आषाढ १५ गते सम्ममा एकमुष्ट चुक्ता गरी बुझाउँला भनी ०३३।१।२० मा तमसुक लेखी दिनुभएको नबुझाएकोले लेनदेन व्यवहारको २ नं.ले फिराद गरेको छु । सावाँ र भराएको मिति सम्मको ब्याज समेत दिलाई पाउँ भन्ने समेत वादी । वादी दावाको रु.३०,०००। मिति ०३३।११।५ मा विपक्षीकै घरमा बुझाई भर्पाई दिएको छु दोहरो लिने उद्देश्यले दुःख दिएको हो भन्ने प्रतिवादी । ३. प्रतिवादीबाट सक्कल भर्पाई दाखिल गराई वादीलाई सुनाउन पेश गर्नुभन्ने ओदश अनुसार ०३५।३।१२ गते सक्कल लिखत लिई आउनु भनी वादीलाई तारिख तोकिएको गुजारी बसेको । ४. वादी दावी बमोजिम सावाँ ब्याज समेत वादीले पाउने ठहर्छ भन्ने समेत शुरू मोरङ जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन । ६. मुक्तिप्रसादले गरी दिएको भनी पेश गरेको भर्पाई अ.बं.७८ नं.बमोजिम सद्दे कीर्तेमा बयान गराउन पेश गर्नुभन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश । ७. मिति ०३३।११।५।४ को रु.३०,०००। को मैले गरिदिएको भनी विपक्षीले पेश गरेको भर्पाई कीर्ते हो सो भर्पाई र भर्पाईमा लागेको सहिछाप मैले गरिदिएको होइन भन्ने समेत व्यहोराको मुक्तिप्रसादले गरेको बयान । ८. मैले दाखिल गरेको रु.३०,०००। को ०३३।११।५।४ को मुक्तिप्रसादले गरी दिएको भर्पाई कीर्ते होइन सद्दे हो भन्ने समेत व्यहोराको टोपकुमारीको वारेस जोखनलाल चौधरीको बयान । ९. विवादास्पद दस्तखत सहीको तुलनामा मुक्तिप्रसादको नमूना दस्तखत सहीहरू फरक अर्थात उक्त विवादास्पद दस्तखत सहीहरू सद्दे दस्तखत सही नभई कीर्ते दस्तखत सहीहरू हुन भन्ने समेत व्यहोराको रेखा विशेषज्ञको राय । १०. तिरी बुझाई सकेको भनिएको ०३३।११।५ को रु.३०,०००। को भर्पाई कीर्ते ठहर्छ । दावीबमोजिम सावाँ ब्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर्‍याएको इन्साफ जि.अ.को मनासिव ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला । ११. पूर्वाञ्चल क्षेत्रीय अदालतको त्रुटिपूर्ण निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने टोप कुमारीको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजनबेञ्चको ०३९।५।२२ को आदेश । १२. नियमबमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीको वारेसलाई रोहवरमा राखी