निर्णय नं. १७८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०८ २२८६ निर्णय नं. १७८४ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. ९९८ आदेश भएको मिति : ०४०।१०।८।१ मा निवेदक : काठमाडौं घर भई हाल जि.सर्लाही फरदहवा गा.पं.वडा नं.१ बस्ने नेमुनीलाल झा विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सर्लाही समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) विवादित जग्गामा प्रत्यर्थीका लोग्नेको मोहियानी कायम भएको प्रमाण देखिँदैन, सो प्रमाणको अभावमा प्रत्यर्थीका लोग्नेको मोहियानी कायम गरी निजको मृत्यु पछि निजकी श्रीमतीका नाउँमा मोही नामसारी गरी दिने भनी प्रत्यर्थी भूमिसुधार कार्यालय सर्लाहीले गरेको निर्णय आधारहिन भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान स.अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान अधिवक्ता श्री महादेवप्रसाद आदेश न्या.धनेन्द्रबहादुर सिंह १. भूमिसुधार कार्यालय सर्लाहीको ०३९।६।३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : २. जि.सर्लाही लक्ष्मीपुर गा.पं.वडा नं.५(क) कि.नं.९ को जग्गा बिगहा ०–१९–१७ ऐ.कि.नं.१० को ०–४–१० समेतका जग्गा बिगहा १–४–७ जग्गा लालबहादुर कार्कीले कमाई आएकोमा जग्गा छोडी भागी वेपत्ता भएबाट ०३५ सालदेखि मैले आफ्नै श्रमले कमाई आएको छु । सो जग्गामा विपक्षी मङलीले आफ्नो लोग्ने लालबहादुर कामीले जोती कमाई आएको भनी झुठ्ठा व्यहोरा लेखी निज परलोक भएकाले नामसारी गरी कार्की लेखिएको नाम संशोधन गराई कापी पाउँ भन्ने समेतको निवेदन दिनु भएछ । मैले मेरो जग्गा मैले कमाई आएको छु । विपक्षीको लोग्ने मोही हुनुहुन्थ्यो । १ नं.लगत भरिएको २ नं.अनुसूची प्रकाशित भएको छैन । कबुलीयत भर्पाई केही छैन भन्ने समेतको प्रतिवाद गएकोमा विपक्षी भू.सु.का.बाट मंगलीका नाउँमा मोहियानी नामसारी गर्न लालबहादुर कार्कीलाई संशोधन गरी कामी कायम गर्ने भन्ने समेत ०३९।६।३ मा निर्णय गरिएको छ । ३. मेरो लालबहादुर कामी मोही थिएन कामीले कमाएको भनी जालको हक बेहक गरी निर्णय गर्ने अधिकार विपक्षी कार्यालयलाई छैन । विपक्षी मङलीका लोग्नेले कमाएको कबुलीयत दोहरी भर्पाई समेत पेश गर्न सक्नुभएको छैन १ नं.लगत भरेको २ नं.अनुसूची प्रकाशित गरिएको ४ नं.जो.अ.नि.आदि कार्यविधि पूरा हुनुपर्नेमा भएको छैन उल्लिखित कुरा मेरा वारेसले बयानमा उल्लेख गरेकोमा विपक्षीले खण्डन गर्नसकेको छैन । गाउँ पञ्चायतले सिफारिश गरिदिएको आधारबाट नाम तथा जात सच्याउन पाउने अधिकार छैन । यस्तो त्रुटि गरी मोही ठहर्‍याएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अन्य उपयुक्त आज्ञा वा आदेश गरिपाउँ भन्ने समेतको रिट निवेदन रहेछ । ४. यसमा के कसो भएको हो ? विपक्षीहरूसँग लिखित लिने भन्ने समेतको सर्वोच्च अदालत सिंगलबेञ्चको मिति ०३९।७।२ को आदेश रहेछ । ५. सो जग्गाको नापीको समयमा क्षेत्रीय कितावमा किसानको महलमा लालबहादुर कामी लेखिएको पछि जग्गाधनी श्रेस्तामा भूलबाट कार्की लेखी प्रमाणपत्र बनेकोले सो संशोधन भरिएको निर्णय कानुन समेत हुँदा रिट निवेदकको निवेदन खारेज गरी पछि भन्ने समेतको भूमिसुधार कार्यालय सर्लाहीको लिखितजवाफ रहेछ । ६. लालबहादुर कामीको नाउँमा कहिल्यै थिएन