निर्णय नं. १७७८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७७८ - जग्गा खिचोला भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/१० २०७६ निर्णय नं. १७७८ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको दे.पु.नं. ५१४ फैसला भएको मिति : २०४०।१०।१०।३ मा पुनरावेदक/प्रतिवादी : जिल्ला गुल्मी मुर्तिघाट गा.पं.वार्ड नं.६ को हाल परिवर्तित वार्ड नं.१५ मुर्तिघाट बजार बस्ने शक्तिकुमार श्रेष्ठ विरूद्ध विपक्षी/वादी : जिल्ला रूपन्देही बुटवल न.पं.वडा नं.६ बस्ने मदनलाल श्रेष्ठको मु.स.गर्ने ऐ.ऐ बस्ने राजकुमार श्रेष्ठ मुद्दा : जग्गा खिचोला (१) छोराले दावी गरेकोमा खारेज भएको मुद्दाको खिचोलाको हदम्याद कायम गरी खारेज गर्ने गरेको निर्णय गल्ती ठहराई इन्साफ तहकिकात गर्नु भनी क्षेत्रीय अदालतले गरेको निर्णय सदर ठहर्ने । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ फैसला न्या.बासुदेव शर्मा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतले २०३८।१।१४।१ मा गरेको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी २०३८।२।२५।१ मा गरेको निवेदनमा २०३९।१।५।१ मा पुनरावेदन गर्ने अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. मेरो श्रीमती ३ हुँदा जेठीतर्फका शक्तिकुमार र माहिलीतर्फका राजकुमार हुनाले सौतेनी हांगाका २ भाइ एकाघरका भए पनि सौतेनी आमाका छोरा हुँदा एकजनाका नाममा मात्र दर्ता गर्दा एकजनाको मात्र हुने हो कि भन्ने शंका लागि ७।० ख.न.पं.वडा नं.८ को कि.नं.४३० को बिगहा ।।३।। जग्गा ०१२ सालमा २ भाइले गोश्वारा गराएको थियो, मेरो छोरा शक्तिकुमार विदेशतर्फ गएको १६,१७ वर्ष भयो निजको नाउँको ७ नं.फाराम मैले नै भरी म रोगी बृद्ध हुँदा उमेर पुगेको छोरा राजकुमारका नामबाटै तिरो भोग गरी आएको छु उक्त जग्गामा घर बनाउन नक्सा पास गर्न दरखास्त दिएकोमा मेरो छोरा शक्तिकुमारसँग नाम मिलेका विपक्ष शक्तिकुमारले आधा मेरो हक छ रोक्का गरिपाउँ भनी निवेदन दिएकोमा तिरो भरोको हक बेहकमा उजूर गर्न जानुभनी नगरपञ्चायतबाट राजकुमारलाई सुनाएकोमा छोरा राजकुमारको नालेश परेकोमा लुम्बिनी अञ्चल अदालतबाट खारेज हुने ठहर्छ भन्ने फैसला भएपछि थाहा पाए । उक्त जग्गा मध्ये आधा पौने सात धुर उत्तरतर्फको जग्गामा दावी खिचोला मेटाई मेरो सदर थामी पाउँ भन्ने समेत फिरादपत्र रहेछ । ३. वादी राजकुमार उपर नालेश गरेको देखिँदैन वादी मदनलालको शक्तिकुमार नामको छोरा छँदै थिएन, छैन र हैन उल्लिखित जग्गा मेरो हो यो सब कुरा यिनैका राजकुमारले दायर गरेको जग्गा र ठगी मुद्दामा समेत स्पष्ट पारेको छ । सो छिनुवा मिसिलको प्रतिवाद र कथनलाई एक अंश मानी मेरो जग्गा मेरै कायम रही झुठ्ठा वादीको दावाबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत शक्तिकुमारको प्रतिवादी रहेछ । ४. विदेशमा हुने छोराको नाउँको जग्गामा वादीले उजूर गर्न नपाउने भन्न मिल्दैन । तसर्थ वादीको विदेश हुने छोरा शक्तिकुमारको नाउँको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत रूपन्देही जिल्ला अदालतको फैसला रहेछ । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत पुनरावेदनपत्र रहेछ । ६. प्रतिवादीले खिचोला उठाएको मितिले कानुनका म्यादभित्रको उजूर गरेको भए मात्र तेरो मेरो हक बेहकमा निर्णय गर्नुपर्नेमा सोको विपरीत गरी ०३४।२।२२ मा खिचोला गरे भनी २०२९ सालदेखि नै खिचोला उठी तेरो मे