निर्णय नं. १७८५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७८५ - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०८ २१६५ निर्णय नं. १७८५ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको फौ.पु.नं. २५० फैसला भएको मिति : २०४०।१०।८।६ मा पुनरावेदक/वादी : मोतीलाल अहिरको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि.रूपन्देही वलरामपुर गा.पं.वडा नं.७ बस्ने कप्तन चाई समेत मुद्दा : कर्तव्य ज्यान (१) बच्चालाई समाती भुइँमा एकपटक पछारे, खटीयाको माटोमा पर्ने गरी अर्को पटक समेत पछारी दिए, मैले मौकैमा देखे चिनेकीले निजहरूले नै छोराछोरी र नाति समेतलाई मारी गएका हुन् भनी किटान साथ अदालतमा समेत बकी लेखी दिएको समेत देखिनाले प्र.लाई सफाई दिने गरी प.क्षे.अ.ले गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १९) पुनरावेदकतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन प्रहरी प्रतिवेदन बमोजिम सजाय होस भनी श्री ५ को सरकारको निवेदन परेकोमा झगडीयाहरू झिकाउने आदेश भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. बलरामपुर गा.पं.वडा नं.७ बस्ने नैनप्रसाद चाई समेतले ०३४।१।७ गते राति मेरो घरमा डकैती गरेकोले कारवाही भइरहेछ । सोही रिसइवीबाट ०३४।५।२३ गते राति सुती निदाएको अवस्था निज नैनप्रसाद चाई समेत आई दाजु ओरी अहिर छोरा कृष्णप्रसाद अहिर समेतलाई मारी भागी गएकोले कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत मोतीलाल अहिरको जाहेरी दरखास्त। ३. उत्तर टाउको दक्षिण खुट्टा उत्तानो भएको छातीमा ३ “लामो २” चाकलो छातीमा “लामो भालाले घोचेको घाउ भएको भन्ने ओरी अहिरको र टाउको उत्तर खुट्टा दक्षिण उत्तानो परेको मुख केही खुला जिभ्रो केही निक्लेको दाहिने आँखा माथि १” गहिरो घाउ मुखको वरिपरि निल डाम मलद्वारबाट मल निस्केको भन्ने समेत प्रकृति मुचुल्का । ४. ०३४।५।२३ को रात म र मेरो छोरा समेत सुतेका थियौं । आधा रातमा डाँका डाँका भनी हल्ला हुँदा निद्राबाट बिउँझी जाहेरवालाको घरतर्फ जाँदा बदमासहरूले ओरी र कृष्णप्रसादलाई मारी भागी सकेका रहेछन् । मारेको देख्न सकिन हामीले मारे मराएको होइन भन्ने समेत जमुनाको मौकाको कागज । ५. टाउकोको हड्डी भाँचिई मृत्यु भएको भन्ने कृष्णप्रसाद र भाला समेतको चोट लागि ओरी अहिर मरेको भन्ने पोष्टमार्टम रिपोर्ट । ६. ०३४।५।२३ को रात खानपिन गरी सुती निदाएको अवस्थामा गाउँको नैनप्रसाद चाई कप्तान चाई चितनगुद चाई समेत बदमासहरू आई ओरी अहिर कृष्णप्रसाद अहिर समेतलाई भालाले मारी भागी गएको देखेको हुँ अरू बदमासहरूलाई चिन्न सकिन भन्ने सरजमीन लेखाई र जाहेरवालाको घरतर्फबाट डाँका भनी हल्ला हुँदा गुहारमा जाँदा बदमासहरू भागी सकेका रहेछन् ओरी र कृष्णप्रसाद अहिर मरेको अवस्थामा देखेको हुँ घटनाको अवस्था कसैले देख्न पाएनौ मोतीलाल र नैनप्रसादको बीच रिसइवी भएकाले नैनप्रसाद र कप्तान चाई समेतले मारेकोमा शंका लाग्छ भन्ने समेत सरजमीन मुचुल्का । ७. नैनप्रसाद चाईलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वस्वसहित जन्मकैद र चित्तगुद चाई कप्तान चाईलाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद जमुना सहदेव समनारायण र भोलहु अहिरलाई ज्यानसम्बन्धीको १७(२) अनुसार सजायको माग गरिएको प्रहरी प्रतिवेदन । ८. ०३४।५।२३ को र