निर्णय नं. १७८७ - जग्गा खिचोला मेटाई घर उठाई चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७८७ - जग्गा खिचोला मेटाई घर उठाई चलन चलाई पाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/१५ २३६० निर्णय नं. १७८७ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको दे.पु.नं. ५४२ फैसला भएको मिति : २०४०।१०।१५।१ मा पुनरावेदक/वादी : जिल्ला मोरङ विराटनगर नगरपञ्चायत वार्ड नं.९ पदमबहादुर मल्ल मरी मु.स.गर्ने ऐ.को एकाघरको छोरा विजय पद्मम मल्ल विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ बस्ने पुष्पराज तुलाधर समेत मुद्दा : जग्गा खिचोला मेटाई घर उठाई चलन चलाई पाउँ (१) अधिकारै नभएकाबाट गराई लिएको लिखतबाट प्रतिवादीहरूको विवादको कित्ता जग्गामा हकै नपुग्ने । (प्रकरण नं. १२) फैसला न्या.त्रिलोकप्रताप राणा १. पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको २०३८।३।३१ को फैसला उपर मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. विराटनगर न.पं.वार्ड नं.९ को सा.कि.नं.३७८ को जग्गा मध्ये पूर्व दक्षिण ०–०–७½ जग्गा विपक्षी लोग्ने स्वास्नीले २०३३।१।२० गते खिचोला गरी घर बनाउन खाँवा खुट्टा गाड्न थाल्दा सोधनी गर्दा यो जग्गा मेरी श्रीमतीका नाउँमा डोमी मलाहाबाट खरीद गरी लिएको हुँदा घर बनाउँछु भनी जवाफ दिएकोले घर बनाउन रोक्का राखी पाउँ भनी ०३३।१।२७ मा निवेदन दिँदा नमानी घर बनाई बस्नुभएको र डोमी मलाहा समेत सो कि.नं.३७८ को जग्गा मध्ये ०–२–१½ खिचोला गर्दा मुद्दा परी २०२५।८।२० र २०२९।३।५ का अन्तिम फैसलाले जिती चलनतर्फ उजूर गर्दा कोशी अञ्चल अदालतका २०२२।१२।१० का अन्तिम फैसलाले मेरो हकभोग भएको उक्त जग्गामा खिचोला गरेकाले खिचोला मेटाई घर उठाई बस्न चलन चलाई पाउँ भने समेत फिरादपत्र। ३. वादी दावीको कि.नं.३७८ को ०–२–४ जग्गामा वादीको भाइ बमबहादुरले मेरा दाता डोमीको आमा दुखनी समेत उपर दिएको घर उठाई जग्गा खाली गराई पाउँ भन्ने मुद्दामा २०२६।१०।१५।४ मा श्री सर्वोच्च अदालतबाट समेत प्रतिवादीहरूले अघि देखि नै सो घर जग्गामा बसी आएको हुँदा सो घर जग्गामा वादीले प्रतिवादीलाई बस्न दिएको ठहर्दैन भनी वसेवास कायम गराई फैसला भएको बसोवास कायम गराई पाउने भनी विराटनगर न.पं.मा कारवाही चली उक्त फैसला बमोजिम बसोवास गर्न पाउने ठहर्छ भनी ०२६।८।९ मा सूचना पाई बसोवास गरी आएको घर जग्गा हो । २०२८ सालमा दुखनी परलोक भई छोरा डोमीको हक भएकोले निजबाट रु.२२,०००। मा मिति २०३२।१२।१४।७ मा छोडपत्र बिक्रीनामा गरी लिई श्रीमाया तुलाधरका नाउँमा दर्ता कायम हुनआएको हुँदा मरमत गरी टिनको छानो हाली बसी आएको हो । वादी बमोजिम खिचोला गरेको होइन भन्ने समेत प्रतिवादीहरूको संयुक्त प्रतिउत्तरपत्र । ४. बसोवास कायम गर्ने गरी स.अ.बाट २०२६।१०।१५ मा भएको फैसलाबाट घर बनाएको जग्गा प्रतिवादीको दाता डोमीको आमा दुखनीको नभई दर्ता नै अनिश्चित भएको भनी दर्ता बदरतर्फ निर्णय नभएको सो कि.नं.३७८ को जग्गा वादीको कायम भई २०३२।१२।१० मा अन्तिम फैसला भएको र अधिकारै नभएको डोमीबाट प्रतिवादीले छोडपत्र राजीनामा गरी लिएको सो लिखित भनी पास नभएकोबाट समेत वादीको जग्गामा प्रतिवादीले घर बनाई खिचोला गरेको देखिँदा घर उठाई चलनसमेत वादीले पाउने भन्नेसमेत मोरङ जिल्ला अदालतको २०३४।३।६।११ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदनपत्र । ६. श्री सर्वोच्च अदालतबाट समेत प्रतिवादीको दाता डोमीको आमा दुखनीले घर बनाई बसे भोगेको देखिएकोमा घर समेत चलन चलाई दिएको शुरूको फैसला मिलेको