निर्णय नं. १७८० - जवरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७८० - जवरजस्ती करणी भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२३ २५३० निर्णय नं. १७८० ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको फौ.पु.नं. ४६० फैसला भएको मिति : २०४०।१०।२३।२ मा पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.३१ वागबजार बस्ने मोतीराम तेली विरूद्ध विपक्षी/वादी : नानीमाया बस्नेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : जवरजस्ती करणी (१) डाक्टरबाट जाँच गराउँदा योनीको वरिपरि साना–साना सुखापनका श्राव देखिन्छ भन्ने उल्लेख भएको तथा जाहेरवाली र छोरी समेतका बकपत्रबाट प्रतिवादीको प्रहरी समक्षको साविती बयानलाई पुष्टी मिल्न आएको तथा क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएका बुँदा प्रमाणहरू समेतको आधारमा जवरजस्ती करणी गर्न उद्योग गरेको ठहराई जिल्ला अदालतले गरेको इन्साफलाई सदर ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.बासुदेव शर्मा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।९।१५ को फैसला उपर चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.मोतीराम तेलीको निवेदनमा मिति ०३९।२।१२ मा अनुमति प्राप्त गरी दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ । २. म कामधन्दा गरी खाने मानिस भएकोले मोतीरामले मेरो घरमा श्रीमती छैन काम गरी देउ भनेकोले छोरी लक्ष्मी साथमा लिई ०३५।३।२४ गते बिहान ९:२० बजे निजकहाँ गएँ छोरी मोतीरामको कोठामा बसी म भाडा सफा गरी आउँदा छोरी रोएको सुनी ढोका खोल भन्दा पहिला खोलेनन् पछि खोली हेर्दा छोरी रोएको र निजले हातमा कट्टु र सुरुवाल लिएको देखि के भो भन्दा मोतीले मराई सुताई दुखाई दियो भनेकी र छोरीको योनीबाट रगत आएको देखेकोले कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने ०३४।३।२४ को नानीमायाको जाहेरी दरखास्त । ३. योनीमा तत्काल भएको घाउ देखिन्छ । योनीद्वारको पर्दा फाटेको छैन भन्ने समेतको ०३५।३।२६ को डाक्टरको प्रतिवेदन । ४. नानीमाया भाँडा सफा गर्न गएको मौका पारी झ्याल ढोका बन्द गरी लक्ष्मीलाई मेचमा राखी निजले लगाएको कट्टु सुरूवाल फुकाली मेरो लिङ्ग देखाएँ । निज लक्ष्मीले यो गर यहाँ गर भनी मैले मेरो लिङ निजका योनीमा लगी केही वेर चलाए विर्य गएन हातले खसाले र निज लक्ष्मी रोएकोले छाडी दिएको हो भन्ने ०३५।३।२६ को मोतिराम तेलीको प्रहरीमा भएको कागज । ५. ०३५।३।२४ गते मोतीरामका घरमा लक्ष्मी रोएको सुनेको छैन मोतीरामले लक्ष्मीलाई जवरजस्तीकरणी गर्यो जस्तो लाग्दैन भन्नेसमेतको ०३५।४।५ को सरजमीन मुचुल्का । ६. संकलन हुनआएको सबूत प्रमाणको आधारबाट छानबिन गर्दा छोरीलाई लिई मोतीरामका घरमा काम गर्न गएको छोरी मोतीरामका कोठामा बसी म भाँडा सफा गर्न गए । भाँडा सफा गरी आउँदा छोरी रोएको र के भो भनी सोद्धा मोतीले मलाई ऐया गरी दियो भनी भनेको योनीबाट रगत आएको भन्ने नानीमायाको जाहेरी र योनीमा तत्काल घा चोट देखिन्छ भन्ने डाक्टरको प्रतिवेदन । लक्ष्मीले लक्ष्मीको योनीमा मेरो लिङ दल्न लगाए भनी साविती बयान गरेको समेतबाट निज मोतीराम तेलीले जवरजस्ती करणीका १ नं.उल्लंघन गरी जवरजस्ती करणी गरेको सिद्ध हुँदा निजलाई सोही ऐनका १० नं.अनुसार सजाय गरिपाउँ भन्ने माग भई दाखिल भएको प्रहरी प्रतिवेदन । ७. नानीमाया मेरो घरमा चार महीना अघिदेखि क