निर्णय नं. ८६०३ - अंश दपोट हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६०३ - अंश दपोट हक कायम भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/११/१४ ५४५१ ने.का.प. २०६८, अङ्क ४, निर्णय नं. ८६०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६६ सालको CI–०५८९, ०५९० फैसला मितिः २०६७।११।४।४ मुद्दाः अंश दपोट हक कायम । पुनरावेदक प्रतिवादीः जिल्ला मकवानपुर, गा.वि.स. भीमफेदी, वडा नं. १ बस्ने सन्तकुमारी राना विरुद्ध जि.मकवानपुर, गा.वि.स. भीमफेदी, वडा नं. १ घर भै हाल गा.वि.स.भैंसे, वडा नं. १ बस्ने भक्तकुमारी राना मगरसमेत जि.मकवानपुर, गा.वि.स. भीमफेदी, वडा नं. १ घर भै हाल गा.वि.स.भैंसे, वडा नं. १ बस्ने भक्तकुमारी राना मगर विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला मकवानपुर, गा.वि.स. भीमफेदी, वडा नं. १ बस्ने सन्तकुमारी राना समेत शुरु फैसला गर्ने : मा.न्या.श्री उदयप्रकाश चापागाई पुनरावेदन फैसला गर्ने : मा.मु.न्या.श्री केशरीराज पण्डित मा.न्या. श्री गिरीराज पौड्याल § अंश मुद्दा चल्दाका अवस्थामा विवादित जग्गा दर्ता नै भई नसकेको ऐलानी प्रकृतिको देखिन्छ । ऐलानी जग्गा दर्ता हुन्छ नै भन्ने प्रत्याभूति हुँदैन । भोगमा रहेको जग्गा तायदातीमा देखाउनै नहुने होइन । तर, दपोट जस्तो देवानी कसूर मानिएको दपोट गर्नेले नपाउने भनी सजाय सरहको परिणाम निस्कने कार्य दर्ता बाँकी रहेको जग्गाका हकमा आकर्षित हुन्छ भन्न न्यायोचित नहुने । (प्रकरण नं.४) § सबै अंशियार सगोलमा रहे भएकै समयमा एक अंशियारका नाममा नापी भै फिल्डबुक तयार भै दर्ता प्रक्रियाअगाडि बढी भोगमा समेत रहेको अवस्थाको जग्गामा मुलुकी ऐन अंशबण्डाको १८ नं. मा निजी आर्जन हुने भन्ने व्यवस्थाअनुसारको परिधिभित्र परेको मान्न नसकिने । (प्रकरण नं.५) § दपोट ठहर्याई सम्पूर्ण सम्पत्ति पाउन माग दावी गर्ने अंशियारालाई अंशियारका हैसियतले प्राप्त हुनेसम्मको खण्ड दिलाउनु दावीभन्दा बाहिर गएको भन्ने अर्थ लगाउनु हुदैन । अंश माग गर्न पाउने, बण्डापत्रमा चित्त नबुझे निश्चित म्यादभित्र बदर गर्न माग गर्न पाउने र अंश दपोटमा दावी गर्न पाउने समेतका हकलाई अंशबण्डाको एउटै महलले व्यवस्थित गरेको छ । सोही महलको कुनै एउटा कानूनी हकलाई समाती बढी माग दावी गर्ने पक्षलाई सोही महलको अन्य व्यवस्थाअनुरूप वादी दावीभन्दा कम सम्पत्ति दिलाएकोमा अदालतले नै पक्षको स्थान लिएको भन्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान बरिष्ठ अधिवक्ता किशोरकुमार अधिकारी र अधिवक्ता रामनारायण विडारी पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय एकराज वाँस्तोला र नारायणप्रसाद देवकोटा अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.व. ८३ नं. § मुलुकी ऐन, अंशबण्डाको १८, २० र २३, २७, ३५ नं. फैसला न्या.सुशीला कार्कीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– विपक्षीहरू समेत उपर मैले यसै अदालतमा २०४७ सालको दे.नं. ८७/२५८ को अंश चलन मुद्दा दिई चार भागको एक भाग अंश पाउने ठहरी मिति २०४९।९।१५ मा भएको फैसला श्री पुनरावेदन अदालत हेटौंडाबाट समेत शुरु सदर भै अंशबापतमा पाएको जग्गा दा.खा. नामसारीको लागि मालपोत कार्यालय, मकवानपुरमा जाँदा मैले अंश पाउने सम्पूर्ण कित्ता जग्गाहरू विपक्षीले बैंकमा धितो राख्दा रोक्का भएकोमा हाल दा.खा. नामसारी हुन नसकेको, उक्त अंश मुद्दामा विपक्षीहरूले जिल्ला मकवानपुर, गा.वि.स. रातोमाटे व