निर्णय नं. १७७५ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७७५ - ज्यान भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२२ २०६१ निर्णय नं. १७७५ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०३८ सालको नि.नं. ९७४ सम्वत् ०३८ सालको फौ.पु.नं. ३५६ सम्वत् ०३८ सालको फौ.सा.नं. ८८ फैसला भएको मिति : २०४०।१०।२२।१ मा निवेदक प्रतिवादी : सिराहा जि.निर्दाना गा.पं.वडा नं.७ बस्ने केशरमान श्रेष्ठसमेत विरूद्ध विपक्षीवादी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) गोली हानी मारेको भन्ने चस्मदिद गवाह भएको कुरा जाहेरवाला र सरजमीनका बयानले पुष्टी गरेकोबाट पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(१) र ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको इन्साफ सदर हुने । (प्रकरण नं. २८) (२) निवेदनपत्र बाहेक अरूमा षडयन्त्र गरेको तथ्य प्रमाण मिसिलमा नदेखिएकोले सजाय गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई शुरू जिल्ला अदालतको इन्साफ सदर ठहर्ने। (प्रकरण नं. २९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार फैसला न्या.बासुदेव शर्मा १. विन्तिपत्र वालाको पुनरावेदन नपरे पनि पुनरावेदन परे सरह गरी दिनु भन्ने हु.प्र.बक्स भई आएको प्र.केशर मान श्रेष्ठ समेतको निवेदन र पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादी लखन खडका यादव समेको पुनरावेदन परी साधकको लगतमा समेत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. २०३४ साल श्रावण १२ गते राति अं.३ बजेको समयमा बन्दुकको आवाज भएको पनि हात हतियार सहितका जवान लिई ध्यानी मियाँको घरमा पुग्दा ध्यानी मियाँ गोली लागी छटपटाई राखेकोले अपराधी पत्ता लगाउँदा नलागेको र ध्यानी मियाँको मृत्यु भइसकेको निजको श्रीमती खैरूल मियाँइनी अपराधीहरूको कुटपिट परेर बेहोस हुँदा अपराधीहरूले फायर गरेको गोलीको खोका १ फलामको रड समेत फेला परेकोले लास सुरक्षित राखी जाहेर गरेको छु भन्ने समेत निर्दाना पोष्टको प्र.ह.चित्रबहादुर मगरको प्रतिवेदन । ३. उत्तर सिरान दक्षिण खुट्टा पारी उत्तानो परेको आँखा दुवै बन्द रहे पनि हेरी रहेजस्तो मुख बन्द रहे पनि अगाडिको एउटा दाँत देखिएको दाहिने कान देखि २ इन्च माथि बन्दुकको छर्रा लागेको बाँया पट्टीको दुधमा ३–३ को बन्दुकको छर्रा लागेको साना प्वालहरू देखिने लासको छाती पेटमा रगत जमेको, दुवै हात मुठी पारी नाइटो नजिक रहेको दाहिने हातको औंलाहरू खुम्ची मुठी पारेको दाहिने हत्केलाको पछाडि पट्टी फलामे हतियार रोपेको सानो घाउ खत २ बाँया हातको कुहीना मुनी नारीमा भालाले रोपेको लिङबाट विर्य जस्तो निस्की लगौटीमा लागेको दाहिने पातामा कुटेको ३ इन्च लम्बाई निलडाम लास रहेको ठाउँ नजिक रगत ठाउँ–ठाउँमा जमी सुकी दाग रहेको भन्ने समेत लास प्रकृति मुचुल्का । ४. छातीको बाँया पट्टी बन्दुकबाट हानेको गोलीले बाँया फोक्सो र मुटुलाई क्षती पुर्याएबाट मृत्यु हुनगएको भन्ने मेडिकल अधिकृतको राय । ५. २०३४ साल श्रावण १२ गते रात अं.३ बजेको समय हामीहरू घरमा सुतिरहेको अवस्था भोला भन्ने केशरमान श्रेष्ठ, विल्टु खत्वे, अम्मर पति यादव, लखना यादव, लटु यादव, जोगेन्द्र यादव, रामदयाल साहुसुडी, गडेश तेली, खगेश्वर साहुतेली, रामदेव साहुसुडी, सत्य नारायण यादव समेत ११ जना हाम्रो घरमा आई बन्दुकको फायर गरी विलट यादवले फलामको छडले हाम्रो लोग्ने बाबुको टाउकोमा हानी जोगेन्द्