निर्णय नं. १७८१ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७८१ - लेनदेन भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/१७ २१९३ निर्णय नं. १७८१ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३८ सालको डि.दे.पु.नं. २०६ फैसला भएको मिति : २०४०।१०।१७।३ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.को हाल वडा नं.११ थापाथली बस्ने नारायणशमशेर ज.ब.रा. विरूद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं.११ थापाथली बस्ने शकुन्तलादेवी अग्रवाल मुद्दा : लेनदेन (१) वादीलाई प्रतिवादीले चेकबाट छुट्टै रु.१,५०,०००। बुझाएको भनी भौचर पेश गरेको सो भौचर अनुसारको रकम बुझेको छुट्टै तमसुकमा दरपीठ भएको पनि देखिँदैन, त्यसकारण सो वादीले पेश गरेको भौचर तमसुकमा दरपीठ भए अनुसारको रूपैयाँ बुझेको भौचर रहेछ भन्नुपर्ने हुन्छ । प्रतिवादीका भनाई अनुसार छुट्टै रकम बुझाएको भन्न नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षीवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्या.धनेन्द्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।४।२२ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको मुद्दाको तथ्य निम्नअनुसार छ : २. नारायणशमशेर सत्यपालले निजहरू साझेदार भएको कन्ष्ट्रक्सन कम्पनी रिलायवल विल्डर्स नामक साझेदार फर्मको काम सञ्चालन गर्न रूपैयाँ नपुग भएकोले सो सञ्चालनका लागि मबाट २०३०।४।२३ मा रु.३,८८,०००। कर्जा लिएको उक्त रकम मध्ये १,६८,०००।, ०३१ साल श्रावण १५ गते बुझाउने बाँकी रु.२,२०,०००।, ०३१ साल पौष १५ गते भित्र बुझाउने सो भाकामा नबुझाएको कर्जा लिएको मिति देखि सयकडा १० का दरले ब्याज समेत कम्पनी तथा साझेदारी दुवैजनाको जायजेथाबाट उपर गरी लिनुभनी उक्त मितिमा तमसुक लेखी दिएको । उक्त तमसुकी रूपैयाँ मध्ये मिति ०३१।४।२३ मा रु.४०,०००। र मिति २०३२।२।६ गते रु.१,५०,०००। बुझाउन ल्याउँदा उक्त दुई पटक गरी बुझाएको जम्मा रु.१,९०,०००। बुझी लिई तमसुकमा दरपीठ भएको त्यस मितिसम्मको ब्याज र अरू सावाँ बाँकी नै भएको ब्याज र बाँकी सावाँमा तरताकेता गर्दा आखिर २०३३।२।१२ गते रूपैयाँ दिन इन्कार गरेकोले नालेश गर्न आएकोछु । साल रु.१,९८,०००। तथा सयकडा १० दरले सावाँ ३,८८,०००। को मिति २०३०।४।२३ देखि ०३१।४।२३ सम्म वर्ष १ दिन १ को ब्याज रु.३८,९०६।३० मा २०३१।४।२३ मा बुझाएको सावाँ रु.४०,०००। कटाई बाँकी हुनआएको सावाँ रु.३,४८,०००। मिति २०३१।४।२४ देखि २०३२।२।६ सम्म ९ महीना १४ दिनको हुने ब्याज रु.२७,०२७।२७ र मिति २०३२।२।६ मा बुझाएको सावाँ रु.१,५०,०००। कटाई बाँकी हुनआएको सावाँ रु.१,९८,०००। को मिति २०३२।२।७ देखि २०३३।४।५ सम्म को १ वर्ष २ महीनाको हुने ब्याज रु.२३,१४८।२२ समेत जम्मा ब्याज रु.८९,१३१।७९ र सावाँ रु.१,९८,०००। समेत जम्मा सावाँ ब्याज रु.२,८७,१३१।७९ र सावाँ रु.१,९८,०००। को मुद्दा अन्तिम किनारा हुँदासम्मको ब्याज समेत विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र । ३. विपक्षीसँग २०३०।४।२३ मा कर्जा लिएको रु.३,८८,०००। मध्ये मिति ०३१।४।२३ मा रु.४०,०००। र मिति २०३२।२।६ गते विपक्षी सकुन्तलादेवीलाई रु.१,५०,०००। नगदै बुझाई विपक्षीले २०३१।४।२३ मा बुझी लिएको रु.४०,०००। र अहिले बुझाएको रु.१,५०,०००। दुवै कलम बुझी तमसुकमा