निर्णय नं. १७८६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७८६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२३ २३५१ निर्णय नं. १७८६ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नम्बर १८५९ आदेश भएको मिति : २०४०।१०।२३।२ मा निवेदक : जि.पर्सा देउरवाना गा.पं.वा.नं.२ मौजे सोलकुर बस्ने प्रयाग महतो थारू विरूद्ध विपक्षी : ऐ.ऐ वा.नं.५ बस्ने भीखर साह कानूसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) म्याद जालसाजी गरी तामेल गरेतर्फ जालसाजी मुद्दा विपक्षी उपर समेत कारवाही हुँदै रहेको रिट निवेदकको लेखाई समेतबाट देखिन्छ । अदालतको विचाराधीनमा समेत रहेकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह विपक्षीतर्फबाट : विद्वान स.अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अ.श्री दमन ढुंगाना आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी भूमिसुधार अधिकारीको मिति २०३८।१२।१२ को टिप्पणी आदेश बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३९।३।२२।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : जि.पर्सा देउरवाना गा.पं.वा.नं.८ कि.नं.६२ को ज.बि.०–१५–० साविकमा हिरा साह तेलीको थियो । निजबाट ०१९।२।४।१ मा विपक्षीले भोगबन्धकी पास गरी लिनुभएको थियो । पर्सा जिल्लामा २०२१ सालमा भू.सु.लागू भयो र सोही साल जग्गा नाप जाँच ऐन, २०१९ अनुसार सर्भे पनि भयो । भू्.सु.र ज.ना.जाँ.ऐन लागू हुँदा जग्गा विपक्षीकै भोगचलनमा रहेकोले ऐनको दफा ६ र नियम ३,६,९(२) अनुसार मोही लगत विपक्षीले आफ्नो सराकतको आमा सरली कनु आइनको नाउँमा गराई सोही बमोजिम मोही लेखाई सर्भे पनि गराउनुभएको थियो । भोगबन्धकी रहेको जग्गा निजकै भोगमा रहेकाले त्यस अवस्था विरोध उजूर गर्ने प्रश्नै उठेन । उपरोक्त भोगबन्धकीको जग्गा विपक्षीले नै भोग गरी बाली खाएकोले ऋण निश्चित गरिपाउँ भनी तत्कालिन जग्गाधनी हिरा साहको उजूर परी विपक्षी समेतको स्वीकृति प्रतिवाद बमोजिम भू.सु कार्यालयबाट निर्णय हुँदा ऋण साधन भइसकेकोले २०१९।१२।१४ को भोगबन्धकी पट्टा हुने लगत कट्टा हुने र जोताहामा आसामी हिरा साहको नाउँ कायम गर्ने गरी २०२२।१०।८।६ मा पर्चा खडा भयो । उक्त निर्णय बमोजिम विपक्षीको आमाको अस्थायी मोहियानी हक समाप्त भयो । जग्गामा हिरा साहको भोगचलन रहन आयो पछि हिरा साहले उक्त जग्गा बिक्री गर्न खोज्दा म निवेदकले २०२३।१।१८ मा रजिष्ट्रेशन पारित गराई राजीनामा लिएर २०२३ सालको बाली देखि अद्यापि जग्गा मैले नै कमोद आवाद गरी भोगी आएको छु । उपरोक्त कुराहरू जम्मै ढाँटी हिरा साहु नाउँकै देवरवाना गा.पं.वाड नं.५ को कि.नं.६२ को ०–१५–० मेरा एकासगोलको आमा सरली कनुइन मोही भई कमाई कूत बुझाउने गरेको आमा सरली परलोक भएबाट हिरा साहबाट खरीद गर्ने दशैं महतो थारूलाई कूत बुझाउने गरेकोले ऐनको दफा २६ बमोजिम मोही हक नामसारी गरी प्रमाणपत्र पाउँ भन्ने विपक्षीले उजूर दिएकोमा श्री अधिकारीले मेरो नाउँको बेरीत म्याद बदर गरी पुनः म्याद जारी गर्नुपर्नेमा सो नगरी म जग्गाधनीलाई बुझ्दै नबुझी मोहियानी प्रमाणपत्र बमोजिम साविक मोही रहेछ भने नामसारी गरी दिने गरी टिप्पणीमा २०३८।१२।१२ मा आदेश दिनुभएको रहेछ । उक्त कुरा मलाई मौकामा जानकारी भएन । विपक्षीले गाउँ घरमा मोही हक कायम गराएको भनी हल्ली खल्